सामग्रीमा जानुहोस्

पाण्डव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पाँच पाण्डवबाट अनुप्रेषित)
पत्नी द्रौपदी र पाण्डवहरू; युधिष्ठिर गद्दीमा, भीम बायाँ पट्टी बसेको, अर्जुन दायाँ पट्टी, नकुल र सहदेव उभिएका

पाण्डवहरू (संस्कृत : पाण्डव ) ले पाँच पौराणिक भाइहरू- युधिष्ठिर, भीम, अर्जुन, नकुलसहदेवलाई जनाउँछ। जो हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन्। तिनीहरू कुरुका राजा पाण्डुका छोराहरूका रूपमा चिनिन्छन्, तर पाण्डुको प्राकृतिक रूपमा गर्भधारण गर्न नसक्ने कारणले तिनीहरू विभिन्न देवताहरूद्वारा जन्मिएका थिए। महाकाव्यमा, पाण्डवहरूले पञ्चालकी राजकुमारी द्रौपदीसँग विवाह गरे र उत्तराधिकार विवादबाट बच्न कुरु राज्य विभाजन भएपछि इन्द्रप्रस्थ शहरको स्थापना गरे। दुर्योधनको नेतृत्वमा कौरवहरूले उनीहरूलाई आफ्नो राज्य समर्पण गर्न र फिर्ता गर्न इन्कार गरेपछि उनीहरूका बुवा भाइहरू, पाण्डवहरूले उनीहरूको विस्तारित परिवारको विरुद्ध गृहयुद्ध गरे, र यो संघर्ष कुरुक्षेत्र युद्धको रूपमा चिनिन्थ्यो। भगवान कृष्णको सहयोगमा, पाण्डवहरूले अन्ततः कौरवहरूको मृत्युको साथ युद्ध जितेका थिए।

पाण्डवहरू बाबु आमा

[सम्पादन गर्नुहोस्]

पाण्डवहरूको बाबुको नाम पाण्डु थियो। उनी सारै नै प्रतपी यदुवंशी राजा थिए । पाण्डुको दुई पत्निहरु थिए - कुन्ती तथा माद्री। युधिष्ठिर, भीम तथा अर्जुनको आमा कुन्ती थिईन र नकुल एवं सहदेव माद्रीको पुत्र थिए ।

पाण्डवहरूको जन्म कथा

[सम्पादन गर्नुहोस्]

एक पटक राजा पाण्डु आफ्नो दुबै पत्निहरु - कुन्ती तथा माद्री -सँग शिकार गर्नको लागि जंगल गएका थिए। त्यहा उनीहरूले मृगको जोडी मैथुनरत देख्न पुगे । पाण्डुले तत्काल आफ्नो बाणबाट त्यस मृगलाई घायल गरीदिए । मर्दै गर्दा त्यस मृगले पाण्डु लाई श्राप दिए, "राजन! तिमी सरह क्रूर पुरुष यस संसारमा कोही पनि छैन होला । तिमीले मलाई मैथुनको समय बाण हानेका छौ अतः जब कहिले तिमी मैथुनरत हुने छौ त्यसबेला तिम्रो मृत्यु हुने छ।"

यस श्रापबाट पाण्डु अत्यन्त दुःखी भए र आफ्नो रानिहरूसँग भने , "हे देविहरु! अब म आफ्नो सबै वासनाहरु त्याग गरेर् यस वनमा नै बस्छु तिमीहरु हस्तिनापुर फर्केर जाओ" उनको वचन सुनेर दुबै रानीहरूले दुःखी भएर भने , "नाथ!हामी तपाई बिना एक क्षण पनि जीवित रहन सक्दैनौ । तपाई हामीलाई पनि वनमा आफुसंग बस्ने कृपा गरिदिनु होस ।" पाण्डुले उनीहरूको अनुरोधलाई स्वीकार गरेर उनीहरूलाई वनमा आफ्नो साथ बस्ने अनुमति दिए।

यस समयमा राजा पाण्डुले अमावस्याको दिन ऋषि-मुनिहरु ब्रह्मा जीको दर्शनको लागि जादै गरेको देखे । उनले ती ऋषि-मुनिहरूसँग आफुलाई पनि साथै लैजान आग्रह गरे । उनको यस आग्रहलाई ऋषि-मुनिहरूले भने, "राजन्! कुनै पनि निःसन्तान पुरुष ब्रह्मलोक जाने अधिकारी हुन सक्दैन अतः हामी तपाईलाई हामीसँग लैजान असमर्थ छौ।"

ऋषि-मुनिहरूको कुरा सुनेर पाण्डुले आफ्नो पत्नीसंग भने, "हे कुन्ती!मैले जन्म लिनु नै वृथा भएरहेको छ किनकि सन्तानहीन व्यक्तिले पितृ-ऋण, ऋषि-ऋण, देव-ऋण तथा मनुष्य-ऋणबाट मुक्ति पाउन सक्दैन के तिमी पुत्र प्राप्तिको लागि मलाई सहायता गर्न सक्छेउ?" कुन्तीले भनिन , "हे आर्यपुत्र! दुर्वासा ऋषिले मलाई यस्तो मन्त्र दिएका छन जसबाट म कुनै पनि देवतालाई बोलाएर मनोवांछित वस्तु प्राप्त गर्न सक्तछु। तपाई आज्ञा गर्नु होस म कुन देवतालाई बोलाउ।" यसमा पाण्डुले धर्मलाई आमन्त्रित गर्ने आदेश दिए। धर्मले कुन्तीलाई छोरा दिए जसको नाम युधिष्ठिरराखीयो। कालान्तरमा पाण्डुले कुन्तीलाई पुनः दुई पटक वायुदेव तथा इन्द्रदेवलाई बोलाउने आज्ञा दिए। वायुदेवबाट भीम तथा इन्द्रबाट अर्जुनको उत्पत्ति भयो । तत्पश्चात् पाण्डुको आज्ञाबाट कुन्तीले माद्रीलाई त्यो मन्त्रको दीक्षा दीइन। माद्रीले अश्वनीकुमारलाई बोलाईन र नकुल तथा सहदेवको जन्म भयो।

पाण्डुको मृत्यु

[सम्पादन गर्नुहोस्]

एक दिन राजा पाण्डु माद्रीसंग वनमा नदीको तटमा भ्रमण गरीरहेका थिए। वातावरण अत्यन्त रमणीक थियो र शीतल-मन्द-सुगन्धित हावा चलिरहेको थियो । माद्री नुहाउने क्रममा हावाको सिरेटोले माद्रिले लगाएको वस्त्र उड्यो। यसबाट पाण्डुको मन चञ्चल भयो र उनी यौन कार्यको आसक्त भएर माद्रि सँग सहवास गर्न मात्र खोजेका थिए श्रापको कारण उनको मृत्यु भै हाल्यो। माद्री उनको साथ सती भईन तर छोराहरूको पालन-पोषणको लागि कुन्ती हस्तिनापुर फर्की आईन।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]