नेपाल एकिकरण अभियानका लडाँइहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

नुवाकोट बिजय[सम्पादन गर्ने]

नुवाकोट काठकाण्डौ उपत्यका नजीकै उत्तर पश्चिममा पर्ने रणनितीक महत्त्वको ठाँउ हो। र त्यतीबेला यो काठकाण्डौ अधिराज्य अन्तर्गत थियो। पृथ्वी नारायण शाह का बावु राजा नरभुपाल शाहले आक्रमण गरी असफल भएका थिए तसर्थ पृथ्वी नरायण शाहको पहिलो ध्यान नुवाकोट माथि नै गयो। पृथ्वी नरायण शाहको पहिलो प्रयास भए पनि गोर्खाली राजा हरूको नुवाकोट माथीको यो तेस्रो प्रयास थियो, यो प्रयासका सेना नायक काजी कालु पांडे थिए उनले राती नुवाकोटे हरू निदाइ रहेको बेलामा आक्रमण गरी त्याहाँ का सुरक्षा कर्मीले पत्तै नपाउने तथा प्रत्याक्रमण समेत गर्न नसक्ने गरी नुवाकोटको रणनितीक महत्त्वको माहामन्डल कब्जा गरीदिए। नुवाकोटका कमान्डर संख मणी रानाले घाइते नुवाकोटे सैनीकलाई प्रत्यक्रमणका लागि प्रोत्साहीत गरे तर त्यो प्रत्याक्रमणमा उनी आफै घाइते भइ दलमर्दन शाह (दल मर्दन पृथ्वी नरायणका भाइ त्यति बेला १३ वर्षका मात्र थिए)लाई ललकार्न थाले अन्तत दलमर्दनले उनको टाउको छिनाली दिदा मारिन पुगे।

कालु पाण्डेको योजना सफल रहयो महदम किर्ति शाह (पृथ्वी नारायणका अर्का भाइ)ले नेतृत्व गरेको अर्को गोर्खाली टोलीले धरमपानी सर गर्दै अगाडि बढ्यो लडाईं नुवाकोट का रक्षक हरूलाई नमार्दा अथवा नभगाउदा सम्म जारी रह्यो। संखमणी मरेको हावा चल्ने बित्तीकै रक्षक हरू लडन भन्दा बेलकोट तिर पछि हटन थाले।काजी कालु पाण्डे एक सानो गोर्खाली फौजको टोली लिएर नुवाकोट पुगे। महदम किर्ति शाह पनि पृथ्वीनारायण शाह संगै नुवाकोट पुगे र नुवाकोट किल्ला भित्र पसे र नुवाकोटलाई गोर्खा राज्यमा मिलाईयो, नुवाकोटको बिजय नै नेपाल एकिकरण अभियानको पहिलो खुडकिलो बन्नपुग्यो।

मकवानपुर विजय[सम्पादन गर्ने]

नाकाबन्दीको प्रभाव ब्यापार गर्न नपाउदा मकवानपुर जो काठमाडौँको दक्षिणमा पर्दछ त्याँहा पनि परेको थियो। १७६२ मा मोहोदम किर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रूद्र शाह, नन्दु शाह, काजी बंस राज पान्डे, काजी कहर सिंह बस्नेत, काजी नरसिहँ बस्नेत तथा काजी अभिमान सिँह बस्नेतको नेतृत्वको ११०० सेनाले मकवानपुरमा चढाँइ गर्‍यो।मकवानपुर का राजा दिग बन्धन सेन तथा कनक सिंह बानियाले परिवारलाई सुरक्षीत ठाँउमा पठाइ सकेका थिए त्यस्तो अवस्थामा लडाईं भएकाले आठ घण्टाको संघर्ष पछि मकवानपुर छाडी हरी हरिपुर गढी भागे त्यसपछी मकवानपुर नेपालमा मिलाईयो। काठमाडौँ उपत्यकाको दक्षिणमा पर्ने रणनीतीक महत्त्वको रहेकाले र उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले त्याँहा पनि आक्रमण गर्‍यो मकवानपुरे सेनाले बाहदुरी पूर्वक लडे पनि ५०० जानको ज्यान गुमाउदै लडाईं हार्‍यो।

मकवानपुर पछि नेपाली सेनाले सांगा, नाला, माहदेव पोखरी तथा काभ्रै जिती उपत्यकालाई चारै तिरबाट घेर्न सफल भयो।

किर्तिपुर तथा काठमाडौँ उपत्यका बिजय[सम्पादन गर्ने]

त्यसको केही वर्ष काठमाडौँ उपत्यका लाई चारै तिरबाट घेरेर नाकावन्दी गरी सकेपछि किर्तिपुर जसले गोर्खालीलाई दुई दुई वटा लडाईंमा हराएको थियो जाँहाको लडाईंमा गोर्खाली वीर कालु पाण्डे मारीए, शुरू प्रताप शाहको आँखा फुट्यो, पृथ्वी नारायण शाह आफै झन्डै मारीएका थिएनन त्यस्तो किर्तिपुर तेस्रो चोटी नाकावन्दीको प्रभावले लडाईंनै नगरी गोर्खा राज्यमा गाभियो। त्यसपछी छ महिना अर्को नाकाबन्दी लगाइ कान्तिपुर तथा पाटन पनि सर भयो कुनै युद्ध नै गर्नुपरेन। त्यसको एक वर्षपछि भक्तपुर कब्जा गरियो यो लडाईंमा भने थुप्रै जनधनको क्षति भयो। काठमाडौँ एकिकरण पछि गोर्खाको एकिकरण अभियान नेपाल एकिकरण अभियान बन्यो काठमाडौँमा गोर्खाबाट राजधानी सारीयो |

बिजयपुर तथा चौदण्डी[सम्पादन गर्ने]

उपत्यका बिजय पश्चात नेपाली सेना विभिन्न सेना नायकको नेतृत्वमा बिजयपुर, चौदण्डी बिजय गरी नेपालको सिमाना कन्काई नदी सम्म पुर्याउन सफल भयो माझ किरात, पल्लो किरात पनि नेपालमा मिलाईयो। यतिकैमा पृथ्वी नारायण शाहको देहान्त वि.सं. १८३१ मा भएपछी पूर्वी अभियान केही वर्ष रोकियो।

पृथ्वी नारायण शाहको निधन पछि पनि नेपाल एकिकरण अभियान जारी रह्रयो। रानी राजेन्द्र लक्ष्मीले नेपाल एकिकरण अभियानलाई अगाडि बढाइन।

तनहू, चितवन बिजय[सम्पादन गर्ने]

रानी राजेन्द्र लक्ष्मीले दामोदर पाण्डे तथा रामकृष्ण कुवंरको नेतृत्वमा पठाएको नेपाली सेनाको टोलीले तनहू र तनहु द्धरा प्रशासीत चितवन नेपालमा गाभ्यो।

रानी राजेन्द्र लक्ष्मीको मृत्यु भए पछि राजकुमार बहादुर शाहले भतिजा रणबाहदुर शाहको रिजेन्ट भइ एकिकरण अभियान जारी राखे। पश्चिम तिर एकिकरण बढाउन सबै भन्दा ठूलो चुनौती रहेको पाल्पाका राजासँग बैवाहीक साइनो जोडेर राजकुमार बाहदुर शाहले अभियानलाई अगाडि बढाए।

पश्चिम बिजय अभियान[सम्पादन गर्ने]

विभिन्न कमान्डर हरूको नेतृत्वमा गएको नेपाली सेनाको टोलीले कास्की, लमजुङ तथा लगायतका राज्य हरू नेपालमा मिलायो। त्यहाँबाट अगाडि बढेको। सेनाले पश्चिममा सतलज नदी तरेर काँगडा किल्ला पुगी त्यो किल्ला पनि ३ वर्ष सम्म बडाँकाजी अमर सिंह थापाको शासनमा रह्यो तर पछि पंजावका राजा रणजित सिहं सँग काँगडा का राजाले सहयोग मागेर लडाईं गरी नेपाली सेनालाई सतलज नदी वारी फर्किन बाध्य बनाए। साथै बहादुर शाहको नायबी कालमा नेपाल पूर्वमा सिक्किम, भुटान सम्म पुग्यो। जसलाई टिस्टा देखि काँगडा सम्मको विशाल नेपाल भनिन्नछ। राजकुमार बाहदुर शाहको मृत्युपछि पाल्पालाई नेपालमा मिलाउने बाहेक नेपाल एकिकरण अभियानको अन्त्य हुन पुग्यो।

यो पनि हेर्नुहोसः[सम्पादन गर्ने]

श्रोत हरू[सम्पादन गर्ने]

,,