सामग्रीमा जानुहोस्

नेपालको एकीकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको एकीकरण
गोर्खा अधिराज्य
नेपालको वृहत रूप
नेपाल अधिराज्यको वृहत रूप (१८०५) मा।
गोर्खा अधिराज्यको स्थापना१५०० ई
पृथ्वीनारायण शाहको जन्म१७२३
पृथ्वीनारायण शाह राजा बनेको१७४३
गोर्खा अधिराज्य नाम परिवर्तन१७६९ (नेपाल अधिराज्य)
विभिन्न क्षेत्रको एकीकरण
नुवाकोट१७४४
किर्तिपुर१७६६
सिक्किम, दार्जीलिंग१७८८-१७९०
कान्तिपुर, भक्तपुर१७६८
ललितपुर१७६९
सेन अधिराज्य१७७३
किराती राज्य१७७५
बाइसे राज्य१७८७
चौबिसे राज्य१७८१
कुमाउँ१७९०
गढवाल१८०४
विशाल नेपालको दुर्भाग्य
नेपाल अंग्रेज युद्ध१८१४-१६
सुगौली सन्धि२ डिसेम्बर १८१५

नेपालको एकीकरण प्राचीन हिमालय क्षेत्रको चौबिसी गोरखा राज्यले गरेको सैनिक अभियान थियो । राजा पृथ्वीनारायण शाह तथा उनका वंशज एवं विभिन्न गोरखाली भारदारहरूले पश्चिममा वर्तमान हिमाञ्चल प्रदेशको सतलज नदी देखि सिक्किमसम्म भूभागहरू विजय गरेका थिए । वि.सं. १८०१ मा भएको नुवाकोटको युद्ध देखि वि.सं. १८६१ मा भएको काँगडाको युद्ध सम्म नेपाल एकीकरणकाल रह्यो । केही विचारधाराका अनुसार गोरखालीले नेपालको एकीकरण नगरी गोरखा राज्यको विस्तार मात्र गरेको हुन् । तर इतिहासकार बाबुराम आचार्यका अनुसार उक्त सैनिक अभियान गोरखाली राज्यको विस्तार मात्रै नभै नेपालकै एकीकरण भएको हो ।

नेपाल एकिकरण

[सम्पादन गर्नुहोस्]
गोरखाली भारदार युद्धको तयारीमा

नेपाल राज्य त पहिलेदेखि नै थियो, तर त्यो अहिलेको आकारमा थिएन । नेपालको अस्तित्व पाकिस्तान तथा बंगलादेशको भन्दा पहिलेदेखिको हो । यसको अस्तित्व सम्भवतः भारतभन्दा अघिको हो । करिब अहिलेको काठमाडौँ उपत्यकालाई किरातकाल अर्थात करिब ईपू १० औँ/११ औँ शताब्दीदेखि नै नेपाल नामले चिनिन्थ्यो । १८ औँ शताब्दीको उत्तरार्धसम्म अहिलेको नेपालको आकारभित्र स्वतन्त्र अस्तित्वमा रहेका अनगिन्ती ससाना राज्य अस्तित्वमा थिए ।

सन् १७६८ देखि पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार शुरु गरी ससाना राज्यलाई अधीनमा लिएपछि गोर्खा साम्राज्यलाई सन् १८१२ सम्ममा पूर्व टिस्टादेखि पश्चिमको काँगडासम्म सीमा विस्तार गरिएको इतिहासमा प्रस्टै छ । र, अंग्रेज अर्थात ईष्ट इण्डिया कम्पनीसँग सन् १८१४ देखि १८१६ सम्म लड्नु परेको अनि सन् १८१६ को सुगौलीको सन्धिबाट युद्ध अन्त्य भएको र अहिलेको सीमाभित्र नेपाल खुम्चिनु परेको इतिहास पनि छँदैछ । सन् १८१३ सम्म त नेपालका तत्कालीन शाह शासक र अंग्रेजबीच सुमधुर सम्बन्ध नै थियो, यो कुरा तत्कालीन नेपालका शासक र अंग्रेजबीच भएको लिखतपत्र आदानप्रदान भएका दस्ताबेजबाट स्पष्टै देखिएको छ ।

पृथ्वी नारायण शाह समयको विस्तार

[सम्पादन गर्नुहोस्]

पश्चिममा गोराखा चेपे , पूर्वमा टिस्टा नदि

राजेन्द्र लक्ष्मी

[सम्पादन गर्नुहोस्]

तनहुँ राज्य, लमजुङ राज्य, कास्की राज्य

चौबिसे राज्य; बाइसे राज्य

जेठ १०: शनैश्वरबार: नेपाली सैन्यले कालीगण्डकी तर्यो ।

जेठ १०: राती गुल्मीका राजा भागे ।

जेठ ११: आदियबार्: नेपाली सैन्यले गुल्मी विजय गर्‍यो ।

भाद्र २५ गते बुधवार्: नेपाले सेना अर्घातर्फ हिड्यो ।

भाद्र २६ : नेपाली सैन्यले अर्घा विजय गर्‍यो ।

भाद्र २७ गते शुक्रबार्: राती खाँचीका राजा भागे ।

भाद्र २८ गते : शनीबर नेपाली शैन्यले खाँची विजय गर्‍यो ।

आश्विना २ गते बृहस्पतिबर : नेपाली सैन्यले धुरकोट विजय गर्‍यो ।

आश्विना ४ गते शनिबार : दिउँसो साढे ११ बजेदेखि२ बजे सम्म लडेर इस्मा विजय गर्‍यो ।

आश्विन १४ गते: मंगल बार नेपाली सैन्य पर्वत विजय गर्‍यो ।

कार्तिक १९ गते: बुध बार नेपाली सैन्य दाङ तर्फ हिड्यो ।

कार्तिक २९ गते शनिबार नेपाली सैन्यले दाङ विजय गर्‍यो ।

मंसिर २ गते: मंगल बार नेपाली सैन्यले रोल्पा विजय गर्‍यो ।

मंसिर ७ गते आइतबार्: नेपाली सैन्य विजय गर्दै भेरी नदी सम्म पुज्ञो ।

महाकाली पश्चिमको अभियान

[सम्पादन गर्नुहोस्]

गोर्खा राज्य विस्तारमा सहभागी, त्यो बेलाको अवस्था सँग जोडीएर आउने, तथा सन्धीहरूमा सम्बन्धीत हुने नामहरू ।

[सम्पादन गर्नुहोस्]
  1. तेवारी, रामजी (बि.सं. २०२१), "बिसं १८४३ मा भएका केही मुख्य घटना", पूर्णिमा, वर्ष १, अंक २: ६१। 

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]