थाहा नगरपालिका
थाहा नगरपालिका
Thaha municipality | |
---|---|
देश | ![]() |
अञ्चल | नारायणी अञ्चल |
जिल्ला | मकवानपुर जिल्ला |
स्थापना | बि.स.२०७१ जेष्ठ ४ |
सरकार | |
• मेयर | लवशेर विष्ट |
• उप मेयर | खड्ग बहादुर गोपाली |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | २१७१७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ४४१००, ४४१०७ |
क्षेत्रीय सङ्केत | ०५७ |
वेबसाइट | www.thaahaamun.gov.np |
मध्य नेपालको मकवानपुर जिल्लामा रहेको थाहा नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक दामन गाबिस कार्यालय रहेको ठाउँलाईको केन्द्र बनाइएको छ ।[१]यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा पालुङ, बज्रबाराही र दामन गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा थाहा पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
पालुङ,बज्रबाराही र दामन गाविसहरूलाई मिलाएर थाहा नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २१,७१७ रहेको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।