मौसुल पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मौसुलपर्व बाट पठाईएको)
मौसुल पर्वमा कुरुक्षेत्र युद्ध समाप्तिको ३५ वर्ष पछिको घटनाको वर्णन गरिएको छ । उच्छृङ्खल यादव गणले महात्माहरूलाई जिस्काउन साम्ब नामक राजकुमारलाई महिलाको पोसाक फेराएर ॠषिहरुको सामुन्ने लिएर गए ।

मौसल पर्वमा कुनै उपपर्व छैन अध्यायहरूको सङ्ख्या पनि केवल ८ छ।

मौसल पर्व महाभारतका १८ पर्व मध्ये सोह्रौं पर्व हो।[१] यसमा नौ अध्याय छन्।[१][२] आलोचनात्मक संस्करणमा आठ अध्यायहरू छन्।.[३][४] यो महाभारतका तीनवटा छोटो पुस्तकहरूमध्ये एक हो।

पर्व शीर्षक उप-पर्व सङ्ख्या उप-पर्व सूची अध्याय एवम श्लोक सङ्ख्या विषय-सूची
१६ मौसुलपर्व ९६ कुनै उपपर्व छैन। ८/३२०

यस पर्वमा ॠषि-श्रापवश साम्बका उदरबाट मुसलको उत्पत्ति तथा समुद्र-तटमा चूर्ण गरेर फ्याँकिएका मुसलकणहरूबाट उम्रिनु सरकण्डहरूसित यादवहरूको आपसमा लडेर विनाश हुनु, बलराम र श्रीकृष्णको परमधाम-गमन र समुद्र द्वारा द्वारकापुरीलाई डुबाइदिएको दिने वर्णन छ।

कथा[सम्पादन गर्नुहोस्]

पृष्ठभूमी[सम्पादन गर्नुहोस्]

महाभारतको युद्धको कारण कृष्ण भएकोले कौरवहरूकी माता गान्धारीले कृष्णलाई जसरी तिमीले कुरुकुलको नास गरायौ त्यसरी तिम्रो कुलको पनि आपसमा लडेर नास हवस् भनेर श्राप दिएकी थिइन् ।[५]

श्राप[सम्पादन गर्नुहोस्]

महाभारतको युद्ध समाप्ती पछि श्री कृष्णले छत्तीस वर्षसम्म द्वारकामा राज्य गर्दै रहे । उनको सुशासनमा श्रीकृष्णका समान वंशीभोज, वृष्णि, अन्धक आदि यादव राजकुमारहरू असीम सुखभोगमा जीवन व्यतीत गर्न थाले । भोग बिलासका कारण उनीहरूको संयम र शील लोप हुँदै गयो । [६]


यिनै दिनहरू मा एक पटक केही तपस्वीहरू द्वारका आए । उच्छृङ्खल यादव गणले ती महात्माहरूलाई जिस्काउन साम्ब नामक राजकुमारलाई महिलाको पोसाक फेराएर ॠषिहरुको सामुन्ने लिएर गए । उनकाई ॠषिहरुको सामुन्ने उभ्याएर सोधे, "तपाईँहरू शास्त्रको ज्ञाता हुनुहुन्छ । यस महिलाको पुत्र हुन्छ वा पुत्री हुन्छ कृपया भनिदिनु पर्‍यो ।"

यादवहरुको यस झूटो र उत्ताउलो चाल देखेर ॠषिहरूलाईइ रिस उठ्यो । उनीहरूले भने,"यसबाट एउटा मुसल जन्मने छ । त्यही नै तिमीहरूको कुलको नाशको कारण बन्ने छ । "

यस किसिमको श्राप दिए पछि तपस्वीगण गइहाले । श्राप पाए पछि यादवगण निकै पछुताए । ठट्टा गरेर हामीले आआफ्नो सर्वनाश गरायौँ भन्ने सोचेर तिनीहरूको मनमा ढ्याङ्ग्रो बज्यो ।

