लक्ष्मी
| लक्ष्मी | |
|---|---|
मातृदेवी धन, समृद्धि, सौभाग्य, सम्प्रभुता, उर्वरता, प्रचुरता र सौन्दर्यकी देवी[१][२] वैष्णव सम्प्रदायकी सर्वोच्च देवी[३] | |
| त्रिदेवी र पञ्च प्रकृतिको सदस्य | |
श्री गज लक्ष्मी - राजा रवि वर्माद्वारा (सन् १८९६) | |
| अन्य नामहरू | |
| देवनागरी | लक्ष्मी |
| आबद्ध | |
| वासस्थान | |
| मन्त्र | ॐ श्रीं महालक्ष्म्यै नमः ॐ श्रीं श्रियै नम: |
| प्रतीकहरू | |
| वृक्ष | तुलसी |
| बार | शुक्रबार |
| वाहन | |
| चाडपर्वहरू | |
| वंशावली | |
| भाइबहिनीहरू | अलक्ष्मी |
| रानी | विष्णु |
लक्ष्मी[५] जसलाई श्री भनेर पनि चिनिन्छ,[६] हिन्दु धर्मका प्रमुख देवीहरूमध्ये एक हुन्। उनलाई सुख, सौभाग्य, धन, समृद्धि, सौन्दर्य, उर्वरता, सम्प्रभुता र प्रचुरताकी देवीको रूपमा पुजिन्छ।[७][८][९] लक्ष्मी सहित पार्वती र सरस्वतीको समूहलाई त्रिदेवी नामले देवीहरूको त्रिमूर्ति मानिन्छ।[१०][११]
लक्ष्मी पूर्व-बौद्ध काल (१५०० देखि ५०० ईसा पूर्व) देखि नै हिन्दु परम्परामा एक केन्द्रीय पात्रको रूपमा रहँदै आएकी छिन् भने हिन्दु देवीदेवताहरूमा सबैभन्दा व्यापक रूपमा पुजिने देवीहरूमध्ये उनी एक हुन्। यद्यपि उनी प्रारम्भिक वैदिक साहित्यमा देखा नपरेपनि श्री शब्दको मानवीकरण—जसको अर्थ शुभता, महिमा र उच्च पद हुन्छ र अक्सर राजपदसँग जोडिएको हुन्छ। यसले अन्ततः पछिल्ला वैदिक ग्रन्थहरू, विशेष गरी ''श्री सूक्तम्'' मा श्री-लक्ष्मीलाई एक देवीको रूपमा विकास गरेको थियो।[८] उत्तर पौराणिक काल (लगभग ४०० ईस्वी) मा उनको महत्त्व उल्लेख्य रूपमा बढेको पाइन्छ जब उनी विशेषगरी संरक्षणकर्ता देवता विष्णुकी पत्नीको रूपमा जोडिइन्। यस भूमिकामा, लक्ष्मीलाई एक आदर्श हिन्दु पत्नीको रूपमा हेरिन्छ जसले आफ्नो पतिप्रति वफादारी र भक्तिको उदाहरण प्रस्तुत गर्छिन्।[८] जब-जब विष्णुले अवतारको रूपमा पृथ्वीमा अवतरण गर्छन् तब लक्ष्मीले उनलाई पत्नीको रूपमा साथ दिएकी हुन्छिन्; उदाहरणका लागि, विष्णुका अवतारहरू राम र कृष्णका पत्नीहरूको रूपमा क्रमशः सीता र राधा वा रुक्मिणीका रूपमा उनी साथैमै थिइन्।[६][१२]
वैष्णव धर्मको विष्णु-केन्द्रित सम्प्रदायमा लक्ष्मीको प्रमुख स्थान छ जहाँ उनलाई सर्वोच्च सत्ता विष्णुकी पत्नीको रूपमा मात्र नभई उनलाई दैवी शक्तिको रूप पनि मानिन्छ।[८] उनी यस सम्प्रदायको सर्वोच्च देवी पनि हुन् भने उनले ब्रह्माण्डको सिर्जना, संरक्षण र रूपान्तरण गर्न विष्णुलाई सहयोग गर्छिन्।[१३][१४][१५] श्री वैष्णव परम्परामा उनी एक विशेष प्रभावशाली पात्र हुन् जसमा विष्णुसम्म पुग्नका लागि लक्ष्मीप्रतिको भक्ति महत्त्वपूर्ण मानिन्छ।[१६] देवी-केन्द्रित शाक्त धर्म भित्र, लक्ष्मीलाई सर्वोच्च देवीको समृद्धिको स्वरूपका रूपमा पूजा गरिन्छ।[१७][१३] लक्ष्मीका आठ प्रमुख अभिव्यक्तिहरू, अष्टलक्ष्मीलाई धनका आठ स्रोतहरूको प्रतीक मानिन्छ।[१८]
भारतीय कलामा लक्ष्मीलाई भव्य वस्त्र पहिरिएकी, समृद्धि वर्षाउने सुनौलो वर्णकी महिलाको रूपमा चित्रण गरिन्छ, जो पद्मासन मुद्रामा कमलको आसनमा उभिएकी वा बसेकी हुन्छिन्। उनले हातमा कमलको फूल समातेकी हुन्छिन् जुन सौभाग्य, आत्म-ज्ञान र आध्यात्मिक मुक्तिको प्रतीक हो।[१९][२०] उनको प्रतिमामा चारवटा हातलाई देखाइन्छ, जसले हिन्दु संस्कृतिमा महत्त्वपूर्ण मानव जीवनका चार पक्षहरू; धर्म, काम, अर्थ र मोक्षको प्रतिनिधित्व गर्दछ।[२१][२२] उनलाई प्रायः दुईवटा हात्तीहरूसँगै देखाइन्छ जसलाई गजलक्ष्मीको रूपमा चिनिन्छ भने यो उर्वरता र राजकीय अधिकार दुवैको प्रतीक हो। गुप्त कालका मूर्ति र सिक्काहरूमा भने लक्ष्मीको साथमा सिंहहरूलाई मात्र जोडिएको पाइन्छ जहाँ सिंहहरू प्रायः उनको दुवै तर्फ बसेका हुन्छन्।
