सामग्रीमा जानुहोस्

धर्मशास्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धर्मशास्त्र कानुन र आचरणका बारेमा लेखिएका संस्कृत पौराणिक स्मृति ग्रन्थहरू हुन्, जसले धर्म सम्बन्धी शास्त्र वा निबन्धहरूलाई जनाउँछन्। वेदमा आधारित धर्मसूत्रहरू जस्तै, यी ग्रन्थहरू पनि वेदमा आधारित विस्तृत कानुनी टिप्पणीहरू हुन् र धर्मसूत्रहरूबाटै विकसित भएका हुन्। धर्मशास्त्रहरू धेरै सङ्ख्यामा छन्, जसको अनुमान १८ देखि १०० भन्दा बढी गरिएको छ।[note १] यी प्रत्येक ग्रन्थका धेरै फरक संस्करणहरू अस्तित्वमा छन् र प्रत्येकको जरा ईसापूर्व पहिलो सहस्राब्दीका धर्मसूत्र ग्रन्थहरूमा आधारित छ, जुन वैदिक कालको कल्प अध्ययनबाट उत्पन्न भएका थिए।[][]

धर्मशास्त्रका पाठहरू काव्यमय श्लोकहरूमा रचना गरिएका छन्[] र यी हिन्दु स्मृतिका भाग हुन्।[] यसमा नीतिशास्त्र, विशेष गरी कर्तव्यहरू, आफू र परिवारप्रतिको जिम्मेवारीका साथै समाजको सदस्यका रूपमा आवश्यक पर्ने दायित्वहरूका बारेमा विभिन्न टिप्पणी र निबन्धहरू समावेश छन्। ग्रन्थहरूमा आश्रम (जीवनका चरणहरू), वर्ण (सामाजिक वर्ग), पुरुषार्थ (जीवनका उचित लक्ष्य), व्यक्तिगत गुण र कर्तव्यहरू जस्तै सबै जीवित प्राणीहरू विरुद्ध अहिंसा, न्यायपूर्ण युद्धका नियमहरू र अन्य विषयहरूको चर्चा गरिएको छ।[]

प्रारम्भिक बेलायती प्रशासकहरूले यसलाई भारतीय उपमहाद्वीपका सबै गैर-मुस्लिमहरू (हिन्दु, जैन, बौद्ध, शिख) का लागि देशको कानुनका रूपमा लागू गरेसँगै आधुनिक औपनिवेशिक भारतको इतिहासमा धर्मशास्त्रहरू प्रभावशाली बनेका थिए। यो निर्णय सम्राट औरङ्गजेबले आफ्नो सङ्ग्रह फतावा-ए-आलमगिरी अन्तर्गत मुस्लिमहरूका लागि स्वीकार गरिसकेको शरीयत कानुनको निरन्तरताका रूपमा गरिएको थियो।[][]

सन् १०८३ मा चालुक्य राजा त्रिभुवन मल्ल देवद्वारा ताम्रपत्रमा अंकित गरिएको शाही जग्गा दानको प्रतिलिपि

धर्मशास्त्रहरू प्राचीन धर्मसूत्र ग्रन्थहरूमा आधारित छन्, जुन आफैँमा ईसापूर्व दोस्रो सहस्राब्दीदेखि पहिलो सहस्राब्दीको सुरुवाती शताब्दीहरूमा रचना गरिएका वेदहरू (ऋग्वेद, यजुर्वेद, सामवेदअथर्ववेद) को साहित्यिक परम्पराबाट उत्पन्न भएका हुन्। यी वैदिक शाखाहरू सम्भवतः भूगोल, विशिष्टीकरण र विवाद जस्ता विभिन्न कारणहरूले गर्दा अन्य विभिन्न विद्यालयहरूमा (शाखाहरूमा) विभाजित भएका छन्।[] प्रत्येक वेदलाई थप दुई श्रेणीमा विभाजन गरिएको छ: संहिता (मन्त्रहरूको सङ्ग्रह) र ब्राह्मण (गद्य ग्रन्थ जसले संहिताका श्लोकहरूको अर्थ व्याख्या गर्दछ)।

ब्राह्मण तहको विस्तार हुँदै वैदिक अनुष्ठानहरूका पछाडि लुकेका अर्थहरू खोजी गर्ने केही नयाँ रहस्यमय तहहरूलाई आरण्यक र दार्शनिक खण्डहरूलाई उपनिषद् भन्न थालिएको थियो।[] धर्म साहित्यको वैदिक आधार वेदको ब्राह्मण तहमा पाइन्छ।

धर्मसूत्रहरू

[सम्पादन गर्नुहोस्]

धर्मसूत्रहरू धेरै सङ्ख्यामा थिए, तर आधुनिक युगसम्म केवल चारवटा ग्रन्थहरू मात्र अस्तित्वमा रहेका छन्।[१०] यीमध्ये सबैभन्दा महत्त्वपूर्ण ग्रन्थहरू आपस्तम्ब, गौतम, बौधायनवसिष्ठका सूत्रहरू हुन्। यी उपलब्ध ग्रन्थहरूले १७ जना आधिकारिक विद्वान्हरूको मतलाई उद्धृत गरेका छन्, जसले यी ग्रन्थहरू रचना हुनुअघि नै धर्मसूत्रको एक समृद्ध परम्परा रहेको सङ्केत गर्दछ।[११]

उपलब्ध धर्मसूत्रहरू संक्षिप्त सूत्र शैलीमा लेखिएका छन्।[१२] यिनीहरूको वाक्य संरचना धेरै छोटो र अपूर्ण हुने भएकाले बुझ्न गाह्रो हुन्छ र पाठकले आफ्नै तरिकाले व्याख्या गर्नुपर्ने धेरै ठाउँ रहन्छ।[१०] धर्मशास्त्रहरू भने धर्मसूत्रहरूबाटै साभार गरिएका कृतिहरू हुन्, जसमा श्लोक (आठ अक्षरका चार पाउ हुने अनुष्टुप छन्दको कविता) प्रयोग गरिएको छ, जुन तुलनात्मक रूपमा स्पष्ट छन्।[१०][]

धर्मसूत्रहरूलाई धर्मको 'मार्गदर्शक पुस्तिका' भन्न सकिन्छ किनभने यसमा व्यक्तिगत र सामाजिक व्यवहार, नैतिक मापदण्डका साथै व्यक्तिगत, देवानी र फौजदारी कानुनका दिशानिर्देशहरू समावेश छन्।[१०] यसमा ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास जस्ता जीवनका विभिन्न चरणहरूमा मानिसका कर्तव्य र अधिकारहरूको चर्चा गरिएको छ। यी चरणहरूलाई आश्रम पनि भनिन्छ। यसमा राजाहरूको कर्तव्य, न्यायिक मामिलाहरू, र विवाह तथा उत्तराधिकार जस्ता व्यक्तिगत कानुनका विषयमा पनि छलफल गरिएको छ।[१३] यद्यपि, धर्मसूत्रहरूले सामान्यतया धार्मिक अनुष्ठान र समारोहहरूको चर्चा गर्दैनन्, जुन विषयहरू कल्पका श्रौतसूत्र र गृह्यसूत्र ग्रन्थहरूमा समेटिएका छन्।[१०]

  1. पाण्डुरङ्ग वामन काणेले भारतमा मध्ययुगसम्म १०० भन्दा बढी विभिन्न धर्मशास्त्र ग्रन्थहरू ज्ञात रहेको उल्लेख गरेका छन्, तर तीमध्ये धेरैजसो इतिहासमा हराइसकेका छन्। तिनीहरूको अस्तित्व भाष्य र सङ्ग्रहहरूमा गरिएका उद्धरणहरूबाट अनुमान गरिन्छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. काणे, पी.वी. History of the Dharmaśāstras Vol. 1 p. 304
  2. James Lochtefeld (2002), "Dharma Shastras" in The Illustrated Encyclopedia of Hinduism, Vol. 1: A-M, Rosen Publishing, पृ. १९१–१९२
  3. 1 2 Patrick Olivelle 1999.
  4. 1 2 Robert Lingat 1973, पृष्ठ 73.
  5. Patrick Olivelle 2006, पृष्ठ. 173, 175–176, 183.
  6. Patrick Olivelle (2005), Manu's Code of Law, Oxford University Press, पृ. ३१–३२, ८१–८२, ३५६–३८२
  7. Rocher, Ludo (जुलाई–सेप्टेम्बर १९७२), "Indian Response to Anglo-Hindu Law", Journal of the American Oriental Society 92 (3): 419–424।
  8. Werner Menski (2003), Hindu Law: Beyond tradition and modernity, Oxford University Press, Chapter 1
  9. Robert Lingat 1973, पृष्ठ. 7–8.
  10. 1 2 3 4 5 Patrick Olivelle 1999, पृष्ठ. xxiv–xxv.
  11. Robert Lingat 1973, पृष्ठ. 19–22.
  12. Patrick Olivelle 2006, पृष्ठ 178.
  13. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Patrick Olivelle 1999 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन