लाटोकोसेरो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लाटोकोसेरो
Temporal range: Late Paleocene–Recent
लाटोकोसेरो
वैज्ञानिक वर्गीकरण e
Class: Aves
Superorder: Falconimorphae
Order: Strigiformes
Wagler, 1830
Families

Strigidae
Tytonidae
Ogygoptyngidae (fossil)
Palaeoglaucidae (fossil)
Protostrigidae (fossil)
Sophiornithidae (fossil)

Range of the Owl, all species.
पर्याय

Strigidae sensu Sibley & Ahlquist

लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कने भएकाले यसले आँखा नदेख्ने धेरैको अनुमान छ।लाटोकोसेरोलाई संस्कृत भाषा उलूक, धूक, दिवान्ध इत्यादि भनिन्छ। यिनका आˆनै प्रकारका अर्थ छन्।

Northern Spotted Owl.USFWS-thumb.jpg

लाटोकोसेरोको आँखा खप्परमा टाँसिएका र स्थिर हुन्छन्। अनि विशेष तेजिलासमेत पाइन्छन्। यिनीहरूको घाँटी लचिलो हुने भएकोले यताउती हेर्नुपर्दा यिनीहरू घाँटी नै घुमाएर व्यापकतासाथ हेर्ने काम गर्दछन्। दिनमा आँखा नदेखेपनि यस चरोले रातमा चाहिँ जस्तोसुकै अँध्यारोमा पनि आँखा देख्तछ। यसको श्रवणशक्ति पनि दिनमाभन्दा रातमा बढी हुन्छ। त्यसैले यस जातका चराहरू रातमा सिकार गर्न ज्यादै चलाख र सिपालु मानिन्छन्। अतः यिनीहरू आफ्नो आहारा राती राती यताउता डुली जुटाउँछन्। मांसाहारी भएकोले यिनको आहारा चरागुरुङ्गीका सा-साना बचरा, किराफट्याङ्ग्रा, चरामुसा तथा पशुमांससमेत हो। उडाइमा यी बेगवान् मानिन्छन्। यिनका प्वाँख नरम, मुलायम र मिहिन हुन्छन्। यसैले पखेटा फैलाई तेजिलोसँग भएको यिनको उडान शान्त हुन्छ, ज्यादै बेगिलो भए पनि थाहा नै नपाइने खालको हुन्छ।

लोकविश्वासमा लाटोकोसेरो[सम्पादन गर्ने]

लाटोकोसेरोलाई हिन्दुपरम्परामा लक्ष्मीको बाहन भनी बताइएको छ। शुकुनविद्हरू भन्छन् यात्रा समय आफ्नो दायाँतिर ढुकुर, परेवा, मयूर, सुगा आदि चराहरू देखिए शुभसाइत मानिन्छ, अनि गिद्ध, चील, लाटोकोसेरो आदि देखिए अपशकुन मानिन्छ। पत्याउने नपत्याउने आफ्नै कुरा हो।

यो चरो जङ्गल, गामठाम र सहर आदि ठाउँ विशेषले गरी विविध प्रकार र प्रजातिको देखापर्छ। संस्कृतमा लाटोकोसेरोको एउटा नाम 'धूक' छ। सम्भवतः यस चराको आवाज 'हुं हुं हुं' गर्ने खालको अनौठो तर तीखो सुरिलो स्वर पाइने भएकोले नै यो नाम दिइएको हुनसक्छ। फेरि यसको स्वरलाई पौराणिक साहित्यमा गायनकलाको स्वरसाधनाको निम्ति सहयोगी हुनसक्ने कुरा लिङ्गपुराण अन्तर्गत जनाइएको पनि पाइन्छ। जेहोस् नेपाली समाजमा यसलाई दुष्टस्वभावको, अपत्रि, कुलच्छिन खाले, मांसाहारी, क्रूर, सिकारी चराको रूपमा लिइन्छ। यसको महिमा प्रकृति वर्णन एवं उपयोगिता इत्यादि तन्त्रशास्त्र आदिमा बताइएको पाइन्छ। भनिन्छ -तान्त्रिकहरू लाटोकोसेरोलाई बलि दिएर सिद्धि प्राप्त गर्छन्।

श्रुति परम्परामा लाटोकोसेरो[सम्पादन गर्ने]

लाटोकोसेरोका शत्रु चरा धेरै छन्। तिनमा काग मुख्य हो। संस्कृतमा यसलाई 'वायसाराति' भन्नुको मतलब 'कागको दुष्मन' हो। लाटोकोसेरोले सकभर कागलाई सिध्याउनै चाहन्छ।

