व्यास (ऋषि)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(वेद व्यास बाट पठाईएको)
Jump to navigation Jump to search
श्री वेदव्यास

महर्षी वेदव्यासलाई भगवान् विष्णुका २४ अवतारहरूमा एक अवतार मानिएको छ। उनको नाम कृष्ण द्धैपायन हो | श्री मद्देवीभागवतका अनुसार महर्षि वेदव्यास प्रत्येक द्वापर युगमा अवतरित हुन्छन्। यहाँ भन्दा पहिले २८ वटा व्यासहरू अवतरित भइ सकेको पुष्टी गरिएको छ।[१]

व्यास ऋषिको जन्म[सम्पादन गर्ने]

व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि ८ कि.मि. पूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा ब्यासकी माता सत्यवतीको जन्म भएको थियो | माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ| सत्यवती ६,७ वर्षकी सानी बालिका छदा घुम्दै, फिर्दै दमौलीमा माझीहरूको डुंगा चलेको ठाउँमा पुगीछिन् र ती माझीहरूले यति सानी माया लाग्दी बालिकालाई देखेर घरमा लगी केही दिन पालेछ्न् | त्यतिबेला पराशर ऋषिको आश्रम पनि दमौली नजीकै रहेछ | घुम्दै फिर्दै एकदिन पराशर ऋषि र सत्यवातीको भेट भएछ | भेटमा परासर ऋषिले उनी अत्यान्तै अद्भुत रहेको थाहा पाएपछि भेटको सिलसिलामा तत्काल पराशर ऋषिले ऋतुदान(बिर्यदान) लेउ भनी सत्यवतीसँग अनुरोध गर्नुभयो । सत्यवतीले 'म सानी बालिका भएकोले तपाई जवान भैसकेको मानिससंग ऋतुदान(बिर्यदान) लिन नसक्ने बताए । सबै अद्भुत इश्वरिय शक्ति थाहा पाईसक्नु भएको पराशर ऋषिले तिमीलाई म जस्तै जवान बनाइदिने र तिमिसङ्ग रहेको मत्स्यगन्ध हटाई सुगन्धित हुने बरदान दिन्छु भनेर र सत्यावतिसङ्ग अनुरोध गर्नुभयो । यो अनुरोध मानेपछि प्रतिज्ञा गरी सत्यवातीलाई आफूसमान बनाउनु भयो । यसपश्चात समागम गरी ऋतुदान(बिर्यदान)का लागि पराशरले अनुरोध गर्नुभयो तर सत्यवतिले यस्तो खुला आकाशमुनि सुर्य र बायुको अघाडि यो सम्भव नहुने बताएपछी ऋषि पराशरले हामिलाई छोप्नको लागि कुहिरो उत्पन्न गरिदिन्छु भन्नुभयो र तत्कालै कुहिरो उत्पति गराई ऋषि पराशर र सत्यवतीको समागम भई उनै सत्यवतीको कोखबाट व्यासलाई जन्म दिएकी हुन । पछि आमाको पूजाको लागि व्यास ऋषिले दमौलीबाट पूर्व दिशामा छाब्दी बराहमा माछाको पूजाआजा चलाएको मानिन्छ । जुन आजसम्म पनि निरन्तर पुजाआजा गरिरहेका छन र व्यासको जन्म तनहुँको डेम्बुले(दमौली)मा नै भएको भन्ने बलियो प्रमाणको रूपमा रहेको छ । र ब्यासको साधना तथा तपस्या स्थल ब्यास गुफा यहि सेदि र मादी नदिको दोभानमा रहेको छ जहाँ बसेर ब्यासले बेद लगायत महाभारतको रचना गरेको किम्बदन्ती छ ।

मख्य कार्य[सम्पादन गर्ने]

ऋषि व्यासलाई बेद व्यास भनी चिनिन्छ किनकी यिनले ४वटै वेदमहाभारत महत्त्वपुण कार्य गरेका छन्।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. श्रीमद्देवीभागवत

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

हिन्दू धर्म
अन्तर्गत एक शृङ्खलाको भाग

Aum

इतिहास · देवी-देवता
पुराण

आस्था र विश्वास

दर्शनशास्त्र · धर्म
अर्थ · काम · मोक्ष
कर्म · संसार
योग · भक्ति · माया
पूजा · मन्दिर

हिन्दू धर्मका पवित्र ग्रन्थहरू

वेद · उपनिषद
रामायण · महाभारत
श्रीमद्भगवद गीता · पुराण
धर्म शास्त्र · अन्य

सम्बन्धित विषयहरू

हिन्दू बसोबास भएका देशहरू
पञ्चाङ्ग
आयुर्वेद · ज्योतिष
चाडपर्व

यस बाकसलाई: हेर्नुहोस्  संवाद  सम्पादन