राईगाउँ
राईगाउँ | |
---|---|
देश | ![]() |
अञ्चल | नारायणी |
जिल्ला | मकवानपुर |
जनसङ्ख्या (1991) | |
• जम्मा | ९०१२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्राणिक समय) |
राईगाउँ मकवानपुर जिल्लामा पर्ने एक गाउँ विकास समिति हो। जुन यस जिल्लाको पूर्वि दक्षीण भागमा पर्दछ। यो गाविसबाट दक्षिणतर्फ पूर्व-पश्चिम महेन्द्र राजमार्ग १७ किलोमिटर को दूरीमा रहेको छ भने उत्तरतर्फ महाभारत चुरेपर्वतहरू छन्।
राजधानि काठमान्डौबाट बग्ने बागमति नदि यहि गाविसहुँदै तराई बग्दछ। यहि नदिले सिन्धुली जिल्लासँगको सिमाना छुट्याईएको छ। यस गाउँमा ठूला थप दुई खोला मरिण र चिरूवा बागमतिमा मिसिएर अविरल बग्ने गर्दछ। भौगोलिक रचनामा चारैतिरबाट पहाडहरूले घेरिएको यो उपत्यका भित्रि तराई अन्तर्गत पर्दछ। यहि गाविसको हात्तिढुङ्गा गाउँ जिल्लाको सबैभन्दा होचो भूभागमा पर्दछ। जसको उचाई समुद्रि सतहबाट १६६ मिटर रहेकोछ।
मकवानपुर जिल्लाको आदिवासीको रूपमा चिनिएका देवास राईजाति पनि यहि थाउँमा नै आदिम युगदेखि बसोवास गर्दै आएकाछन्। यहि जातबाट नै गाविसको नाम पनि राईगाउँ रहन गएको ठहर छ।
एतिहासिक पक्षहरु[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]