सामग्रीमा जानुहोस्

गोदावरी नगरपालिका, कैलाली

गोदावरी
गोदावरीमा रहेको नेपालको सबैभन्दा अग्लो बजरङ्गबली हनुमानको ५२ फिट अग्लो मूर्ति
गोदावरीमा रहेको नेपालको सबैभन्दा अग्लो बजरङ्गबली हनुमानको ५२ फिट अग्लो मूर्ति
गोदावरी मा पर्दछ सुदूरपश्चिम प्रदेश
गोदावरी
गोदावरी
गोदावरी मा पर्दछ नेपाल
गोदावरी
गोदावरी
निर्देशाङ्क: २८°५४′३६″उ ८०°३५′२४″पू / 28.91000°N 80.59000°E / 28.91000; 80.59000
देशनेपाल
प्रदेशसुदूरपश्चिम
जिल्लाकैलाली
वडा सङ्ख्या१२
नगरपालिकावि.सं. २०७३ फाल्गुण २७[]
सम्मिलित (गाविस)अत्तरिया (१-८,१२ र १३), र गोदावरी
प्रदेश राजधानीवि.सं. २०७५ कार्तिक १२[]
प्रशासनिक सदरमुकामअत्तरिया बजार
सरकार
  प्रकारस्थानीय तह
  नगरप्रमुखवीरेन्द्र भट्ट (नेपाली काङ्ग्रेस)
  उपप्रमुखशारदादेवी रोकाया (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा३०८.६३ किमी (११९.१६ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा९८,७४६
समय क्षेत्रयुटिसी+०५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेबसाइट

गोदावरी नगरपालिका, कैलाली कैलाली जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[][][] महेन्द्र राजमार्गसँगै जोडिएको यो सहर सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार बन्न पुगेको छ। नेपालको संविधान २०७२ अनुसार देशमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गोदावरी नगरपालिका घोषणा गर्दा यसमा तत्कालिन अत्तरिया नगरपालिकाको वडा नं. १-८ (साविकको मालाखेतीश्रीपुरको सबै वडा र बेलादेवीपुर गाविसको १,२ र ३ वडाहरू) र १२ (गेटा गाविसको १-४) र १३ (गेटा गाविसको ३,५-६ नम्बर वडाहरू) तथा गोदावरी गाउँ विकास समितिलाई गाभिएको थियो।[] यस नगरपालिकाको कुल क्षेत्रफल ३०८.६३ वर्ग किलोमिटर (११९.१६ वर्ग माइल) रहेको छ। वि.सं. २०६८ को नेपालको जनगणना अनुसार यस नगरपालिकाभित्र १४,९१५ घरधुरीको बसोबास रहेको छ भने यहाँको कुल जनसङ्ख्या ७८,०१८ रहेको छ।[]

वि.सं. २०७५ साल असोज १२ गते सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशनको ४५औँ बैठकले कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो।[]तर हाल सम्म धनगढी नै अस्थायी राजधानी हो ।[][१०]

गोदावरी एक धार्मिक महत्व वोकेको क्षेत्र मानिन्छ । यो क्षेत्र हिन्दुहरूको विश्वासको आधार रहेको पवित्र नदी गोदावरीवाट सिंचित रहेको छ । परापूर्व कालमा हिन्दु धर्मका प्रख्यात ऋषि गौतमले यसै क्षेत्रमा तपस्या गरि ज्ञान आर्जन गरेको साथै द्वापर युगमा भगवान श्रीकृष्ण, भीष्मभिष्मपितामहः तथा पांच पाण्डव जस्ता तपश्वीहरु समेत यस क्षेत्रको विचरण गरि यसै पवित्र गोदावरी नदीमा स्नान गरि ज्ञान समेत हासिल गरेको विश्वास गरिन्छ । जस्को संझना स्वरुप हरेक वर्ष यस क्षेत्रमा मकर सक्रांतिमा मेला समेत लाग्ने गरेको छ ।[११]

वडागत विवरण

[सम्पादन गर्नुहोस्]

गोदावरी नगरपालिकाको वडा विभाजन, साविकका गाविसहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