पुरातात्विक खोज र प्राचीन सिक्काहरूले ईसा पूर्व पहिलो सहस्राब्दीसम्ममा लक्ष्मीको मान्यता र श्रद्धा रहेको सङ्केत गर्छन्।[२३][२४] लक्ष्मीको प्रतिमा र मूर्तिहरू दक्षिणपूर्वी एसियाभरिका हिन्दु मन्दिरहरूमा पनि फेला परेका छन् जसलाई ईस्वी संवतको पहिलो सहस्राब्दीको दोस्रो आधाको अनुमान गरिएको छ।[२५][२६] नारायणी (नौरथा) को समयमा गरिने लक्ष्मी पूजाको दिन र दीपावली तथा कोजाग्रत पूर्णिमा जस्ता चाडपर्वहरू उनको सम्मानमा मनाइन्छ।[२७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑
- Journal of Historical Research, Volumes 28-30, Department of History, Ranchi University, १९९१, पृ: ३, "भगवान विष्णु संसारका आश्रय हुन् र देवी लक्ष्मी ब्रह्माण्डको पछाडिको उर्जा हुन्।"
- Amulya Mohapatra; Bijaya Mohapatra (१ जनवरी १९९३), Hinduism: Analytical Study, Mittal Publications, पृ: २६, आइएसबिएन 978-81-7099-388-9, "श्री वा लक्ष्मी धन र भाग्य, शक्ति र सौन्दर्यकी देवी हुन्।"
- Bulbul Sharma (२०१०), The Book of Devi, Penguin Books India, पृ: ४७, आइएसबिएन 978-0-14-306766-5, "पवित्र ग्रन्थहरूमा चित्रण गरिए अनुसार श्री वा लक्ष्मी धन र भाग्य, राजकीय शक्ति र सौन्दर्यकी देवी हुन्।"
- Stephen Knapp (२०१२), Hindu Gods & Goddesses, Jaico Publishing House, पृ: १३२, आइएसबिएन 978-81-8495-366-4, "देवी लक्ष्मी भगवान विष्णुकी अर्धाङ्गिनी र शक्ति वा सामर्थ्य हुन्। लक्ष्मी, वा श्री विशेष गरी जब उनी सौन्दर्यकी देवीको रूपमा चिनिन्छिन्, उनी भाग्य, धन, शक्ति र सुन्दरताकी देवी हुन्।"
- David Kinsley (१ जनवरी १९८९), The Goddesses' Mirror: Visions of the Divine from East and West, SUNY Press, पृ: ५५, आइएसबिएन 978-0-88706-836-2।
- David Monaghan; Ariane Hudelet; John Wiltshire (१० जनवरी २०१४), The Cinematic Jane Austen: Essays on the Filmic Sensibility of the Novels, McFarland & Company, पृ: १५३, आइएसबिएन 978-0-7864-5322-1, "हिन्दु पौराणिक कथा अनुसार, लक्ष्मी धन, शक्ति र सौन्दर्यकी देवी हुन्।"
- Kaushal Kishore Sharma (१९८८), Rabindranath Tagore's Aesthetics, Abhinav Publications, पृ: २६, आइएसबिएन 978-81-7017-237-6, "हाम्रो धनकी देवी लक्ष्मीले सौन्दर्य र शक्ति मात्र होइन, भलाइको भावनालाई पनि प्रतिनिधित्व गर्छिन्।"
- ↑ lakṣmī अभिलेखिकरण २० मे २०१५ वेब्याक मेसिन, मोनियर-विलियम्स 'संस्कृत-अङ्ग्रेजी शब्दकोश', वासिङ्टन विश्वविद्यालय अभिलेख
- ↑ Lakshmi Tantra, Volumes -13, Motilal Banarasidas Publishers, २००७, पृ: ७०, आइएसबिएन 978-81-208-1735-7।
- ↑ "Translating the secrets of Makara Sankranti", Times of India, १४ जनवरी २०२१।
- ↑ "Lakshmi", Lexico UK English Dictionary, Oxford University Press, मूलबाट १६ नोभेम्बर २०२१-मा सङ्ग्रहित।
- 1 2 Coulter, Charles Russell; Turner, Patricia (४ जुलाई २०१३), Encyclopedia of Ancient Deities, Routledge, आइएसबिएन 978-1-135-96390-3।
- ↑ Monaghan, Patricia (२०१०-१२-०१), Goddesses in World Culture: [3 volumes] (अङ्ग्रेजीमा), Bloomsbury Publishing USA, आइएसबिएन 978-0-313-35466-3।
