पृथ्वीपाल सेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पृथ्वीपाल सेन
राजाधिराज
पूर्वाधिकारीमहादत्त सेन
उत्तराधिकारीअन्त्य
१८७१ मा पाल्पा नेपालमा गाभियो
जन्मतानसेन, पाल्पा
मृत्यु१८६३ बैशाख १४
वसन्तपुर भण्डारखाल, नेपाल
Burial
विष्णुमती नदीमा स्याल गिद्धलाई लुछाइयो
वंशसेन वंश
बाबुमहादत्त सेन
धर्महिन्दु

पृथ्वीपाल सेन पाल्पा राज्यका अन्तिम राजा थिए । उनी महादत्त सेनको पुत्र थिए ।

नेपाल एकिकरणमा योगदान[सम्पादन गर्नुहोस्]

राजकुमार बहादुर शाहले पश्चिम नेपालको शक्तिशाली पाल्पा राज्यका राजा पृथ्वीपाल सेनकी बहिनीसँग वैवाहिक सम्बन्ध कायम गरी पश्चिम पर्वत देखि गुल्मी, अर्घा, खांची, रूकुम प्युठान, सल्यान, जाजरकोट, दैलेख, दुल्लु, जुम्ला, डोटी, अछाम, बझाङ, हुदै कुमाउ गढवाल हुदै सतलज नदी पारी गोरखाली पुगेका थिए। पाल्पा राज्यको सहयोगमा विस्तार भएको नेपाल एकिकरणको अभियानमा बहादुर शाहको नेतृत्वकाललाई स्वर्णकाल मानिन्छ।

रणबहादुर शाहको षड्यन्त्र र कैद[सम्पादन गर्नुहोस्]

पाल्पाको राजगद्दीमा बसेको एक वर्ष भित्रै विसं १८५९ मा रणबहादुर शाहले गुल्मी राज्य पाल्पाको अधिनबाट खोसेर स्वतन्त्र राज्य घोषित गरी आफ्ना जेठान सिद्धिप्रताप शाहलाई त्यहाँको राजा बनाएका थिए।[१] त्यसपछि सोझा प्रकृतिका राजा पृथ्वीपाल सेनले पटक पटक रणबहादुरको षड्यन्त्र परि धेरै सास्ती पाए।[२]

रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा गिर्वाणयुद्ध विक्रम शाहलाई राज्यरोहण गराउने भएपछि त्यसको दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा का हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।[३] उक्त शुभकार्यमा काठमाडौँ पुगेका पाल्पाली राजा माथि शङ्का गरेर रणबहादुर शाहले उनलाई नजरबन्द गर्न लगाएका थिए।

बहादुर शाहका समर्थक पृथ्वीपाल सेनलाई बहिनीसँग बिहे गर्ने बाहानामा काठमाडौँ बोलाई पाटन दरबारमा कैद गरियो।[४]

हत्या[सम्पादन गर्नुहोस्]

भीमसेन थापाले शत्रुको दमन गर्ने क्रममा १८६३ मा पाल्पाली राजा पृथ्वीपाल सेनको टाउको काटेर हत्या गरियो र साथमा तानसेनबाट आएका १८ जना अंगरक्षक पनि मारिए ।

रणबहादुर शाहको हत्या भएपछि चौतारा विदुर शाह, काजी त्रिभुवन प्रधान, काजी नरसिंह गुरुङ, राजा पृथ्वीपाल सेन तथा यिनका भाइ चौतारा रणबहादुर सेन समेत कडाइका साथ कैदमा परिसकेका थिए।[५] रणबहादुरको हत्यामा उनीहरूको हात थियो कि थिएन र थियो भने कसकसको के कस्तो भुमीका थियो भन्ने कुराको कुनै छनबिन तथा पुर्पक्ष नै नगरी भोलिपल्ट नै राजभवन भित्र कै भण्डारखालको बगैंचामा यिनीहरू सबै काटिए। चौतारा विदुर शाहीका नाबालक छोराहरू सम्मले पनि बोल्ने अवसर पाएनन् र काटिए। काजी त्रिभुवन प्रधान र काजी नरसिंह गुरुङका छोराहरू मात्र होइनन्, नातिहरू पनि विष्णुमती नदीमा पुर्यायी काटिए।

पाल्पाली राजा पृथ्वीपाल सेन र यिनका १८ जना निरपराध पाल्पाली अंगरक्षक पनि भण्डारखाल बगैंचामा काटिए। दाहसंस्कार गर्न समेत नदिई यिनीहरू सबैको लासलाई अमानवीय व्यवहार गर्दै दाम्लोले घिसार्न लगाई विष्णुमती नदीको बगरमा फाल्न लगाएर स्याल तथा गिद्धहरूलाई खुवाइयो।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. हेमिल्टन
  2. पाल्पाको इतिहास र संस्कृति: कर्णबहादुर बानियाँ पृष्ठ १५
  3. धनबज्र बज्राचार्य (सम्पादक) : पण्डित सुदरानन्द विरचित त्रिरत्न सौन्दर्य गाथा, काठमाडौँ: नेपाल सांस्कृतिक परिषद्, वि सं २०१९, पृष्ठ १५३
  4. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २०१ ।
  5. बाबुराम आचार्य (फागुन २०६१), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: ७५, आइएसबिएन 978-9937-665-40-7