लघु महाचील

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लघु महाचील
वयस्क
नोट:फराकिलो मुख र गाढा आँखा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
Buteoninae (disputed)
वंश:
प्रजाति:
A. hastata
वैज्ञानिक नाम
Aquila hastata
(Lesson, 1834)
Range of A. hastata in dark green

लघु महाचील नेपाललगायत दक्षिण तथा दक्षिणपूर्वी एसियाका केही राष्ट्रहरूमा पाइने चीलको एक प्रजाति हो। यसलाई अङ्ग्रेजीमा इण्डियन स्पटेड इगल (Indian Spotted Eagle) भनिन्छ।

शारीरिक विबरण[सम्पादन गर्नुहोस्]

उडिरहेको लघु महाचील

लघु महाचील ६० सेन्टिमिटर लामो तथा पंखेटा फिजाउँदा १५ सेन्टिमिटर हुन्छ। यो चरा गठिलो मझौला नापको चील जसका छोटा र चौडा पखेटाहरू तथा श्येनबाजको जस्तो टाउको र सानो सानो ठोँड साथै छोटो पुच्छर हुन्छ। हावामा तैरिँदा र आकाशिँदा यसको पखेटाहरू कुइनादेखि तल कोण परेका हुन्छन्। यसको जीवहारा महाचीलको भन्दा हल्का साघुँरा पखेटा र लामो पुच्छर, फिक्का मैलोखैरो माथिल्लो पखेटा र तल्लो पङ्खढकनी गाढा, उडानपङ्खहरूसँग प्रष्ट फरक देखिने र पखेटाको तल्लो भागको कुईनामा दुईवटा सेतासेता खुर्पाकार चिन्हहरू हुन्छन्। केही प्वाँखावस्थाहरूमा गोमायु महाचील जस्तो देखिने तर कुइनामा प्रष्ट दुइवटा सेतासेता खुर्पाकार चिन्ह, मुख्य पखेटाको तल्लो भाउमा प्रष्ट तेर्सा धर्साहरू नभएको र च्यापु गाढा हुन्छ। यस बाहेक सानो नापको पनि साथै टाउको बाहिरपट्टि कम निस्किएको र सानमो ठोँड त्यस्तै कम गहिरा पङ्खपुप्पाहरू भएका छोटा पखेटाहरू र लामा देखिने सानो सुरुवाल तथा पातलो देखिने प्वाँखले ढाकिएको पिडौला हुन्छ।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

लघु महाचील नेपाल, बङ्गलादेश, कम्बोडिया, भारतम्यानमार साथै पाकिस्तानको केही स्थानमा पाइने गर्छ। नेपालको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट वन्यजन्तु आरक्ष, कोशी टप्पु वन्यजन्तु आरक्ष तथा तराईका अन्य केही असंरक्षित भूभागहरूमा बसोबास गर्ने तथा बच्चा कोरल्ने गर्छ।[२] यो प्रजातिले भ्यागुता तथा साना चराहरूलाई आहार बनाउँछ र खुल्ला क्षेत्रमा भएका रूखमा गुँड लगाई बस्छ ।

खतरा तथा संरक्षण अवस्था[सम्पादन गर्नुहोस्]

वासस्थानको विनासका कारण यो प्रजाति विश्वमा संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१२), "Aquila hastata", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२ 
  2. BirdLife International (2009) Species factsheet: Aquila hastata. online

थप जानकारीको लागि[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]