लोभीपापी गरुड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लोभीपापी गरुड
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Ciconiiformes
परिवार: Ciconiidae
वंश: Ciconia
प्रजाति: C. episcopus
वैज्ञानिक नाम
Ciconia episcopus
(Boddaert, 1783)

लोभीपापी गरुड (Ciconia episcopus) नेपालमा पाइने एक प्रकारको गरुडको प्रजाति हो। यो चरा एसियाको रैथाने प्रजाति हो।

विबरण[सम्पादन गर्ने]

लोभीपापी गरुड ७५ देखि ९२ उचाई भएको मध्यम आकारको गरुड हो। यसको गठिलो, प्राय कालो शरीर, भुवादार सेतो घाँटी, कालो शिर तथा निर्गमस्थल र तल्लो पुच्छरढकनी सेतो भएको हुन्छ। यसको उडानको क्रममा माथिल्ला र तल्ला पखेटा पुरै गाढा देखिन्छ। बच्चा लोभीपापी गरुड वयस्क जस्तै देखिने तर अलि फिक्का खैरो शरीर तथा पङ्खेटाहरू साथै प्वाँखहरूले ढाकिएको निधार भएको हुन्छ।

वितरण तथा वासस्थान[सम्पादन गर्ने]

लोभीपापी गरुड एसियामा नेपाल, भारत हुँदै इण्डोनेसियासम्म तथा अफ्रिकामा पनि पाइने गर्छ । यो प्रजाति प्राय ९१५ मिटर भन्दा तलको क्षेत्रमा पाइने गर्छ। यो चराको प्राकृतिक वासस्थान खोलानाला, कक्षभूमि, दलदले भूभाग तथा तालहरूको छेउछाउका घाँसेमैदानहरू हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]