- 1 2 3 4 Kinsley, David (१९९८), Hindu Goddesses: Visions of the Divine Feminine in the Hindu Religious Tradition (अङ्ग्रेजीमा), Motilal Banarsidass Publ., आइएसबिएन 978-81-208-0394-7।
- ↑ James G. Lochtefeld (२००१-१२-१५), The Illustrated Encyclopedia of Hinduism, Volume 1 (अङ्ग्रेजीमा), The Rosen Publishing Group, Inc, आइएसबिएन 978-0-8239-3179-8।
- ↑ Mark W. Muesse, The Hindu Traditions: A Concise Introduction, Fortress Press, पृ: १५७, आइएसबिएन 978-1-4514-1400-4।
- ↑ Kishore, B. R. (२००१), Hinduism (अङ्ग्रेजीमा), Diamond Pocket Books (P) Ltd., पृ: 87, आइएसबिएन 978-81-7182-073-3।
- ↑ Monaghan, Patricia (२०१०-१२-३१), Goddesses in World Culture (अङ्ग्रेजीमा), ABC-CLIO, आइएसबिएन 978-0-313-35465-6।
- 1 2 Williams, George M. (२००३), Handbook of Hindu Mythology, ABC-CLIO, Inc, पृ: 196–8, आइएसबिएन 1-85109-650-7।
- ↑ Sashi Bhusan Dasgupta (२००४), Evolution of Mother Worship in India, Advaita Ashrama (A Publication House of Ramakrishna Math, Belur Math), पृ: २०, आइएसबिएन 978-81-7505-886-6।
- ↑ Isaeva 1993, पृष्ठ 252.
- ↑ Carman, John Braisted; Vasudha Narayanan (१९८९), The Tamil Veda : Piḷḷān's interpretation of the Tiruvāymol̲i, Chicago: University of Chicago Press, आइएसबिएन 0-226-09305-0, ओसिएलसी 18624684।
- ↑ Upendra Nath Dhal (१९७८), Goddess Laksmi: Origin and Development, Oriental Publishers & Distributors, पृ: १०९, "Goddess Lakşmī is stated as the genetrix of the world; she maintains them as a mother ought to do . So she is often called as the Mātā."
- ↑ James G. Lochtefeld (१५ डिसेम्बर २००१), The Illustrated Encyclopedia of Hinduism, Volume 1, The Rosen Publishing Group, पृ: ६५, आइएसबिएन 978-0-8239-3179-8।
- ↑ James G. Lochtefeld (२००२), The Illustrated Encyclopedia of Hinduism: A-M, The Rosen Publishing Group, पृ: 385–386, आइएसबिएन 978-0-8239-3179-8, अन्तिम पहुँच १५ अक्टोबर २०१६।
- ↑ Heinrich Robert Zimmer (२०१५), Myths and Symbols in Indian Art and Civilization, Princeton University Press, पृ: १००, आइएसबिएन 978-1-4008-6684-7, अन्तिम पहुँच १५ अक्टोबर २०१६।
- ↑ Rhodes, Constantina. 2011. Invoking Lakshmi: The Goddess of Wealth in Song and Ceremony. State University of New York Press, आइएसबिएन ९७८-१-४३८४-३३२०-२. pp. 29–47, 220–52.
- ↑ "Divali – THE SYMBOLISM OF LAKSHMI." Trinidad and Tobago: National Library and Information System Authority. 2009. Archived from the original on 8 November 2014.
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "usingh" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो; "ashav" नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Roveda, Vitorio. 2004. "The Archaeology of Khmer Images." Aséanie 13(13):11–46.
- ↑ Jones, Soumya (Fall २००७), "O goddess where art thou?: Reexamining the Female Divine Presence in Khmer art", SEAP Bulletin: 28–31, मूलबाट ९ नोभेम्बर २०१४-मा सङ्ग्रहित।
- ↑ Jones, Constance (२०११), J. G. Melton, सम्पादक, Religious Celebrations: An Encyclopedia of Holidays, Festivals, Solemn Observances, and Spiritual Commemorations, Abc-Clio, पृ: 253–254, 798, आइएसबिएन 978-1-59884-205-0।