सामग्रीमा जानुहोस्

मकवानपुर गढी

निर्देशाङ्कहरू: २७°३६′२९″उ ८५°०५′३९″पू / 27.60806°N 85.09417°E / 27.60806; 85.09417
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकवानपुर गढी
पूर्व गाविस
मकवानपुर गढी मा पर्दछ बागमती प्रदेश
मकवानपुर गढी
नेपालको नक्सामा मकवानपुर गढीको अवस्थिति
मकवानपुर गढी मा पर्दछ नेपाल
मकवानपुर गढी
मकवानपुर गढी (नेपाल)
निर्देशाङ्क: २७°३६′२९″उ ८५°०५′३९″पू / 27.60806°N 85.09417°E / 27.60806; 85.09417
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर जिल्ला
क्षेत्रफल
 • जम्मा५६.१३ किमी (२१.६७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१२,८०६
 • घनत्व२३०/किमी (५९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)


मकवानपुर गढी
मकवानपुर गढीमा रहेको काली तोप
पुनर्निर्माण गरिएको मकवानपुर गढी
मकवानपुर गढीमा तयारी अवस्थामा राखिएको तोप

मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो। यो नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२८०६ रहेको थियो जसमध्ये ६१८७ पुरुष र ६६१९ महिला रहेका थिए भने यहाँ २५७६ घरधुरी रहेको थियो।[][] यो हाल मकवानपुरगढी गाउँपालिकामा पर्दछ।

यसको साविकका १,२ वडाहरू मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ हो भने ३,४ वडाहरू वडा नम्बर २ र ५-७ वडाहरू नम्बर ३ र ८,९ वडाहरू वडा नम्बर ४ हो।

मकवानपुर गढी नेपालका लागि सधै रणनितीक महत्त्वको स्थान हो ।मकवानपुर नै त्यो ठाउँ हो जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ , कालीबक्स, बर्दबहादुरसबुज गुल्म बनायो केही समय पछि पुरानो गोरख गुल्म समेत स्थापना गर्न सफल भयो । नेपाली सेनामा सेना ब्यवस्थीत यो नै पहिलो गरिएको अवसर थियो नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै सङ्गठन रहेका थिए। साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पनि पहिलो अवसर थियो। यो हाल मकवानपुरगढी गाउँपालिकामा पर्दछ। यो युद्ध मकवानपुर गढी का सेना नायक सरदार नन्दु शाह थिए उनी सँग ४०० जती सेना थोरै बन्दुक अरू परम्परागत हतियार, खुकुरी, तरबार, घुएत्रो लगायत रहेका थिए। त्यसैले उनीहरू हान र भागको रणनीतिका साथ उत्रेका थिए जसले शत्रुलाई अचम्मित पारी रहेको थियो। नेपाली सेनाले रातिआक्रमण गर्नका लागि आक्रमण बेस तप्लाखर भन्जयाङमा राखेको थियो।

मिर कासिमका सेनाका सेनानायक गुरगिन खाँ थिए उनीसँग २५०० सेना र तोपहरू , बन्दुक , राम्रो रणनीतिक सहायता तथा ब्याकअप फोर्स समेत थियो। उनिहरूको आक्रमण बेस मकवानपुर फेदीमा थियो तिनी हरू रात्री आक्रमण गर्ने योजनामा थिए।जब शत्रुको ठूलो सेना हिडेर हर्नामाडी पुग्यो स्थानीय घर हरू पहिले नै खाली गरी सकीएको थियो उनीहरूलाई खानाको अभाव हुन थाल्यो। मकवानपुर गढी त्याहाबाट ९ कि मी माथी पाहडको टुप्पामा रहेको थियो साथै नेपाली सेनाले सबै बाटाहरू सबै समेत थुनीदीएका थिए तर पनि शत्रु उनी हरूलाई पछाडी मकवानपुर गढी धकल्न सक्षम भइरहेको थियो झन्डै ३०० शत्रुले नेपाली हरूलाई अझ रक्षात्मक बनाउदै २० जनवरी १७६३मा आक्रमण शुरू गरे। तर तिनी हरू त्यतीखेर दंग परे जती खेर तिनी हरू ताप्लाखारमा बिसाइ मारी रहेका थिए काजी बंस राज पांडे तलबाट उनीहरू माथी जाइ लागे, काजी नरसिंह बस्नेतले माथीबाट गुरगिन खाँका सेनालाई हाने।र नन्दु शाहको नेतृत्वको नेपाली सेनाले अगाडि बट हाने। तिन जना कुसल कमान्डरको रातको अप्ठेरोमा पनि नेपाली सेना बाहदुरी पूर्वक लडेर शत्रु नास्न सफल रह्यो।मिर कासीमका १७०० सेना मारिए ३० नेपाली सेनाले पनि शाहदत प्राप्त गरे नेपाली सेनाले शत्रुका ५०० राइफल दुई तोप अन्य सैन्य सामग्री प्राप्त गर्‍यो अझ महत्त्वपूर्ण यो लडाईंबाट प्राप्त श्रोत पछि नै नेपाली सेनालाई सङ्गठनीक संरचनामा ढाल्ने काम शुरू भयो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति