नारद
| नारद | |
|---|---|
| |
ऋषि नारद | |
| आबद्ध | वैष्णव धर्म विष्णुका भक्त |
| वासस्थान |
|
| मन्त्र | ॐ नारदाय नम: |
| प्रतीकहरू | |
| वंशावली | |
| जन्म | नारद जयन्ती |
| अभिभावकहरू |
|
| भाइबहिनीहरू | हिमवत, जाम्बवान |
नारद वा नारद मुनि, एक ऋषि-देवता हुन्, जो हिन्दु परम्परामा एक घुमन्ते सङ्गीतकार र कथावाचकका रूपमा प्रसिद्ध छन्। उनले समाचार र प्रबुद्ध ज्ञान फैलाउने कार्य गर्दछन्। उनी सृष्टिकर्ता देवता ब्रह्माका मानसपुत्र (मनबाट सिर्जित सन्तान) मध्ये एक हुन्।[२][३] हिन्दु पौराणिक कथा अनुसार, नारद ब्रह्माण्डका दिव्य सन्देशवाहक हुनाले देवताहरूका बीचमा सूचनाको प्राथमिक स्रोत हुन् र उनलाई पृथ्वीको पहिलो पत्रकार मानिन्छ।[४] विशेष गरी महाभारतमा युधिष्ठिरलाई प्रह्लादको कथा सुनाउने क्रममा लगायत उनी धेरै हिन्दु ग्रन्थहरूमा देखा पर्दछन्। उनी रामायण तथा पुराणहरूमा पनि देखा पर्दछन्।[३] विष्णु खराब शक्तिहरू विरुद्ध लड्न वा युगान्तकारी घटनाहरूको नजिकबाट अवलोकन गर्न पृथ्वीमा अवतार लिन्छन्, तब नारद जस्ता धेरै देवताहरू उनलाई सहयोग गर्न साथै आउँछन्। उनलाई ऋषिराज पनि भनिन्छ, जसको अर्थ सबै ऋषिहरूको राजा हो। नारदसँग तीनवटै लोक: आकाश (स्वर्ग), पृथ्वी र पाताल (नर्क) भ्रमण गर्ने क्षमता छ। उनलाई भूत, वर्तमान र भविष्यको ज्ञान हुने वरदान प्राप्त छ। हिन्दु पात्रो अनुसार, नारदको जन्मदिन नारद जयन्ती, ज्येष्ठ महिनाको कृष्ण पक्षको प्रतिपदा तिथिको दिन मनाइन्छ।[४]
हिन्दु धर्म
[सम्पादन गर्नुहोस्]भारतीय ग्रन्थहरूमा, नारदले टाढाका संसार र लोकहरूको यात्रा गर्दछन्। उनलाई प्रायः करताल र वीणा बोकेको रूपमा चित्रण गरिन्छ, र उनलाई यस प्राचीन वाद्ययन्त्रको महान् वाधकहरू मध्ये एक मानिन्छ। यस वीणालाई "महती" नामले पनि चिनिन्छ,[५][६] र उनले यसलाई भजन, प्रार्थना र मन्त्र गाउन प्रयोग गर्दछन्। वैष्णव परम्परामा, उनलाई संरक्षक देवता विष्णु प्रति पूर्ण भक्ति भएका ऋषिको रूपमा प्रस्तुत गरिन्छ। केही हास्यपूर्ण कथाहरूमा नारदलाई ज्ञानी र चञ्चल दुवै रूपमा वर्णन गरिएको छ। उनी आफ्नो मनोरञ्जनका साथै देवता र दानवहरूका बीचमा ज्ञान र बुद्धिको खोजीका लागि कलह गराउन वा हस्तक्षेप गर्न कुख्यात छन्।[७] वैष्णवहरूले उनलाई एक शुद्ध र उच्च आत्माको रूपमा चित्रण गर्दछन् जसले आफ्ना भक्ति गीतहरूमार्फत हरि र नारायणको नाम जपेर विष्णुको महिमा गर्छन् र यसरी भक्ति योगको प्रदर्शन गर्छन्। नारद भक्ति सूत्र उनैद्वारा रचना गरिएको मानिन्छ। उनी प्रायः कुनै पनि दृश्यमा देखा पर्नुअघि "नारायण, नारायण" भन्दै आफ्नो उपस्थितिको सङ्केत दिन्छन्। नारदको नामबाट नामाकरण गरिएका अन्य ग्रन्थहरूमा नारद पुराण र नारदस्मृति (ईसापूर्व छैटौँ शताब्दी अघिको ग्रन्थ) समावेश छन्। पछिल्लो ग्रन्थलाई "उत्कृष्ट न्यायिक ग्रन्थ" भनिन्छ र यो एक मात्र यस्तो धर्मशास्त्र हो जसले केवल न्यायिक मामिलाहरूसँग सम्बन्ध राख्दछ र धार्मिक आचरण वा प्रायश्चितलाई बेवास्ता गर्दछ।[८]
"नारद" नामले धेरै फरक व्यक्तिहरूलाई जनाउँछ र यो धेरै हिन्दु दन्त्यकथाहरूमा पनि देखा पर्दछ।[९] यो बौद्ध धर्मको जातक कथाहरूमा सारिपुत्रको अघिल्लो जन्मको रूपमा, मध्यकालीन बौद्ध विद्वानहरूको नामको रूपमा र जैन धर्ममा पनि देखा पर्दछ।[१०][११][१२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ World Religions, True Beliefs and New Age Spirituality: A New Age Study on How Economic Tides and Parental Conditioning Mold Our World of Ethics, Religions, Beliefs, Sex and Relationships, iUniverse, डिसेम्बर २००५, आइएसबिएन 9780595377701।
- ↑ Novetzke, Christian Lee (२००३), "Divining an Author: The Idea of Authorship in an Indian Religious Tradition", History of Religions 42 (3): 213–242, जेएसटिओआर 10.1086/375037, डिओआई:10.1086/375037।
- 1 2 James G. Lochtefeld (२००२), The Illustrated Encyclopedia of Hinduism: N-Z, The Rosen Publishing Group, पृ: ४६१, आइएसबिएन 978-0-8239-3180-4।
- 1 2 TOI group (२७ मे २०२१), "Narada Jayanti 2021 date, time and significance", The Times of India (The Times Group), अन्तिम पहुँच १९ अक्टोबर २०२५।
- ↑ Guy, Randor (३१ जुलाई २०१०), "Bhaktha Naradar 1942", The Hindu, मूलबाट २० अगस्ट २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अक्टोबर २०११।
- ↑ "Srimad Bhagavatam 1.5.1", Bhaktivedanta VedaBase, मूलबाट २९ अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०२३। नारदलाई 'वीणा-पाणि' भनेर सम्बोधन गरिन्छ, जसको अर्थ "आफ्नो हातमा वीणा बोक्ने व्यक्ति" हो
- ↑ Lal, Ananda (२००९), Theatres of India: A Concise Companion (अङ्ग्रेजीमा), Oxford University Press, आइएसबिएन 978-0-19-569917-3।
- ↑ Lariviere 1989, पृष्ठ ix.
- ↑ Devdutt Pattanaik (२०००), The Goddess in India: The Five Faces of the Eternal Feminine, Inner Traditions।
- ↑ Sarah Shaw (२००६), THE JATAKAS: Birth Stories of Bodhisatta, Penguin Books, पृ: ४९७, आइएसबिएन 978-81-8475-034-8।
- ↑ Martin Ramstedt (२००५), Hinduism in Modern Indonesia, Routledge, पृ: ५०, आइएसबिएन 978-1-135-79052-3।
- ↑ Helmuth von Glasenapp (१९९९), Jainism: An Indian Religion of Salvation, Motilal Banarsidass, पृ: 273 with footnotes, आइएसबिएन 978-81-208-1376-2।
| अन्तर्गत एक शृङ्खलाको भाग |
| हिन्दु धर्म |
|---|