अश्वत्थामा
अश्वत्थामा | |
---|---|
महाभारत पात्र | |
![]() | |
प्राप्त जानकारी | |
हतियार | धनुष वाण,तरवार |
परिवार | द्रोणाचार्य (पिता) कृपि (आमा) कृपाचार्य (मामा) भारद्वाज (हजुरबा) |
अश्वत्थामा महाभारतकालीन पात्र हुन् । उनी पाण्डव गुरु द्रोणाचार्य र कृपीका पुत्र हुन् । उनका मातापिता धेरै ठाउँहरूमा भ्रमण गर्दै हिमालय (ऋषिकेश) पुगे। त्यहाँ तमसा नदीको किनार एउटा दिव्य गुफामा तपेश्वर नाम गरेकाे स्वय्मभू शिवलिङ्ग थियो । त्यहाँ गुरु द्रोणाचार्य र तिनकी धर्मपत्नी माता कृपिले शिवको तपस्या गरे । तिनको तपस्याबाट प्रसन्न भएर भगवान शिवले उनीहरूलाई पुत्र प्राप्तिको वरदान दिए । केही समय पछि माता कृपिले एउटा सुन्दर तेजश्वी बालकलाई जन्म दिए । जन्मदा नै यिनको कण्ठबाट घोडाको जस्तो हिनहिनकाे आवाज आउने भएकााले यिनको नाम अश्वत्थामा रहन पुग्यो । जन्मदेखि नै अश्वत्थामाकाे मस्तिकमा एउटा अमूल्य मणि विद्यमान थियो, जसले उनलाई दैत्य, रोग, व्याधी, दानव, शस्त्र, हानि, देवता, नाग आदि देखि निर्भय राख्दथ्यो ।
महाभारत युद्धमा अश्वत्थामा
[सम्पादन गर्नुहोस्]महाभारत युद्धको समय, गुरु द्रोणाचार्यले हस्तिनापुर(मेरठ) राज्यप्रति निष्ठावान हुनुको कारण कौरवको साथ दिनु उचित सम्झे। अश्वत्थामा पनि आफ्ना पिताजस्तै शास्त्र अनि शस्त्र विद्यामा निपूर्ण थिए । महाभारतकाे युद्धमा उनले सक्रिय भाग लिएका थिए। महाभारत युद्धमा यिनी कौरव-पक्षका एक सेनापति थिए। उनले भीम पुत्र घटोत्कचलाई परास्त गरे तथा घटोत्कच पुत्र अञ्जनपर्वाको वध गरे। त्यसको अतिरिक्त उनले द्रूपदकुमार, शत्रुञ्जय, बलानीक, जअथवाक, जयाश्व तथा राजा श्रुताहुलाई पनि मारेका थिए। उनले कुन्तीभोजका दश पुत्रहरूको वध गरे। पिता-पुत्रको यो जोडीले महाभारत युद्धका समयमा पाण्डव सेनालाई तितर-बितर गरिदिए । पाण्डवको सेनाको हार देखेर श्रीकृष्णले युधिष्ठिरलाइ कुटनितिकाे साहारा लिन सल्लाह दिए । यसै कुटनितिक योजनाकाे फलस्वरूप अश्वत्थामा निरीह साबित भए ।

द्रोणाचार्यको युद्धत्याग
[सम्पादन गर्नुहोस्]जब युधिष्ठिरले अश्वत्थामाको मृत्यु भएको खबर सुनाएपछि द्रोणाचार्यले त्यसको पुष्टि गर्न चाहे । गुरु द्रोणाचार्यले धर्मराज युधिष्ठिरदेखि अश्वत्थामाको सत्यता जान्न चाहे, तब उनले जवाब दिए-"अश्वत्थामा मारिएको तर........ हात्ति !" श्रीकृष्णले त्यसै समय शङ्खनाद गरे,जसको अन्तिम शब्द गुरु द्रोणाचार्यले सुन्न सकेनन् र आफ्नो प्रिय पुत्रको मृत्युको समाचार सुनेर उनले शस्त्र त्यागे,अनि युद्ध भूमिमा आँखा बन्द गरेर शोकाकुल अवस्थामा बसे । गुरु द्रोणाचार्य लाई निहत्ता देखेर द्रोपदीका भाइ द्युष्टद्युम्नले तरवारले उनको शिर काटे । गुरु द्रोणाचार्यको निर्मम हत्या पछि पाण्डवहरूको जीत हुन लाग्यो । यस प्रकार महाभारत युद्धमा अर्जुनका तीरहरू एवं भीमसेनको गदादेखि कौरवहरूको नाश भयो । दुष्ट र अभिमानी दुर्योधनको साप्रो पनि भीमसेनले मल्लयुद्धमा तोडिदिए । आफ्नो मित्र दुर्योधनको यस्तो दशा देखेर र आफ्नो पिता द्रोणाचार्यको मृत्युको स्मरण गर्न अश्वत्थामा अधीर भए । दुर्योधनको त्यो हालत पश्चात् कौरवहरूको पराजय हुँदै युद्धमा पाण्डवको जीत सम्भव भएको थियो ।
