देश (राग)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देश
ठाटखमाज
प्रकारऔदभ-सम्पूर्ण
समयअबेला राति, १२–३ बजे
आरोहणनि सा रे, म नि, सा
अवरोहणसा नि ध, प म ग रे, प म ग, रे ग नि सा
पकडरे, म प नि, सा रे नि ध प, म ग रे
वादीरे
सम्वादी

देश राग भारतीय शास्त्रीय सङ्गीतको एक राग हो।[१][२]यो राग खमाज ठाटदेखि निस्कन्छ।[३] यो रागलाई अबेला राति गाइने गरिन्छ।[४]यो एक चञ्चल प्रकृतिको राग मानिएको छ। यसमा धेरै छोटो ख्याल र ठुमरी गाइन्छ। आरोहमा शुद्ध 'नि' र अवरोहमा कोमल 'नि'को प्रयोग गरिन्छ। आरोहमा 'ग' र 'ध' स्वर वर्जित भएता पनि यदाकदा रागको सुन्दरताको लागि 'ग' अथवा 'ध'को प्रयोग मन्द र द्रुत स्वरहरूको रूपमा गरिएको पाइन्छ।

विशेषता[सम्पादन गर्नुहोस्]

  • थाट- खमाज
  • जाति- औडव-सम्पूर्ण
  • आरोहमा गन्धार तथा धैवत स्वर वर्ज्य र अवरोहमा सातै स्वरको 'का' प्रयोग हुन्छ।
  • वादी स्वर- 'रे' तथा संवादी स्वर-'प'
  • गायन समय: रात्रिको दोस्रो प्रहर।
  • आरोह- नि सा रे, म प नि, सा
  • अवरोह- सा नि ध, प ध म ग रे, प म ग, रे ग नि सा
  • पकड- रे, म प नि, सा रे नि ध प, म ग रे

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Nagarkar, Samarth (२७ अगस्ट २०१५), Raga Sangeet: Understanding Hindustani Classical Vocal Music, आइएसबिएन 978-1619273672 
  2. Katte, Trupti (१० जुन २०१३), "Multiple Techniques for Raga Identification in Indian", International Journal of Electronics Communication and Computer Engineering 4 (6), अन्तिम पहुँच १७ जुलाई २०१७ 
  3. Rao, B.Subba (१९९६), Raganidhi: A Comparative Study Of Hindustani And Karnatak Ragas. Volume Two (D to J), Madras: The Music Academy, पृ: 6–7। 
  4. Bor, Joep; Rao, Suvarnalata; Van der Meer, Wim; Harvey, Jane (१९९९), The Raga Guide, Nimbus Records, पृ: १०४, आइएसबिएन 0-9543976-0-6 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]