यस प्रसङ्गमा महाभारत सौप्तिक पर्व अन्तर्गतको एउटा घटना पुरानो वरको रुख थियो। नजीकै अश्वत्थामा, कृपाचार्य, कृतवर्मा सुतेका हुन्छन्। यिनीहरू अश्वत्थामा पाण्डव विनाशको प्रतिज्ञासाथ कृप र कृतवर्मा सहित बोट नजीक आइपुगेका हुन्। कृप र कृतवर्मा मस्त निदाउँछन् तर अश्वत्थामाको मनमा कुरा खेल्छन्, निद्रा लाग्दैन। उनी कुनै पनि उपायले पाण्डवी सेना लगायत पाण्डवहरूलाई सखाप पार्ने कुरा सोच्तै थिए। यस्तैमा आफ्नो सामुन्ने नदी तट आसपास यताउता फैलिएको ठूलो वरको रुख, त्यसका अनेक हाँगा र त्यहाँ कागहरूले गूँड बनाई चहलपहलसाथ ढुक्क बनी बसेको उनले देखिरहेथे। मध्यरातको समय, त्यहाँ गूँडमा सुतेका कागहरू माथि लाटोकोसेरोले एक्कासी झम्टन आइपुग्यो। लाटोकोसेरोको स्वर ज्यादै तीखो र रुखो थियो। बल्ड्चाङरे आँखा, खैरो रङ्ग, मोटो चुचो भएको। सो चरी दिउसो सुत्ने र राती सिकारमा लाग्ने। यो राज गरुड जस्तै जबरजस्त र बेगवान पनि देखिन्थ्यो।

घातक प्रकृतिको यस चराले यहाँ मस्त चालाटोकोसेरोले बरको रुखमा सुतेका कागहरू माथि आक्रमण गर्‍यो। साथै कागहरूका सारा बचरा र फुत्कन नसकेका माउहरूसमेत सखाप पार्‍यो। यस आक्रमणमा कति ठुंगिएर मरे। कतिका पखेटा लुछिए। कति अधमरा बन्दै तल पछारिन पुगे। यसरी चरा बचरा सारा बेहाल बने। धेरै जसो त मरे। एक्कासी लाटोकोसेरोकोआक्रमण हुँदा रातमा निश्चित बनी आनन्दले आफ्नो गूँडमा बसेका कागहरूको स्थिति बेहाल बन्यो। कदाचित् फुत्कन सकेकाहरू पनि अत्यासले विचलित बने। कति मूच्छिर्त हुनपुगे। कारण यो अकल्पनीय घटना थियो। यस घटनास्थलको नजीकै सुतेको नै भए पनि सचेत रहेका अश्वत्थामाले यो दृश्य झल्झली देखिरहेका थिए। वस्तुतः मध्यरातमा भएको चराको यो घातक आक्रमण अवैध र निन्दनीय थियो। अश्वत्थामाको मनमा 'जसरी तसरी वैरीहरूलाई सिध्याउनैपर्छ' भन्ने लाग्न थाल्यो। यतिखेर अत्रिपुत्र दत्तात्रेयले मानेका चौवीर गुरुहरूमा कर्‍याङकुरुङ्, परेवा आदि गुरु मानिए जस्तै अश्वत्थामाले पनि लाटोकोसेरोलाई आफ्नो पथप्रदर्शक मान्न पुगे। फलतः उनी बाबुको अतयारा दृष्टद्युम्न लगायत पाण्डवहरूलाई सिध्याउने अठोटमा पुगे। अनि मनैमन दृढनिश्चयी बन्दै जुरुक्क उठे। यसरी नै तत्काल राती पाण्डव शिविरमा जाइलाग्ने निधो गरे। यसप्रकार लाटोकोसेरोबाट जुनसुकै उपायले पनि 'शत्रु सिध्याउनैपर्छ' भन्ने शिक्षा अश्वत्थामाले पाए। जेजस्तो भए पनि यो एउटा कूटनैतिक खालको पथप्रर्दशन थियो 'लाटोकोसेरो' बाट पाएको।

पर्यावरण सन्तुलनमा सहयोगी लाटोकोसेरो[सम्पादन गर्ने]

लाटोकोसेरोले धेरै थरिका किरा फट्याङ्ग्रा, मुसाहरू, मृतजनावर आदि सजिलै खाइदिन्छ। पर्यावरणका दृष्टिले उपयोगी मानिन्छ। लाटोकोसेरो। कृषि प्रधान देश नेपालको लागि यो चरो कल्याणकारी पन्छी हो। यसप्रति सुझाव सहानुभूति राखेर पन्छी पे्रम दर्साउनु मानवको कर्तव्य पनि हो।