सामग्रीमा जानुहोस्

जौनपुरी (राग)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जौनपुरी
ठाटआसावरी
आरोहणसा रे म नि सां
अवरोहणसां नि ध प,म ग रे सा
पकडम प नि ध प, म प ग, रे म प

राग जौनपुरी[१][२] भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो राग आसावरी ठाट अन्तर्गत पर्दछ। ओम्कारनाथ ठाकुर जस्ता केही सङ्गीतकारहरू यस रागलाई शुद्ध ऋषभ आसावरीसँग अविनाशी ठान्दछन्।[३] राग जौनपुरीको आकर्षक स्वरको कारण यसलाई कर्नाटक क्षेत्रमा एक लोकप्रिय रागको रूपमा मान्ने गरिन्छ। दक्षिण भारतीय सङ्गीतको धेरै रचनाहरूमा जौनपुरी राग राख्ने गरिएको छ।[४]

यो रागको नामबाट सम्भवतः गुजरातको सौराष्ट्र नजिकैको जवनपुर सहर र उत्तर प्रदेशको जौनपुर सहरको नाम राखिएको छ।[४]यस रागमा 'ग , ध, नी' स्वर कोमल लाग्ने गर्दछ। आरोहमा 'ग' (गन्धार) निषेधित हुन्छ अर्थात गाउने बजाउने बेला आरोहमा 'ग' स्वरलाई छोड्नु पर्छ। अवरोहणको समयमा सातवटै स्वर प्रयोग गर्ने गरिन्छ। जौनपुरी रागको वादी स्वर 'ध' (धैवत) र संवादी स्वर 'ग' (गन्धार) हो।

इतिहास[सम्पादन गर्नुहोस्]

विद्वानहरूका अनुसार जौनपुरको सुल्तान हुसैन सार्कीद्वारा यो रागको रचना भएकोले वहाँकै राज्य गरेको स्थानको नाउँमा यो रागको नाम 'जौनपुरी' राखिएको हो। भारतका सङ्गीतकरहरूले यो तथ्यलाई पूर्ण रूपमा स्वीकार नगरे पनि सङ्गीतकारहरू यो रागको प्रसार प्रचारमा जौनपुरको सुल्तानको योगदान प्रति एक मत राखेका छन्। यो राग आसावरी ठाटबाट उत्पन्न भएको मानिछ। राग जौनपुरीमा गन्धार, धैवत र निषाद स्वर कोमल प्रयोग गरिन्छ। केही गायकहरू आरोहमा शुद्ध 'नि' को प्रयोग गर्ने गर्छन तर प्रचलित भने कोमल निषाद नै हो। यो उत्तराङ्गवादी राग हो। यसको गायन-वादनको समय दिनको दोस्रो प्रहर मानिन्छ। जौनपुरीको समप्रकृति राग आसावरी हो।

विशेषता[सम्पादन गर्नुहोस्]

  • आरोह - सा रे म प ध नि सां।
  • अवरोह - सां नि ध प, म ग रे सा।
  • पकड़ - म प, नि ध प, ध म प ग, रे म प।
  • मतभेद - यसको अरोहमा केही गायक शुद्ध 'नि' समेत प्रयोग गर्ने गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालमा संगीत सोख हो, भारतमा संस्कार", Ujyaalo Online (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-०४ 
  2. "संगीत चिकित्सा - निरोगी नेपाल मा स्वागत छ निरोगी नेपाल मा स्वागत छ" (ne-NPमा), अन्तिम पहुँच २०२१-०१-०४ 
  3. Rajan Parrikar, Asavari and Associates
  4. ४.० ४.१ Mani, Charulatha, "A Raga's journey - Jaunty Jonpuri", The Hindu। 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]