गिद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
गिद्ध
गिद्धको एक पाटे दृष्य
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
Families

Accipitridae (Aegypiinae)
Cathartidae


Griffon Vulture soaring
गिद्धको टाउको मिलत पार्क, तेहरान
केही गिद्धको बच्चा र ठूलो दुवै अवस्थामा घाँटी र टाउको प्वाँखविहीन हुन्छ। shown as radiating heat in this thermographic image.

गिद्धको परिचय

सामान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रुपमा हेर्ने गरिन्छ। तर सिनोमा गिद्ध लुछाचुँडी गरिरहेको गिद्धको चर्तिकला, आकासमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणिय महत्वलाई हेर्यौभने त्यस्तो कदापि लाग्दैन। शिकारी चरा भएपनि गिद्ध आफैले शिकार नगरी केवल मरेका जनावरका मासु अर्थात सिनो मात्र खान्छन त्यसैले गिद्धहरु कसिमा अहिंसाका पुजारी हुन्। सिनो खाई हाम्रो वातावरण प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्ने गिद्धलाई 'प्रकृतिको कुचिकार' भनिन्छ पर्यावरणिय चक्र सनातन, खाद्यसृङ्खलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो। सिनोको कुशलतापुर्वक छोटो समयमै दोहन गर्ने गिद्धको अभावमा सिनोमा भुस्याहा कुकुर, स्याल, मुसा र जिल्लाको संख्यामा बृद्धि हुन्छ। फलस्वरुप मानिसमा रेलिजन, प्लेन, हैजा , आउँ, झाडापखाला र पशुचौपायाहरुमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरुको संक्रमणले महामारीको रूप लिनसक्छ। एक अध्ययन अनुसार एउटा गिद्धले करीब ११ हजार अमेरिकी डलर बराबर सिनो सफाइमा योगदान पुर्याउँछ। गिद्ध पर्यावरणीय चक्र र सनातन खाद्धसृङ्खला सन्तुलन र गतिशीलताको संवाहकका साथै पारिस्थितिकीय स्वस्थताको सूचक पनि हो। धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ। रामायणमा रावणले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउँन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ। नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतीय मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई सुनाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुर्याउने दूतका रुपमा पुज्ने गर्छन्। विश्वमा २३ प्रजाति र नेपाल लगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरु पाइन्छन्।


‍‍

गिद्ध प्रजनन् केन्द्र[सम्पादन गर्ने]

नेपाल पन्छी सघं,प्राकृतिक संरक्षण कोष, चिनारीको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा सन्चालित गिद्ध प्रजनन केन्द्र चितवनको कसरा स्थापित छ। दुर्लभ भएको गिद्ध रक्षाका लागि वि.स. २०६५ सालमा गिद्ध प्रजनन केन्द्रको स्थापना गरिएको हो। सन् २००८ मा १४ वटा डंगर गिद्ध कास्कीको हेम्जाबाट ल्याइएको थियो। दोस्रो चरणमा रूपन्देही,कपिलवस्तु,र दाङबाट ३०,र तेस्रोचरणमा २० वटा गिद्धको बच्चा पालिएको छ। हाल यो प्रजनन केन्द्रमा ५७ वटा गिद्ध छन्।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. हाका-हाकी, बैसाख, २०७१

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]