गोदावरी नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
गेटा (३,६)१३४९६८.९९१५०१.२२
मालाखेती (७-८)१२६५३८.६११४६९.५७
मालाखेती (१-३)१०१११११.९९८४३.२९
मालाखेती (९) र गोदावरी (८)१०५८४११४.६२९२.३४
गेटा (१-२,४-५)७४८६११.८९६२९.६०
श्रीपुर (१-२,४)७७६४६.८१११४०.०९
श्रीपुर (३,५)५०७०९.१६५५३.४९
श्रीपुर (६-९)८५०२१८.३१४६४.३४
बेलादेवीपुर (१-३)८०६२१६.०७५०१.६८
१०मालाखेती (४-६) र गोदावरी (३)४८४०१८.८८२५६.३६
११गोदावरी (१, २, ४, ५)४५५२९.२४४९२.६४
१२गोदावरी (६, ७, ९)५६२६७४.०६७५.९७
जम्मा९८,७४६३०८.६३३१९.९५

प्रमुख स्कुलहरू

[सम्पादन गर्नुहोस्]
  • श्री सैनिक आवासिय महाबिध्यालय तेघरी
  • श्री दुर्गा लक्ष्मी उच्च मा. वि. अत्तरिया
  • श्री ग्वाशी उच्च मा.वि. मालाखेती
  • श्री समैजी माध्यमिक विद्यालय (मजगाउँ)
  • होलिल्याण्ड हाईअर सेकेन्डरी स्कुल
  • जे के सेकेन्डरी स्कुल
  • ठेकराज माध्यमिक विद्यालय (घोडसुवा)
  • ग्लोवल एकेडेमी (घोडसुवा)
  • दुर्गा जोति बोर्डिङ स्कुल (स्याउले बजार)
  • घण्टेश्वरी माध्यमिक विद्यालय (अत्तरिया)
  • लोतस एकेडेमी
  • गुरास माध्यमिक विद्यालय
  • ईमानुयल एकेडेमी
  • गुह्यश्वरी माध्यमिक विद्यालय
  • सारदा माध्यमिक विद्यालय (श्रीपुर)
  • सिद्धबाबा माध्यमिक विद्यालय (गेटा)
  • श्री सरस्वती माध्यमिक बिद्यालय (गेटा)

प्रमुख क्याम्पसहरू

[सम्पादन गर्नुहोस्]
  • दुर्गालक्ष्मी बहुमुखी क्याम्पस
  • एभरेस्ट कलेज अत्तरिया
  • सरस्वती ईन्टरनेशनल हाई स्कुल
  • सेवानर्सिङ होम
  • पदमा अस्पताल
  • गेटा आँखा अस्पताल

गोदावरी नगरपालिका सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रूपमा रहेको छ। नेपालको महेन्द्र राजमार्गमहाकाली राजमार्ग दुवै यसै नगरपालिका भएर गएका छन्। यो काठमाडौँबाट करिब ६०० किलोमिटर टाढा, जिल्ला सदरमुकाम धनगढीबाट १५ किलोमिटर, महेन्द्रनगरबाट ४० किलोमिटर र डडेल्धुराबाट १२० किलोमिटर टाढा रहेको छ। यहाँको यातायात मुख्य साधनको रूपमा बस रहेको छ। म्याजिक गाडी, ट्याम्पो, ट्याक्सी, विद्युतिय अटो आदि स्थानीय यातायातको रूपमा सेवा दिने गरेका छन्।

  • गोदावरी एफ एम : ८७.९ मेघाहर्ज

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९
  2. "सुदूरपश्चिम प्रदेशको नामाङ्कन सम्बन्धमा" (नेपालीमा), प्रदेश राजपत्र, सुदूरपश्चिम प्रदेश सरकार, वि.सं. २०७५ कार्तिक १२, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ७[स्थायी मृत कडी]
  3. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  4. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  5. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  6. "प्रदेश ७: नाम सुदूरपश्चिम, राजधानी गोदावरी घोषणा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ अभिलेखिकरण २०२२-०८-१९ वेब्याक मेसिन
  7. "प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्‍चिम’, राजधानी कैलालीको ‘गोदावरी’", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९
  8. "राजपत्रमा सिमित राजधानी गोदावरी", खबरकर्मी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९ अभिलेखिकरण २०२२-०२-१९ वेब्याक मेसिन
  9. "Province capital Dhangadhi inundated", रेडियो नेपाल (en-USमा), अन्तिम पहुँच २०२३-०१-१३
  10. "Govt fixes temporary state HQs, guvs", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२३-०१-१४
  11. "संक्षिप्त परिचय" अभिलेखिकरण २०२३-०५-१९ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]