घुँगीफोर गरुड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घुँगीफोर गरुड
घुँगीफोर गरुडको बयस्क भाले
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. oscitans
वैज्ञानिक नाम
Anastomus oscitans
(Boddaert, 1783)

घुँगीफोर गरुड (वैज्ञानिक नाम: Anastomus oscitans) नेपालमा पाइने एक प्रकारको चराको नाम हो । नेपालको तराई क्षेत्रमा पानीको छेउछाउ वस्न रुचाउने लोपोन्मुख जातको चरा | यसको प्रमुख आहार शङ्खेकिरा (घुङ्गी) भएकोले यसको नाम घुङ्गीफोर रहन गएको हो ।

विबरण[सम्पादन गर्नुहोस्]

घुँगीफोर गरुडको उभिँदा उचाई ६८ तथा लम्बाई ८१ सेन्टिमिटर हुन्छ ।[२] यो चराको ठुँडो खैरो-पहेँलो रङ्गको, लामो तथा केही फट्टिएको हुन्छ। यसको शरिरको माथिल्लो तथा अगाडिको भाग सेतो र पँखेटा तथा पछाडीको भाग कालो रङ्गको हुन्छ। घुँगीफोर गरुडको रङ्ग र बनावट लगभग सेतो गरुड जस्तै हुन्छ।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

घुँगीफोर गरुड नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाइल्याण्ड तथा कम्बोडियामा ब्यापक मात्रामा तथा पाकिस्तानको सिन्ध र पञ्जाब क्षेत्रमा केही मात्रामा पाइन्छ। यो चराहरू सिमसार क्षेत्र, तालतलैया तथा नदीको आसपास क्षेत्रमा बसोबास गर्ने गर्छन।

तस्विर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१२), "Anastomus oscitans", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३ 
  2. Handbook of the Birds of India and Pakistan. Volume 1 (अङ्ग्रेजीमा) (2nd संस्करण), New Delhi: Oxford University Press, १९७८, पृ: 95–98। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]