सात्यकि
सात्यकि ( वा युयुधान ) वृष्णि कुलका यादव सेनापति थिए, यसै कुलमा कृष्ण पनि पर्दथे. [१] महाभारतमा एक वीर हुन्। सात्यकि यादवहरूको सेनापति थिए। पुराणको अनुसार, उनी शिनीका नाति र सत्यकका पुत्र थिए। [२]
सात्यकि, शिनिका पुत्र जसलाई 'दारुक', 'युयुधान' तथा 'शैनेय' पनि भन्दछन्। यी श्रीकृष्णका सारथी र नाँतेदार तथा अर्जुनका शिष्य पनि थिए।[३] सात्यकी महाभारतको युद्धमा पांडवहरूको तर्फबाट लडेका थिए। महाभारतको युद्धमा बच्ने व्याक्तिमा सात्यकी पनि एक थिए।
कुरुक्षेत्र युद्ध
[सम्पादन गर्नुहोस्]युद्ध अघि, पाण्डवहरूको शान्तिको दूतको रूपमा सात्यकी कृष्णको साथ कुरु राजधानी गए ।[४] कृष्णलाई बन्दी बनाउने दुर्योधनको प्रयास र कृष्णको विश्वरुपको उनी साक्षी बने। वार्ता टुटेपछि, सात्यकीले सिभि र वृष्णी सेनालाई पाण्डवको शिविरमा लगे। जब सात्यकी, चेकितान र सेनाजित जस्ता अन्यहरू पाण्डवहरूसँग सामेल भए, कृष्णले दुर्योधनलाई आफ्नो सेनाको वाचा गरेका थिए। तसर्थ, यादव कृतवर्मा कौरवहरूका लागि लडे, अर्थात् सात्यकीले युद्धमा आफ्ना आफन्तहरूसँग लड्नु पर्यो। उनले पाण्डवहरूलाई १ अक्षौहिनी सेना उपलब्ध गराए। भीष्मका अनुसार उनी एक्लै १२ अतिरथीसँग लड्न सक्षम थिए ।
दोस्रो दिन
[सम्पादन गर्नुहोस्]भीष्म र सात्यकिको लडाईमा सात्यिकिले प्रहार गरेको वाणले भीष्मको सारथीको ज्यान गर्यो। यस पश्चात भीष्मको रथका घोडाहरु यस्तो तर्से कि उनिहरुलाई नियन्त्रण गर्न असंभव भयो । उनका घोडाहरु बेतोडले दौडन थाले । भिष्मले थाम्न नसक्ने गरी रथलाई युद्ध स्थलबाट नदेखिने गरी दौडाएर लगे ।[५]
मृत्यु
[सम्पादन गर्नुहोस्]सात्यकी सहित सम्पुर्ण यादवगणको मृत्यु मौसुल पर्वमा भयो। कुरुक्षेत्रको युद्ध पछि गान्धारीले कृष्णलाई "जसरी तिमीले कुरु वंशलाई एक आपसमा लडाएर अन्त्य गर्यौ। त्यसरी नै तिम्रो कुल पनि ३६ वर्षपछि आपसमा लडेर नष्ट हुनेछन् ।" भनेर श्राप दिइन्न। ३६ औं वर्षमा यादव कुल प्रवासबाट फर्कीरहेका थिए। बाटोमा उनीहरू विश्राम गर्न रोकिए। रमाइलो गर्न उनीहरू मदिरा पिउन थाले। नशामा सात्यिकीले कृतवर्मालाई कुरुक्षेत्रको युद्धको १८औं दिनको घटनाको कृत्यलाई लिएर होच्याए। यसपछि यादव कुल विच लडाइँ सुरु भयो।
- ↑ Himanshu Agarwal (२० अगस्ट २०१९), Mahabharata Retold Part-2, Notion Press, पृ: 50–, आइएसबिएन 978-1-64587-785-1।
- ↑ Pargiter, F.E. (1972) [1922]. Ancient Indian Historical Tradition, Delhi: Motilal Banarsidass, p.107.
- ↑ www.wisdomlib.org (२०१२-०६-२९), "Yuyudhana, Yuyudhāna: 11 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१७।
- ↑ ढुण्ढिराज कोइराला, महाभारत कथा, म ञ्जरी पब्लिकेसन, पृ: 201–, आइएसबिएन 9-789937-006064।
- ↑ डंगोल, रत्न मान, "६६ दोश्रो दिनको युद्ध"।