लामोठुँडे गिद्ध
लामो ठुँडे गिद्ध | |
---|---|
![]() | |
लामो ठुँडे गिद्ध | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | G. indicus
|
वैज्ञानिक नाम | |
Gyps indicus (Scopoli, 1786) | |
पर्याय | |
Gyps indicus indicus |

लामोठुँडे गिद्ध नेपाल लगायत भारत र पाकिस्तानको रैथाने गिद्धको प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा लोपोन्मुख अवस्थामा सूचिकृत छ। यसलाई अङ्ग्रेजीमा लङ-बिल्ड भल्चर (Long-billed Vulture) वा इन्डियन भल्चर(Indian Vulture) भनिन्छ ।
विबरण[सम्पादन गर्नुहोस्]
लामोठुँडे गिद्ध बलौटे खैरो रङ्को शरीर, टाउको तथा घाँटी कालो र पछाडी पट्टी हल्का सेतो भुवादार जस्तो देखिने, पहेलो ठुडँ भएको हुन्छ। यो सामान्यतया ८० देखि १०३ सेन्टिमिटर (३१ देखि ४१ इन्च) लम्बाई भएको, पङ्ख फैलाउँदा १.९६ देखि २.३८ मिटर (६.४ देखि ७.८ फिट) हुन्छ। यसको तौल ५.५ देखि ६.३ किलोग्राम (१२ देखि १४ पाउण्ड) हुन्छ। यो प्रजाति खैरो गिद्ध भन्दा केही सानो र कम तौल भएको हुन्छ।[२]
वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]
लामोठुँडे गिद्ध नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान लगायत अन्य बाह्रवटा राष्ट्रहरूमा पाइन्छ। यो प्रजाति २५० मिटरको उचाई भन्दा तलको क्षेत्रमा पाइने गर्छ। यो चरा सिमसार. खुल्ला क्षेत्र तथा वन क्षेत्रहरू, कक्षभूमी, ताल र जलसिँचित खेतबारीहरू बसोबास गर्ने गर्छ। यसले सिमसार छेछाउका ठूला रूखहरूमा गुँड लगाउने गर्दछ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Gyps indicus", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2010.4, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१०, अन्तिम पहुँच २०११-०५-३१।
- ↑ "The Peregrine Fund" (Englishमा), The Peregrine Fund, २०१०-११-०३, अन्तिम पहुँच २०११-०५-३१।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
