लमजुङ राज्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
लमजुङ राज्य
विसं १५५०–विसं १८४२
नेपालको नक्शामा लमजुङ जिल्ला (रातो)
नेपालको नक्शामा लमजुङ जिल्ला (रातो)
सरकारराजतन्त्र
राजा 
इतिहास 
• स्थापना
विसं १५५०
• विलयकाल
विसं १८४२ विसं १८४२
  1. ...

लमजुङ नेपालको एकिकरण पुर्व चौबीसी राज्य थियो।

नामाकरण[सम्पादन गर्ने]

"लमजुङ" शब्द मगर भाषाबाट आएको मानिन्छ । यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ ।[१]

ऐतिहासिक पृष्ठभुमि[सम्पादन गर्ने]

यस जिल्लाको उत्तर तथा उत्तर-पश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि बसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरूले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनीतिक संरचनाको स्थापना गर्दै आएको पाइन्छ । सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेग गुरुङ तथा घले जातिको सामाजिक तथा राजनीतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन । जिल्लाको दक्षिणी भेकका टार तथा बेसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई, कामी, सार्की आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ ।[१]

सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज यशोब्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए । यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ । त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार र परम्पराले पुष्टि पनि गरेको पाइन्छ ।[१]

इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लिइएको पाइन्छ । त्यो समयमा स्याङ्जालाई सिकारी, लमजुङलाई गरुड, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ ।[१]

जङ्गबहादुर राणा वि. सं. १९१४ सम्ममा ज्यादै शक्तिशाली वने जसको फलस्वरुप राजाको लाल मोहर प्राप्त गरी कास्की तथा लमजुङको श्री ३ महाराज तथा मुलुकको प्रधानमन्त्री बन्न पुगे ।

सन्दर्भ सूची[सम्पादन गर्ने]