सामग्रीमा जानुहोस्

राईगाउँ

निर्देशाङ्कहरू: २७°३६′२९″उ ८५°०५′३९″पू / 27.60806°N 85.09417°E / 27.60806; 85.09417
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राईगाउँ
पूर्व गाविस
राईगाउँ मा पर्दछ बागमती प्रदेश
राईगाउँ
नेपालको नक्सामा राईगाउँको अवस्थिति
राईगाउँ मा पर्दछ नेपाल
राईगाउँ
राईगाउँ (नेपाल)
निर्देशाङ्क: २७°३६′२९″उ ८५°०५′३९″पू / 27.60806°N 85.09417°E / 27.60806; 85.09417
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर जिल्ला
क्षेत्रफल
 • जम्मा१०६.७८ किमी (४१.२३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१०,३६८
 • घनत्व९७/किमी (२५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

राईगाउँ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०३६८ रहेको थियो जसमध्ये ४९७७ पुरुष र ५३९१ महिला रहेका थिए भने यहाँ १८९३ घरधुरी रहेको थियो।[][] यो हाल बागमती गाउँपालिकामा पर्दछ।

यसको साविकका १-३ वडाहरू बागमती गाउँपालिकाको वडा नम्बर १ हो भने ४-७ वडाहरू वडा नम्बर २ र ८-९ वडाहरू वडा नम्बर ३ हो।

यस जिल्लाको पूर्वि द￶क्षीण भागमा पर्दछ। यो गाविसबाट दक्षिणतर्फ पूर्व-पश्चिम महेन्द्र राजमार्ग १७ किलोमिटर को दूरीमा रहेको छ भने उत्तरतर्फ महाभारत चुरेपर्वतहरू छन्। राजधानी काठमान्डौबाट बग्ने बागमति नदि यहि गाविसहुँदै तराई बग्दछ। यहि नदिले सिन्धुली जिल्लासँगको सिमाना छुट्याईएको छ। यस गाउँमा ठूला थप दुई खोला मरिण र चिरूवा बागमतिमा मिसिएर अविरल बग्ने गर्दछ। भौगोलिक रचनामा चारैतिरबाट पहाडहरूले घेरिएको यो उपत्यका भित्रि तराई अन्तर्गत पर्दछ। यहि गाविसको हात्तिढुङ्गा गाउँ जिल्लाको सबैभन्दा होचो भूभागमा पर्दछ। जसको उचाई समुद्रि सतहबाट १६६ मिटर रहेकोछ।

मकवानपुर जिल्लाको मूलबासी आदिवासीको रूपमा चिनिएका भुमिपुत्र भुमिपुजक देवास राई जाति पनि यहि ठाउँमा नै आदिम युगदेखि बसोवास गर्दै आएका छन्। यहि जातीबाट नै गाविसको नाम पनि राईगाउँ रहन गएको ठहर छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति