सामग्रीमा जानुहोस्

कानेपोखरी गाउँपालिका

कानेपोखरी गाउँपालिका
कानेपोखरी गाउँपालिका मोरङ जिल्ला-को अवस्थिति
कानेपोखरी गाउँपालिका
कानेपोखरी गाउँपालिका कोशी प्रदेश-को अवस्थिति
कानेपोखरी गाउँपालिका
कानेपोखरी गाउँपालिका नेपाल-को अवस्थिति
कानेपोखरी गाउँपालिका
निर्देशाङ्क: २६°४०′ उत्तर ८७°२६′ पूर्व / २६.६७° उत्तर ८७.४३° पूर्व / 26.67; 87.43
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लामोरङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षराजमति इङ्गनाम (नेकपा (एमाले))
  उपाध्यक्षभोलाप्रसाद अधिकारी (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८२.८३ किमी (३१.९८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा४३,१९३
  घनत्व५२०/किमी (१४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२१
केन्द्रसाविक वयरवन गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कानेपोखरी गाउँपालिका मोरङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका वयरवन, केरावनहोक्लाबारी गाविसहरू यसमा गाभिएका थिए।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कानेपोखरी गाउँपालिकाको कुल जनसङ्ख्या ४३,१९३ रहेको छ भने यहाँ १०,६६३ घरधुरी रहेका छन्।[]

कानेपोखरी गाउँपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
होक्लाबारी५,३४८११.३६४७०.७७
केरावन (३, ४, ६–९)६,४९६१२.८५०७.५०
वयरवन (१–५)५,६४८१०.८५५२०.५५
वयरवन (६, ७)६,४४६९.८६६५३.७५
केरावन (१, २, ५)७,३५२१२.३६५९४.८२
वयरवन (८)६,९७४६.४८१,०७६.२३
वयरवन (९)४,९२९१८.५८२६५.२८
जम्मा४३,१९३८२.२९५२४.८९

पर्यटकीय स्थलहरु

[सम्पादन]

यस क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक पर्यटकीय स्थलहरु निम्नरहेका छन

  1. कानेपोखरी
  2. कालिकोशी सिमसार (मुहान)
  3. भुल्के सुन्तलि सिमसार क्षेत्र (चौर)
  4. भलुवा सिमसार
  5. दहिधाप सिमसार ‌(पार्क)
  6. ढङ्ढङ्गे मेला (धिमाल जातिको पवित्र स्थल)[]
  7. किरण पोखरी -होक्लाबारी

पानीका स्रोतहरु

[सम्पादन]

यस क्षेत्रमा रहेका स्थानीय पानीका स्रोत र उत्पति स्थान सहित निम्न रहेकाछन ।

  1. कालीकोशी खोला (मैदानी नदी)
  2. भलुवा खोला (मैदानी नदी)
  3. दहि खोला (मैदानी नदी)
  4. ज्यामिरे खोला (मैदानी नदी)
  5. डास खोला (चुरे-भावर नदी)
  6. चिसाङ खोला (चुरे-भावर नदी)

जंगल क्षेत्रः

[सम्पादन]

१. चारकोसे झाडी (महेन्द्र राजमार्ग उत्तर तथा दक्षिण तर्फ)[]

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "Kanepokhari - Rural Municipality", Edusanjal, अन्तिम पहुँच २०२६-०६-११
  5. |title= रितो (सहायता)

बाह्य कडीहरू

[सम्पादन]