जीवाहार महाचील

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जीवाहार महाचील
Aquila clanga
भारतको राजस्थानमा पाइएको वयस्क
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
उपवर्ग:
उपवर्ग:
अधिगण:
गण:
Falconiformes (but see there)
कुल:
उपकुल:
Buteoninae (disputed)
वंश:
प्रजाति:
A. clanga
वैज्ञानिक नाम
Aquila clanga
Pallas, 1811
Breeding (light green) and wintering (blue) ranges

जीवाहार महाचील (Clanga clanga) नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यो चरा उत्तरी युरोपदेखि युरेसिया हुँदै मध्यपूर्व, दक्षिणी तथा पूर्वी एसिया सम्म पाइने गर्छ। यसको बैज्ञानिक नाम clanga प्राचिन ग्रिक शब्द κλαγγήबाट आएको हो जसको अर्थ "चिच्याउनु" हुन्छ।[२] यसलाई अङ्ग्रेजीमा ग्रेटर स्पटेड इगल (Greater Spotted Eagle) भनिन्छ।

विबरण[सम्पादन गर्नुहोस्]

जीवाहार महाचील ५९ देखि ७१ सेन्टिमिटर (२३-२८ इन्च) लामो तथा पंखेटा फिजाउँदा १५७ देखि १७९ सेन्टिमिटर (५.१५-५.८७ फिट) हुन्छ। सामान्यतया भालेको तौल १.६ देखि २.५ किलोग्राम (३.५-५.५ पाउण्ड) तथा पोथीको तौल ३.२ किलोग्राम (७.१ पाउण्ड)सम्म हुन्छ। यो मझौला नापको चील, छोटा र चौडा पखेटाहरु तथा गठिलो टाउको र छोटो पुच्छर हुन्छ। यसको पखेटाहरू हावामा तैरिँदा प्रष्टरूपले कुइनादेखी तल कोण परेको र आकाशिँदा पुरा सिधा हुन्छ। यसको लघु महाचील भन्दा गठिलो जसको बढी जसको बढी चौडा पखेटा र वर्गाकार पङ्खाहस्त साथै छोटो पुच्छर हुन्छ। यसको गाढाखैरो पखेटाका माथिल्ला रतल्ला पङ्खढकनी उडान पङ्खहरूसँग त्यति फरक नदेखिने र प्राय: जसो पखेटाको तल्लो भागमा कुइनाको दोस्रो सेतो सेतो खुर्पाकार चिन्ह हुँदैन। यसलाई गोपायु महाचीलसँग दाज्दा उडामा थोरै बाहिर निस्किएको टाउको साथै पखेटाहरू छोटा र कम गहिरो पङ्ख औँला भएका पखेटाका टुप्पाहरू हुन्छन्। जीवाहार महाचील विश्रामको बेलामा सुरुवाल कम खुकुलो देखिने साथै सानो ठोँड जसमा गोलाकार नाकका पोरा र मुखको कापा छोटो भएको हुन्छ। यसको वयस्क गोमायुको जस्तो उडान र पुच्छरपङ्खको तल्लो भागाम तेर्सा धर्साहरू तथा पखेटामा गाढा पृष्ठ पङ्खधार नभएको र गाढा च्यापु हुन्छ। यसको बच्चाको गाढाखैरो ढकनीमा मोटो सेतो टुप्पो भएको हुन्छ।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

जीवाहार महाचीलले प्रजनन् अवधी उत्तरी युरोपदेखि युरेसिया हुँदै पूर्वसम्म विताउने गर्छ। हिउँदको मौसममा यो चरा दक्षिणी-पूर्वी यूरोप, उत्तर-पूर्वी अफ्रिका, मध्य पूर्व र नेपाल लगायतका भारतीय उपमहाद्वीपका राष्ट्रहरूमा बसाई सर्छ। यो प्रजाति २५० मि. देखि ३८४० मि. सम्म पाइने गर्छ। यो चरा ठूला नदी तालहरू तथा पानीका स्रोतहरू नजिकैको रूखले ढाकिइका क्षेत्र रुचाउने गर्छ।

खतरा तथा संरक्षण अवस्था[सम्पादन गर्नुहोस्]

वासस्थान विनास तथा क्षति यसका लागि खतराको प्रमूख कारण हो। यसले गर्दा यो ‍प्रजाति विश्वमा संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ।

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Clanga clanga", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१३, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. Jobling, James A (२०१०), The Helm Dictionary of Scientific Bird Names, London: Christopher Helm, पृ: ११०, आइएसबिएन 978-1-4081-2501-4 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]