मकवानपुर गढी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मकवानपुर गढी
देश नेपाल
अञ्चलनारायणी
जिल्लामकवानपुर
जनसङ्ख्या
 (1991)
 • जम्मा१०३००
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
मकवानपुर गढी
मकवानपुर गढीमा रहेको काली तोप
पुनर्निर्माण गरिएको मकवानपुर गढी
मकवानपुर गढीमा तयारी अवस्थामा राखिएको तोप

मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधै रणनितीक महत्त्वको स्थान हो ।मकवानपुर नै त्यो ठाउँ हो जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्म श्रीनाथ , कालीबक्स, बर्दबहादुरसबुज गुल्म बनायो केही समय पछि पुरानो गोरख गुल्म समेत स्थापना गर्न सफल भयो । नेपाली सेनामा सेना ब्यवस्थीत यो नै पहिलो गरिएको अवसर थियो नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै सङ्गठन रहेका थिए। साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पनि पहिलो अवसर थियो।

यो युद्ध मकवानपुर गढी का सेना नायक सरदार नन्दु शाह थिए उनी सँग ४०० जती सेना थोरै बन्दुक अरू परम्परागत हतियार, खुकुरी, तरबार, घुएत्रो लगायत रहेका थिए। त्यसैले उनीहरू हान र भागको रणनीतिका साथ उत्रेका थिए जसले शत्रुलाई अचम्मित पारी रहेको थियो। नेपाली सेनाले रातिआक्रमण गर्नका लागि आक्रमण बेस तप्लाखर भन्जयाङमा राखेको थियो।

मिर कासिमका सेनाका सेनानायक गुरगिन खाँ थिए उनीसँग २५०० सेना र तोपहरू , बन्दुक , राम्रो रणनीतिक सहायता तथा ब्याकअप फोर्स समेत थियो। उनिहरूको आक्रमण बेस मकवानपुर फेदीमा थियो तिनी हरू रात्री आक्रमण गर्ने योजनामा थिए।जब शत्रुको ठूलो सेना हिडेर हर्नामाडी पुग्यो स्थानीय घर हरू पहिले नै खाली गरी सकीएको थियो उनीहरूलाई खानाको अभाव हुन थाल्यो। मकवानपुर गढी त्याहाबाट ९ कि मी माथी पाहडको टुप्पामा रहेको थियो साथै नेपाली सेनाले सबै बाटाहरू सबै समेत थुनीदीएका थिए तर पनि शत्रु उनी हरूलाई पछाडी मकवानपुर गढी धकल्न सक्षम भइरहेको थियो झन्डै ३०० शत्रुले नेपाली हरूलाई अझ रक्षात्मक बनाउदै २० जनवरी १७६३मा आक्रमण शुरू गरे। तर तिनी हरू त्यतीखेर दंग परे जती खेर तिनी हरू ताप्लाखारमा बिसाइ मारी रहेका थिए काजी बंस राज पांडे तलबाट उनीहरू माथी जाइ लागे, काजी नरसिंह बस्नेतले माथीबाट गुरगिन खाँका सेनालाई हाने।र नन्दु शाहको नेतृत्वको नेपाली सेनाले अगाडि बट हाने। तिन जना कुसल कमान्डरको रातको अप्ठेरोमा पनि नेपाली सेना बाहदुरी पूर्वक लडेर शत्रु नास्न सफल रह्यो।मिर कासीमका १७०० सेना मारिए ३० नेपाली सेनाले पनि शाहदत प्राप्त गरे नेपाली सेनाले शत्रुका ५०० राइफल दुई तोप अन्य सैन्य सामग्री प्राप्त गर्‍यो अझ महत्त्वपूर्ण यो लडाईंबाट प्राप्त श्रोत पछि नै नेपाली सेनालाई सङ्गठनीक संरचनामा ढाल्ने काम शुरू भयो।