सामग्रीमा जानुहोस्

हेटौँडा उपमहानगरपालिका

(हेटौंडा नगरपालिकाबाट अनुप्रेषित)
हेटौँडा उपमहानगरपालिका
पहाडबाट हेटौँडा उपमहानगरपालिकाको दृश्य
पहाडबाट हेटौँडा उपमहानगरपालिकाको दृश्य
हेटौँडा उपमहानगरपालिका मा पर्दछ बागमती प्रदेश
हेटौँडा उपमहानगरपालिका
बागमती प्रदेशको नक्सामा हेटौँडा उपमहानगरपालिकाको अवस्थिति
हेटौँडा उपमहानगरपालिका मा पर्दछ नेपाल
हेटौँडा उपमहानगरपालिका
हेटौँडा उपमहानगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°३५′१६″उ ८४°५५′१५″पू / 27.58778°N 84.92083°E / 27.58778; 84.92083
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर
स्थापित२०७१ मङ्सिर १६
सरकार
  नगरप्रमुखमीनाकुमारी लामा (नेकपा (एकीकृत समाजवादी))
  उपप्रमुखराजेश बानिया (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२६१.५९ किमी (१०१�०० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१९३,५७६
  घनत्व७४०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५७
वेबसाइटआधिकारिक वेबसाइट

हेटौँडा उपमहानगरपालिका मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हो।[] [] यो नगर भौगोलिक रूपमा भित्री मधेस भनिने चितवन उपत्यका (नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिने)को पूर्वी छेउ चुरे पहाडी श्रृङखलासँग जोडएर रहेको छ। यो मध्य नेपालको प्रमुख वाणिज्य तथा यातायात केन्द्र हो। यो महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको मिलन विन्दुमा अवस्थित छ। यहाँ हिन्दु, बौद्ध, मुसलमान, इसाई धर्मावलम्बीको बसोवास रहेको छ। नेपालको मन्त्रिपरिषद् अन्तर्गतको सामाजिक समितिले ६१ वटा नगरपालिका थप गर्ने र ७ वटा नगरपालिकालाई उपमहानगरपालिका बनाउने निर्णय गरेकोमा हेटौँडालाई पनि नगरपालिकाबाट उपमहानगरपालिकामा विस्तार गरेको थियो। २०७१ वैशाख १५ मा, साविकका पदमपोखरी, चुरियामाई, हटियाहर्नामाडी गाविसहरूलाई गाभेर तात्कालीन हेटौँडा नगरपालिकाको क्षेत्रविस्तार गरिएको थियो। हेटौँडालाई उपमहानगरपालिका घोषणा गर्दा यसमा वसामाडी गाविसलाई समावेश गरिएको थियो।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हेटौँडा उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,९३,५७६ रहेको छ भने यहाँ ४६,५६६ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार हेटौँडा उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,९३,५७६ रहेको छ। यस उपमहानगरपालिकालाई १९ वटा वडाहरूमा विभाजन गरिएको छ। उपमहानगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

हेटौँडा उपमहानगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
हेटौँडा (१), वसामाडी (८-९)८,२६६१४.८६५५६.२६
हेटौँडा (२, ३)८,९२५२.३३३,८३०.४७
वसामाडी (३,५)८,३६७१५.५६५३७.७२
हेटौँडा (४)१८,०३५१.६८१०,७३५.१२
हेटौँडा (५)१७,३४९६.०७२,८५८.१५
हेटौँडा (६)७,०३४८.५४८२३.६५
हेटौँडा (७)६,०३२३.८५१,५६६.७५
हेटौँडा (८)१३,००८५.७६२,२५८.३३
हेटौँडा (९)११,३४६३.८६२,९३९.३८
१०हेटौँडा (१०)६,९९७२.४२,९१५.४२
११हेटौँडा (११)१४,०९४९.६६१,४५९.०१
१२पदमपोखरी (४-५,७-९)१३,०२८१६.१४८०७.१८
१३पदमपोखरी (१-३,६)७,९४९२१.४१३७१.२८
१४चुरियामाई (१-२)७,९५६१६.३२४८७.५०
१५चुरियामाई (३-९)१०,६२३१८.७७५६५.९६
१६हटिया (५,७,८-९)७,१४५१८.९५३७७.०४
१७हटिया (१-४,६)८,३८६१५.०२५५८.३२
१८हर्नामाडी७,८३६३३.३६२३४.८९
१९वसामाडी (१-२, ४,६-७)११,२००४७.०४२३८.०९
जम्मा१,९३,५७६२६१.५८७३९.९९

महाभारतमा आधारित किंवदन्ती अनुसार पाँच पाण्डव वनबासको क्रममा यस स्थानमा आइपुगेका र हेडम्बा राक्षससँग युद्ध हुँदा भीमसेनले हेडम्बालाई तत्कालै मारेकाले हेडम्बाबाट अपभ्रंस भई हेटौँडा भएको हो। हेडम्बाकी बहिनी भूटनदेवीको नामबाट स्थापित देवास राई जातिको पुजारी रहने भूटनदेवी मन्दिर यस नगरपालिकाको वडा नं. १० मा अस्थित छ, जहाँ दैनिक पूजाआजा गरिनुका साथै यससँग सम्बन्धित पर्व पनि मनाइन्छ।

नेपाल सरकारले वि.सं. २०२६ वैशाखमा हेटौँडालाई तत्कालीन नगरपञ्चायतका रूपमा घोषणा गरेको थियो।

पूर्व: बकैया गाउँपालिका पश्चिमः मनहरी र राक्सिराङ्ग गाउँपालिका उत्तरः मकवानपुर गढी, भिमफेदी र कैलाश गाउँपालिका दक्षिणः पर्सा जिल्ला र बारा जिल्ला

साँस्कृतिक तथा ऐतिहासिक स्थलहरू

[सम्पादन गर्नुहोस्]

हेटौँडा नगरपालिकामा शहीद स्मारक, मकवानपुरगढी, पशुपति मन्दिर, ऐतिहासिक भूटनदेवी मन्दिर, मनकामना मन्दिर, गोरक्षेश्वर मन्दिर, कुसमाण्ड सरोवर, गुम्बा डाँडा, भैरव डाँडा र पुण्यक्षेत्रका साथै पुष्पलाल पार्क विशेषताका रूपमा छन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "६१ वटा नगरपालिका र ७ वटा उपमहानगरपालिका थप (सूचीसहित)", अन्तिम पहुँच मङ्सिर १६,२०७१ अभिलेखिकरण २०१४-१२-१३ वेब्याक मेसिन
  4. "६१ नगरपालिका र ७ उपमहानगरपालिका घोषणा (नाम र गाभिएका गाविससहित", अन्तिम पहुँच २०७१ मङ्सिर १६

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]