यमन (राग)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यमन
ठाटकल्याण
समयप्रारम्भिक रातमा (६-९)
आरोहणनि रे ग म(तीव्र) म(तीव्र) नि सा'
अवरोहणसा' नि ध प म ग रे सा
पकडनि-रे-ग-/रे-म-प-/म-प-ध/ध-नि-सा'
वादी
सम्वादीनि

यमन भारतीय शास्त्रीय सङ्गीतको एक राग हो। यो रागलाई रातको प्रारम्भिक प्रहरमा वा साँझपख गाइने गरिन्छ।[१]यो राग कल्याण ठाटदेखि निस्कन्छ। यस रागलाई राग कल्याणको नामले पनि चिनिन्छ। यो राग उत्पत्ति कल्याण ठाटबाट हुन्छ अत: यसलाई आश्रय राग पनि भनिन्छ (जब कुनै रागको उत्पत्ति त्यसै नामको ठाटदेखि हुन्छ)। मुगल शासन कालको बेला, मुसलमानहरूले यस रागलाई नाम राग यमन अथवा राग इमन भन्न शुरु गरे। यस रागको विशेषता यो हो कि यसमा तीव्र मध्यमको प्रयोग गरिन्छ। बाँकी सबै स्वर शुद्ध लाग्छन्। यसको आरोह र अवरोहमा सबै स्वर प्रयुक्त हुन्छन्।

विशेषता[सम्पादन गर्नुहोस्]

  • थाट-कल्याण
  • गायन समय-रातको प्रारम्भिक प्रहर
  • जाति-ओडव-सम्पूर्ण
  • आरोह- नि रे ग, म॑ प, ध नि सां ।
  • अवरोह- सां नि ध प, म॑ ग रे सा ।
  • पकड- नि रे ग रे, प रे, नि रे सा ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Bor, Joep; Rao, Suvarnalata; Van der Meer, Wim; Harvey, Jane (१९९९), The Raga Guide, Nimbus Records, पृ: १०४, आइएसबिएन 0-9543976-0-6 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]