तोप बाज
तोप बाज | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
उपवंश: | |
प्रजाति: | F. cherrug
|
वैज्ञानिक नाम | |
Falco cherrug Gray, 1834 | |
![]() | |
Range of F. cherrug Breeding range Year-round range Wintering range | |
पर्याय | |
Falco altaicus (Menzbier, 1891) |
तोप बाज (Falco cherrug) नेपालमा पाइने एक प्रकारको बाजको प्रजातिको चरा हो । युरोप देखि एसिया हुँदै मंचुरियासम्म पाइने यो प्रजाति हिउँदमा एसियाका भूभाग तथा अरबी उपमहाद्वीपसम्म बसाई सराई गर्ने गर्छ।
विबरण[सम्पादन गर्नुहोस्]

तोप बाज लामा पखेटाहरू र पुच्चार भएको ठूलो आकारको बाज हो। यसको तह उडानमा पङ्खचाल सुस्त हुन्छ जुन उडानकार्य शाही बाजको भन्दा कम फूर्तिलो हुन्छ। यो चार विश्राम अवस्थामा हुँदा पुच्छर प्रष्ट देखिने गरी बन्द पखेटाहरु भन्दा धेरै तल आएको हुन्छ। फिक्का तालु, कम स्पष्ट जुगारेखी र तल्लो भाग कम घना चिन्ह भएको हुन्छ। तोप बाज सामान्यतया ४५ देखि ५७ सेन्टिमिटर (१८ देखि २२ इन्च) लम्बाई भएको तथा पङ्ख फैलाउँदा ९७ देखि १२६ सेन्टिमिटर (३८ देखि ५० इन्च) हुन्छ भाले तोप बाज तौल ७३० देखि ९९० ग्राम (२६ देखि ३५ औँस) तथा पोथीको तौल ९७० देखि १,३०० ग्राम (३४ देखि ४६ औँस) हुन्छ।
वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]
यो प्रजाति युरोप देखि एसिया हुँदै मंचुरियासम्म पाइन्छ। यो प्रजाति हिउँदमा नेपाल, उत्तरी पाकिस्तान, दक्षिणी चिन, इथियोपिया तथा अरबी उपमहाद्वीपसम्म बसाई सराई गर्ने गर्छ। नेपालको सन्दर्भमा यो प्रजाति १५२५ मिटर देखि ३७९५ मिटरको उचाइमा पाइने गर्छ। यो चरा डाँडा र पहाडहरूका अर्धमरूभूमि र सुख्खा बुट्यानहरू भएको खुल्ला क्षेत्रमा बसोबास गर्ने गर्छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ BirdLife International (२०१३), "Falco cherrug", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


- saker.sciencefornature.org
- पन्छी जीवन प्रजाति तथ्यपान्ना पोडिसेप्स क्रिस्टाटस
- Live 24hr view of a saker falcon nest
- "एभीबेसमा", एभीबेस।
- "इन्टरनेट चरा सङ्कलन सम्बन्धित मिडियाहरू", इन्टरनेट चरा सङ्कलन।
- भिरियो तस्वीर सङ्ग्रह भिरियोमा (ड्रेक्सल विश्वविद्यालय)
- रेकर्ड गरिएको आवाज Saker falcon जेनो-कान्टोमा