सामग्रीमा जानुहोस्

कमलामाई नगरपालिका

निर्देशाङ्कहरू: २७°१२′३७″उ ८५°५४′४५″पू / 27.21028°N 85.91250°E / 27.21028; 85.91250
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमलामाई
सिन्धुलीमाढी बजारको दृश्य
सिन्धुलीमाढी बजारको दृश्य
कमलामाई मा पर्दछ बागमती प्रदेश
कमलामाई
कमलामाई
नक्सामा कमलामाई नगरपालिका
कमलामाई मा पर्दछ नेपाल
कमलामाई
कमलामाई
कमलामाई (नेपाल)
निर्देशाङ्क: २७°१२′३७″उ ८५°५४′४५″पू / 27.21028°N 85.91250°E / 27.21028; 85.91250
देश नेपाल
प्रदेशबागमती
जिल्लासिन्धुली
प्रशासनिक केन्द्रसिन्धुलीमाढी
नगरपालिकावि.सं. २०५३ चैत्र १४[]
समावेश (गाविस)सिद्धेश्वर र भिमान
सम्मिलित (मिति)वि.सं. २०५३ चैत्र १४
समावेश (गाविस)डाँडिगुराँसे, भद्रकाली, जलकन्या, रानिबासरानिचुरी
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • नगरप्रमुखउपेन्द्रकुमार पोखरेल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखमञ्जु देवकोटा (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा४८२.५७ किमी (१८६.३२ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७१,०१६
 • घनत्व१५०/किमी (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
४५९००
क्षेत्रीय सङ्केत+९७७-०४७
वेबसाइटwww.kamalamaimun.gov.np

कमलामाई नेपालको बागमती प्रदेशमा पर्ने सिन्धुली जिल्लाको एक नगरपालिका हो। सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढी[][] यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। सिन्धुली जिल्लामा रहेका तत्कालिन सिद्धेश्वर र भिमान गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। कमला उपत्यकाभित्र पर्ने यो नगरपालिकामा सबै जिल्ला स्तरीय कार्यलयहरूका साथै क्याम्पस, विद्यालय तथा अस्पतालहरू समेत रहेका छन्। कुल १४ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना अनुसार ७१,०१६ रहेको छ।[]कमलामाई नगरपालिकाको पूर्वमा तीनपाटन गाउँपालिका, गोलञ्जोर गाउँपालिकादुधौली नगरपालिका त्यसतै यसको पश्चिममा मरिण गाउँपालिकासर्लाही जिल्ला, उतरमा सुनकोशी गाउँपालिका र गोलञ्जोर गाउँपालिका तथा दक्षिणमा धनुषा जिल्लामहोत्तरी जिल्ला रहेका छन्।

प्रसिद्ध कमला नदीको तटमा रहेको कमलामाई मन्दिरको नामबाट यो नगरपालिकाको नामाकरण कमलामाई गरिएको छ। कमलामाई मन्दिर यस नगरपालिकाको वडा नम्बर ५ मा पर्दछ।[][]

क्षेत्रगत फैलावट

[सम्पादन गर्नुहोस्]

नेपाल राजपत्रमा वि.सं. २०५३ चैत्र १४ गते प्रकाशित सूचना अनुसार तत्कालिन सिद्धेश्वर र भिमान गाविसहरूलाई मिलाएर यो नगरपालिकाको स्थापना भएको हो। वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय बमोजिम यस नगरपालिकामा १४ वडा रहेका छन्।[][][१०]

