डंगर गिद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डंगर गिद्ध
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
G. bengalensis
वैज्ञानिक नाम
Gyps bengalensis
(Gmelin, 1788)
डंगर गिद्धको पहिलेको वितरण नक्शा
पर्याय

Pseudogyps bengalensis

वयस्कको पखेटामुनिको ढाँचा

डंगर गिद्ध नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ह्वाइट-रम्पेड भल्चर (White-rumped Vulture) भनिन्छ ।

विवरण[सम्पादन गर्नुहोस्]

वयस्कको प्वाँखहरूको तलबाट लगिएको चित्र

यो एक मध्यम आकारको गिद्ध हो यसको टाउको र घाँटिमा रौं हुदैनन् । यसका प्वाँखहरू धेरै चौडाइका हुन्छन् र पुछर सानो हुन्छ । यो ग्रिफन गिद्ध भन्दा निकै सानो हुन्छ र यसको घाँटिमा सेता प्वाँखहरूको गुच्छा हुन्छ । वयस्कको सेतो पीठ, पुट्ठा र प्वाँखहरूको भित्री भाग सेतो र अरु भाग गहिरो रंगका परहरूबाट भिन्न हुन्छन् जो कि साफ देखिन्छन् । शरीर कालो हुन्छ र सानोमा चाँदीनुमा स्लेटी हुन्छन् । टाउको गुलाबी रंगको हुन्छ र चुच्चो चाँदी रंगको हुन्छ । चुच्चोको किनाराहरू गहिरो रंगका हुन्छन् । नाकका प्वालहरू मसिनो हुन्छन् । अवयस्क गहिरो रंगका हुन्छन् र वयस्कका प्वाँखहरू आउनमा चार देखी पाँच वर्षको समय लाग्दछ । उड्ने बेला वयस्कका प्वाँखहरूको अग्रिम भाग गहिरो देखिन्छ र पाँखको तल्लो भाग अर्को भागमा सेतो हुन्छन् । पुछरको तल्लो पट्टीको भाग पनि कालो हुन्छ ।[२]
यो जिप्स गिद्धहरूको प्रजातिमा सबैभन्दा सानो हुन्छ । तर पनि एक ठुलो चरा हो । यसको वजन ३.५ देखी ७.५ किलो हुन्छ र लम्बाई करीब ७५ देखि ९३ से. मी. सम्म हुन्छ ।[३][४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१२), "Gyps bengalensis", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२ 
  2. Rasmussen, Pamela C.; Anderton, J. C. (२००५), Birds of South Asia: The Ripley Guide. Volume 2, Smithsonian Institution and Lynx Edicions, पृ: 89–90। 
  3. Hume, Allan Octavian (१८९६), My Scrap Book or rough notes on Indian Ornithology, Calcutta: Baptist Mission Press, पृ: 26–31, अन्तिम पहुँच २०११-०६-०१ 
  4. Raptors of the World by Ferguson-Lees, Christie, Franklin, Mead & Burton. Houghton Mifflin (2001), ISBN 0-618-12762-3

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]