हंसध्वनि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हंसध्वनि
ठाटविलावल
प्रकारऔडव सम्पूर्ण
समयसाँझ पख
आरोहणसा रे ग नि सां
अवरोहणसां नि प ग रे सा
पकडग प नि - सां नि प ग
वादी
सम्वादी

हंसध्वनि भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो रागलाई रातको प्रथम प्रहारमा गाइने गरिन्छ।[१]यो राग विलावल ठाटदेखि निस्कन्छ। यो कनार्टक पद्धतिको राग हो, तथापि आजभोली यसलाई उत्तर भारत लगायत अन्यत्र पनि धेरै लोकप्रिय छ। यसको ठाट सम्बन्धमा दुइ वटा मत छ। केही विद्वानहरू यो राग बिलावल ठाट त कोही कल्याण ठाटबाट जन्म भएको मान्दछ्न्। यो रागमा मध्यम तथा धैवत स्वर वर्जित छ, तसर्थ यसको जाति औडव-औडव (आरोह, अवरोह) मानिन्छ। सबै शुद्ध स्वरको प्रयोगको सँगसँगै पञ्चम रिषभ, रिषभ निषाद तथा षडज पञ्चम स्वर सङ्गति पटक पटक प्रयुक्त हुन्छ। यो रागको निकट रागमा राग-शङ्कराको नाम लिइन्छ।


विशेषता[सम्पादन गर्नुहोस्]

  • थाट-विलावल
  • गायन समय-रातको पहिलो प्रहर
  • आरोह- सा रे,ग प नि सां
  • अवरोह- सां नि प ग रे, ग रे, नि (मन्द्र) प(मन्द्र) सा।
  • पकड-नि प ग रे,रे ग प रे सा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bor, Joep; Rao, Suvarnalata; Van der Meer, Wim; Harvey, Jane (१९९९), The Raga Guide, Nimbus Records, पृ: १०४, आइएसबिएन 0-9543976-0-6 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]