अश्वत्थामा नारायण अस्त्र र बह्मस्त्रको प्रयोग
[सम्पादन गर्नुहोस्]अश्वत्थामाले आफ्ना द्रोणाचार्य वधपछि आफ्नो पिताको निर्मम हत्या र आफ्नो मित्र दुर्योधनको बदला लिनको लागि पाण्डवहरू माथी नारायण अस्त्रको प्रयोग गरेका थिए। जसका अघि सारा पाण्डव सेनाले हतियार राखेका थिए । युध्द सकिएपछि यद्धको नियम विपरित अश्वत्थामाले राति नै पाण्डवको हत्यो गर्न शिविरमा पसे र हत्या गरे । पचि थाहा लाग्यो कि उनीहरू त द्रोपदीका पाँच पुत्रहरू थिए । उनले द्युष्टद्युम्नको पनि वध गरिदिए । अश्वत्थामाले आफूले गरेको यस कुकर्मको विवरण मरणासन्न दुर्योधनलाई सुनाए । दुर्योधनले पनि उक्त कार्य राम्रो भएन भने । पुत्रहरूका हत्यादेखि दुखी द्रौपदी विलाप गर्न लागिन् । त्यसको विलापलाई सुनेर अर्जुनले अश्वत्थामाको शिरलाई काट्ने प्रतिज्ञा गरे । अर्जुनको प्रतिज्ञा सुनेर अश्वत्थामा भागेर बाहिर निस्किए । श्रीकृष्णलाई सारथी बनाएर एवं आफ्नो गाण्डीव धनुष लिएर अर्जुनले अश्वत्थामाको पछि लागे। अश्वत्थामालाई आफू कहीँ पनि सुरक्षित छैन भन्ने लागेपछि भयको कारण अर्जुनमा ब्रह्मास्त्रको प्रयोग गरिदिए। अश्वत्थामा ब्रह्मास्त्रलाई चलाउन त जान्दथे, त्यसलाई फर्काउन भने जानेका थिएनन् । त्यस अति प्रचण्ड तेजोमय अग्निलाई आफूतर्फ आएको देखेर अर्जुनले श्रीकृष्णलाई केही गर्न भने । श्रीकृष्णले आफूले केही गर्न नसक्ने बताए । श्रीकृष्णको यस भनाई सुनेर महारथी अर्जुनले पनि तत्काल आचमन गरेर आफ्नो ब्रह्मास्त्र छोडिदिए । दुईटै ब्रह्मास्त्र परस्पर भिडे र प्रचण्ड अग्नि उत्पन्न भएर पुरा ब्रह्माण्ड नै तात्न लाग्यो। तिनको लपटहरूदेखि सारा जनता डराए । यस विनाशलाई देखेर अर्जुनले आफ्नो ब्रह्मास्त्रलाई फिर्ता बोलाए । तर जब अश्वस्थामाले ब्रह्मास्त्र फिर्ता बोलाउने सकेनन् र अश्वत्थामाले पाण्डवको बंश नै नास गर्ने हेतुले अभिमन्यु पत्नी उत्तराको गर्भमा रहेको पुत्र परीक्षितमा बह्मस्त्रको प्रयोग गरे । श्रीकृष्णले अश्वत्थामाले एकदमै टूलो पाप गरेको भन्दै उनलाई जन्मदै नजन्मेको बालक माथी ब्रह्मास्त्र चलाएको आरोपमा उनलाई चिरञ्जीवि हुन र, दुख, पीडा अनन्त कालसम्म भोग्ने श्राप दिए । गुरुआमा कृपीको मायाले गर्दा आफ्नो प्रतिज्ञा स्वरुप अर्जुनले गुरुपुत्रको हत्या गर्न भने सकेनन् र उनले आफ्नो तरवारले अश्वत्थामाका शिरका केश काटे र त्यसको मस्तकको मणि निकाले । मणि निस्किएकाले अश्वत्थामा श्रीहीन भए, निर्बल भए । अनि अश्वत्थामा त्यसपछि आजसम्म भौतारिरहेछन् ।
अश्वत्थामा: एक चिरञ्जीवि
[सम्पादन गर्नुहोस्]हिन्चु धर्मानुसार अश्वत्थामा एक चिरञ्जीवि हुन् । यसको मतलब समयको अन्तिमसम्म उनी जीवित रहनेछन् । जनमानसमा उनी अझैपनि यही दुनियाँमा जीवित रहेको जनविश्वास छ । श्रीकृष्णको श्राप अनुरुप उनले यस कलियुगको अन्त्यमा हुने धर्मयुद्धमा दशावतारलाई सहयोग गर्नेछन् ।
यो पनि हेर्नुस
[सम्पादन गर्नुहोस्]