गोदावरी नगरपालिका, कैलाली
गोदावरी | |
---|---|
![]() नगरपालिकाभित्र रहेको गोदावरी बाँध | |
निर्देशाङ्क: २८°५४′३६″उ॰ ८०°३५′२४″पू॰ / २८.९१०००°N ८०.५९०००°Eनिर्देशाङ्कहरू: २८°५४′३६″उ॰ ८०°३५′२४″पू॰ / २८.९१०००°N ८०.५९०००°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम |
जिल्ला | कैलाली |
वडा सङ्ख्या | १२ |
नगरपालिका | वि.सं. २०७३ फाल्गुण २७[१] |
सम्मिलित (गाविस) | अत्तरिया (१-८,१२-१३), र गोदावरी |
प्रदेश राजधानी | वि.सं. २०७५ कार्तिक १२[२] |
प्रशासनिक सदरमुकाम | अत्तरिया बजार |
सरकार | |
• प्रकार | स्थानीय तह |
• मेयर | हरिसिंह साउद (नेकपा) |
• उपमेयर | रत्न कडायत (नेकपा (एस)) |
क्षेत्रफल | |
• जम्मा | ३०८.६३ किमी२ (११९.१६ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ७८,०१८ |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | godawarimunkailali |
गोदावरी नेपालको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा अवस्थित एक नगरपालिका तथा प्रदेशको राजधानी सहर हो।[३][४] महेन्द्र राजमार्गसँगै जोडिएको यो सहर सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार बन्न पुगेको छ। नेपालको संविधान २०७२ अनुसार देशमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गोदावरी नगरपालिका घोषणा गर्दा यसमा तत्कालिन अत्तरिया नगरपालिकाको वडा नं. १-८ र १२-१३ तथा गोदावरी गाउँ विकास समितिलाई गाभिएको थियो।[१] यस नगरपालिकाको कुल क्षेत्रफल ३०८.६३ वर्ग किलोमिटर (११९.१६ वर्ग माइल) रहेको छ। वि.सं. २०६८ को नेपालको जनगणना अनुसार यस नगरपालिकाभित्र १४,९१५ घरधुरीको बसोबास रहेको छ भने यहाँको कुल जनसङ्ख्या ७८,०१८ रहेको छ।[१]
वि.सं. २०७५ साल असोज १२ गते सुदूरपश्चिम प्रदेश सभाको दोस्रो अधिवेशनको ४५औँ बैठकले कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो।[५]
भूगोल[सम्पादन गर्ने]
शिक्षा[सम्पादन गर्ने]
प्रमुख स्कुलहरू[सम्पादन गर्ने]
- श्री दुर्गा लक्ष्मी उच्च मा. वि. अत्तरिया
- श्री ग्वाशी उच्च मा.वि. मालाखेती
- श्री समैजी माध्यमिक विद्यालय (मजगाउँ)
- होलिल्याण्ड हाईअर सेकेन्डरी स्कुल
- जे के सेकेन्डरी स्कुल
- ठेकराज माध्यमिक विद्यालय (घोडसुवा)
- ग्लोवल एकेडेमी (घोडसुवा)
- दुर्गा जोति बोर्डिङ स्कुल (स्याउले बजार)
- घण्टेश्वरी माध्यमिक विद्यालय (अत्तरिया)
- लोतस एकेडेमी
- गुरास माध्यमिक विद्यालय
- ईमानुयल एकेडेमी
- गुह्यश्वरी माध्यमिक विद्यालय
- सारदा माध्यमिक विद्यालय (श्रीपुर)
- सिद्धबाबा माध्यमिक विद्यालय (गेटा)
प्रमुख क्याम्पसहरू[सम्पादन गर्ने]
- दुर्गालक्ष्मी बहुमुखी क्याम्पस
- एभरेस्ट कलेज अत्तरिया
- सरस्वती ईन्टरनेशनल हाई स्कुल
स्वास्थ्य[सम्पादन गर्ने]
अस्पतालहरू[सम्पादन गर्ने]
- सेवानर्सिङ होम
- पदमा अस्पताल
- गेटा आँखा अस्पताल
यातायात[सम्पादन गर्ने]
गोदावरी नगरपालिका सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रूपमा रहेको छ। नेपालको महेन्द्र राजमार्ग र महाकाली राजमार्ग दुवै यसै नगरपालिका भएर गएका छन्। यो काठमाडौँबाट करिब ६०० किलोमिटर टाढा, जिल्ला सदरमुकाम धनगढीबाट १५ किलोमिटर, महेन्द्रनगरबाट ४० किलोमिटर र डडेल्धुराबाट १२० किलोमिटर टाढा रहेको छ। यहाँको यातायात मुख्य साधनको रूपमा बस रहेको छ। म्याजिक गाडी, ट्याम्पो, ट्याक्सी, विद्युतिय अटो आदि स्थानीय यातायातको रूपमा सेवा दिने गरेका छन्। नेपालको दोस्रो ठूलो विमानस्थल धनगढी विमानस्थल, यस नगरपालिकाको वडा नं. ११ मा अवस्थित छ। यति एयर, बुद्ध एयर र नेपाल एयरलाइन्सले काठमाडौँबाट नियमित हवाई सेवा उपलब्ध गराइरहेका छन्।
मिडिया[सम्पादन गर्ने]
- गोदावरी एफ एम : ८७.९ मेघाहर्ज
- खप्तड एफ एम : ९८.२ मेघाहर्ज
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ १.२ "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९।
- ↑ "सुदूरपश्चिम प्रदेशको नामाङ्कन सम्बन्धमा" (नेपालीमा), प्रदेश राजपत्र, सुदूरपश्चिम प्रदेश सरकार, वि.सं. २०७५ कार्तिक १२, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ७।
- ↑ "प्रदेश ७: नाम सुदूरपश्चिम, राजधानी गोदावरी घोषणा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९।
- ↑ "प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’, राजधानी कैलालीको ‘गोदावरी’", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९।
- ↑ "राजपत्रमा सिमित राजधानी गोदावरी", खबरकर्मी (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१९।