बागेश्री
स्वरूप
ठाट | काफी |
---|---|
प्रकार | औडव-सम्पूर्ण |
समय | मध्यरातमा[१] |
आरोहण | सा ग म ध नि सा |
अवरोहण | सा नि ध म ग रे सा |
पकड | ध नि सा, म, म, प ध, म ग रे सा |
वादी | म |
सम्वादी | सा |
पर्यायवाची | वागेश्वरी [१] |
मिल्दोजुल्दो | रागेश्री |
बागेश्री भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो मध्यरातको चर्चित राग हो। यो रागले प्रेमीसँग पुनर्मिलनको लागि पर्खिरहेकी एउटी महिलाको भावनालाई चित्रण गर्नको लागि प्रस्तुत गर्ने गरिन्छ। यो रागलाई पहिलो पटक १६औँ शताब्दीमा अकबरको दरबारी कवि मियाँ तानसेनले गाएको मान्यता रहि आएको छ।[स्रोत नखुलेको]
२०औँ शताब्दीमा आएर यो राग कर्नाटकी सङ्गीतमा निक्कै प्रयोग गरिएको छ। यो रागमा 'सा म, ध म र ध ग' स्वर सङ्गीतको प्रचुरता रहन्छ। यसको गायन समय रात्रिको द्वितीय प्रहर मानिन्छ। यो रागको आरोहमा 'रे ,प' स्वर वर्जित छ र अवरोहमा सातै स्वरको प्रयोग गरिन्छ। यस कारण यो औडव-सम्पूर्ण जातिमा समाहित छ। यसमा वादी स्वर मध्यम र संवादी षडज हुन्छ्। 'सा, म' तथा 'ध' स्वर राग बागेश्रीमा न्यासको स्वर मानिएको छ। बागेश्रीको नजिकैको राग भीमपलासी मानिएको छ।
विशेषता
[सम्पादन गर्नुहोस्]- थाट- काफी
- जाति- औडव-सम्पूर्ण
- वादी स्वर -मध्यम
- संवादी -षडज
- गायन समयः बिहानको दोस्रो प्रहर
- आरोह- सा ग म ध नि सा
- अवरोह- सा नि ध म ग रे सा
- पकड - ध नि सा, म, म, प ध, म ग रे सा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ Bor & Rao 1999.