मालश्री (राग)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मालश्री
ठाटकल्याण
प्रकारऔडव सम्पूर्ण
समयसाँझ पख
आरोहणसा रे, ग प, ग प, नि सां[स्रोत नखुलेको]
अवरोहणसां नि प ग प ग सां[स्रोत नखुलेको]

मालश्री भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो रागलाई साँझ पख गाइने गरिन्छ।[१]यो राग कल्याण ठाटदेखि निस्कन्छ।[२][३] मुख्य रूपमा देवी बन्दनामा यो रागको प्रयोग गर्ने गरिएको छ। नेपाली समाजमा यो राग दशैंको समयमा गाइन्छ।[४][५][६][७][८]

परिचय[सम्पादन गर्नुहोस्]

सङ्गीतकारहरूका अनुसार राग मालश्रीको उत्पत्ति कल्याण थाटबाट भएको हो। ऋषभ -'रे' र धैतत -'ध' यसका वर्जित स्वर हुन्। नेपालमा मालश्रीको आफ्नै बेग्लै अस्तित्व रहेको छ। नेपालका कविकेशरी चित्तधर हृदय अनुसार नेपालमा चलेका मालश्री काफी थाट अन्तर्गत पर्दछ। यो थाटबाट उत्पन्न 'मालश्री'मा रागको सातै स्वर लाग्छ।

दसैँको मालश्री धुन विभिन्न क्षेत्रमा विभिन्न किसिमले बजाउने गरेको पाइन्छ। राजधानी नजिकको छिमेकी जिल्ला धादिङको देवी मन्दिरमा बज्ने मालश्रीको आफ्नै किसिमको मौलिकता रहेको छ। यहाँ दसैँमा बज्ने मालश्री अन्यत्र बज्ने मालश्रीभन्दा फरक रहेको छ। यहाँको मालश्रीमा मुख्य तालबाजा ढोलकी बजाइँदैन। त्यसको सट्टा 'नगरा' दुन्दुभि बजाउने गरिएको छ। सुवि शाहद्वारा सङ्कलित धादिङको पञ्चैबाजाको धुन रेडियो नेपालबाट विजयदशमीभर बजाइन्थ्यो।[९]

विशेषता[सम्पादन गर्नुहोस्]

  • थाट-कल्याण
  • गायन समय-साँझ पख
  • जाति-ओडव-सम्पूर्ण (आरोहमा रे,ध स्वर वर्जित )
  • आरोह- सा रे, ग प, ग प, नि सां[स्रोत नखुलेको]
  • अवरोह-सां नि प ग प ग सां[स्रोत नखुलेको]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bor, Joep; Rao, Suvarnalata; Van der Meer, Wim; Harvey, Jane (१९९९), The Raga Guide, Nimbus Records, पृ: १०४, आइएसबिएन 0-9543976-0-6 
  2. "- Raagtime", raagtime.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-२० 
  3. Pradhan, Aneesh, "Raag Malashree: The rarely performed three swara raag, the exception that proves the rule", Scroll.in (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-२० 
  4. "मालश्री धुनको गुणस्तरबारे प्रश्न", बिबिसी नेपाली (नेपालीमा), २०१८-१०-१४, अन्तिम पहुँच २०२१-०१-२० 
  5. "मालश्री धुनको वास्तविकता के हो ? (भिडियो सहित)", जनदिशा (नेपालीमा), २०१८-१०-१४, अन्तिम पहुँच २०२१-०१-२० 
  6. "संगीतको कथा : नवदुर्गालाई आह्वान गर्ने मङ्गलधुन – मालश्री", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२० 
  7. "'दसैं धुन' जसले जाेड्यो मेची-महाकाली", इ कागज (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२० 
  8. प्रकाश सायमी, "दशैँ पार्श्वसंगीत", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२० 
  9. रामशरण दर्नाल, "बडादसैँको राग मालश्री", मझेरी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-२० 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]