स्थानीय तह पुनर्संरचना आयोगले वि.सं. २०७३ फाल्गुन २२ गते गरेको सिफारिसलाई नेपाल सरकारले अनुमोदन गरि नेपाल राजपत्रमा वि.सं. २०७३ फाल्गुन २७ गते प्रकाशित गरेपछि यस नगरपालिकामा सिन्धुली जिल्लाका तत्कालिन डाँडिगुराँसे, भद्रकाली, जलकन्या, रानिबासरानिचुरी गाउँ विकास समितिलाई सम्मिलित गरिएको थियो। वर्तमान समयमा यो नगरपालिकाको कुल क्षेत्रफल ४८२.५७ वर्ग किलोमिटर भएको छ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कमलामाई नगरपालिकाको कुल जनसङ्ख्या ७१,०१६ रहेको छ भने यहाँ १८,१३५ घरधुरी रहेका छन्।[]

प्रमुख स्थानहरू

[सम्पादन गर्नुहोस्]

नगरपालिकाको मुख्य वस्तीहरूमा करकरे, माईस्थान, सिस्नेरी बाघमारा, माझीटार, लुङ्गेलिटार, मधुटार, चियाबारी, ज्यामिरे, वेसारे, खैरेनी, लामिडाँडा, कुडुले, बोगटी, गैयाँटार, रातमाटा, राम्माढी, दोभानटार, माझगाउँ, पाखाटोल, कुलो खोला गाउँ, सरकारी टोल, राजमहल, चिलाउने टोल, तरुल वन, मजुरे गाउँ, ताप्के गाउँ, भिमान, ढुङ्ग्रेवास, ढकाल गाउँ आदि हुन्। भिमान बजार, सिन्धुली बजार (१ नं. बजार, २ नं. बजार), धुरा बजार र ढुङ्ग्रेवास बजार नगरपालिकाका प्रमुख बजारहरू हुन्। सिन्धुली तथा भिमान बजारमा साप्ताहिक हाटबजार पनि लाग्ने गर्दछ। शिद्धबाबा, कालीमाई तथा कमलामाई यहाँका मुख्य मन्दिरहरू हुन्। रानीचुरी डाँडो नगरपालिकाको ऐतिहासिक स्थल हो।[११]

कमलामाई नगरपालिका कमला उपत्यकाभित्र पर्दछ। यस उपत्यका तथा नगरपालिकाको मथिल्लो डाँडामा ऐतिहासिक सिन्धुलीगढी दरवार छ। नगरको मुख्य बजार सिन्धुलीमाढीमा बसेको छ। यहाँ पृथ्वी नारायण शाहका गोर्खाली सेनाले कप्तान किनलोकका अङ्ग्रेजी सेनालाई नेपाल एकीकरण ताका पराजित गरेको थियो। राणाकालमा दरवार बनेपछि सो क्षेत्रको प्रशासनिक केन्द्र बनाइएको थियो। यस नगरपालिकाको सिन्धुलीमाढी क्षेत्रमा लगभग नौ हजार मानिस बसोबास गर्दछन्।

नगर निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]

वि.सं. २०५४ को निर्वाचनमा प्रमुख र उपप्रमुख पदमा क्रमशः वासुदेव श्रेष्ठ र रसबहादुर कार्की निर्वाचित भएका थिए। उनीहरूको कार्यकाल समाप्तिपछि तत्कालिन श्री ५ को सरकारले वासुदेव श्रेष्ठलाई प्रमुख र भीष्मराज श्रेष्ठलाई उपप्रमुखमा मनोनित गरेको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  3. ३.० ३.१ ३.२ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  4. कार्की, राजकुमार, "सिन्धुली सदरमुकामका जंगल खरानी हुँदै", कान्तिपुर अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२५ 
  5. "सदरमुकाम तोकेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच डिसेम्बर २०२५ 
  6. ढुङ्गाना, राजेश, "सिन्धुलीको कमलामाई मन्दिर (फोटो फिचर)", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२५-१२-२५ 
  7. "कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवर्द्धनमा जोड", टुरिजम पाना अनलाइन (नेपालीमा), २०२२-१२-०७, अन्तिम पहुँच २०२५-१२-२५ 
  8. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  9. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  10. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति
  11. "कमलामाई नगरपालिका", Kamalamaimun.gov.np [स्थायी मृत कडी]