समय आएपछि ॠषीहरूले भनेअनुसार स्त्रीभेषधारी साम्बबाट एउटाा मुसल जन्मियो । अनि त यादवहरु झनै अत्तालिए । उनीहरू धेरै नै व्यथित भए । कतै ॠषिहरूको श्राप पूर्ण रूपले साँच्चै भइदेला कि भन्ने डर पनि मान्न थाले । उनीहरूले मुसलामा कालदेव नै देख्न थाले । आखिरमा सबैले आपसमा सर-सल्लाह गरेर मुसललाई ढुङ्गामा रगड्दै धुलो बनाए। अन्तमा मुशलको एक टुक्रा धेरै सानो भएकोले त्यो टुक्रा रगड्न कठिन भयो । उनीहरूले धुलोलाई र त्यस धुलोलाई समुद्रको किनारमा छरिदिए र मुसलको त्यो टुक्रालाई त्यत्तिकै समुद्रमा बगाए ।

त्यस खरानी माथि पानी बर्सियो । त्यसबाट धारीलो पात भएको एरिक नामक घाँस उम्रियो। यादवहरूले विचार गरे, अब हाम्रो भयको कारण पन्छियो । यसै भ्रममा परेर उनीहरूले ॠषिहरूको श्राप बिर्सिए । मुशलको जुन टुक्रा त्यत्तिकै फालिएको थियो त्यो टुक्रा एक माछाले खायो । त्यो माछालाई माझीले समातेर जरा नामको व्याधालाई बेचे । व्याधाले माछा काटेर हेर्दा माछाको पेटमा फलामको टुक्रा देख्यो । त्यो फलामको टुक्रालाई जरा नामको त्यो व्याधाले बाण बनायो ।

वंश नष्ट[सम्पादन गर्नुहोस्]

यसको कयौँ दिनपछि एक पटक यादवहरू समुद्र तटको भ्रमण गर्दै, रक्सी खाँदै, नाच्दै र गाउँदै आनन्द मनाउन थाले । समुद्र तटमा उनीहरूको ठूलो भीड जम्मा भयो। बिस्तारै -बिस्तारै रक्सीको नशा उनीहरूमाथि चढ्न थाल्यो ।

महाभारतको युद्धमा यादव कुलका वीरहरू मध्य कृतवर्मा कौरवको पक्षमा थिए र सात्यकी पाण्डवको पक्षमा थिए । रक्सीको नशा चढे पछि उनीहरू मा यसै विषयलाई लिएर बहस हुन थाल्यो । सात्यकीले कृतवर्मालाईइ खिस्सी गर्दै भने,"क्षत्रिय भएर कसैले सुतेकोलाई मारेको छ? अरे कृतवर्मा! तिमीले त यस्तो गरेर सारा यादव कुलालाई अपमानित गर्यौ । निर्लज्ज कहीँको! धिक्कार छ तिमीलाई!"

सात्यकी द्वारा कृतवर्माको बध

सात्यकीको कुरालाई नशामा चुर भइरहेका केही अन्यले पनि अनुमोदन गरे । यत्तिकैमा कृतवर्माले क्रोधित भएर आँखै देखेनन् । "सात्यकी! मलाई उपदेश दिने तँ को होस् ? युद्धक्षेत्रमा आफ्नो हात काटिएपछि महात्मा भूरिश्रवा शरशैयामा बसेर प्रायोपबेसन गरिरहेका थिए । त्यही बेला तैँले उनको हत्या गरेको थिइस् । तँजस्तो कसाईको यस्तो धृष्टता ? तँ मलाई उपदेश दिने ?" कृतवर्माले कड्किएर भने । नशामा चूर अन्यले कृतवर्माको समर्थन गरे र सात्यकीको निन्दा गरे । अनि त के थियो ? उपस्थित यादवको दुई दल भयो र दुवैमा झागडा सुरु भयो । मारकाट मच्चियो । "लौजा! जुन पपीले सुतेकाको हत्या गरेको थियो त्यसले अहिले नै आफ्नो पापको फल भोग्ने छ ।" भन्दाइ सात्यकीले तरबार लिएर कृतवर्मा माथि जाइलागे । उनले एकै पटकमा कृतवर्माको हात र टाउको शरीरबाट छुट्ट्याइदिए ।

यस्तो देखेर कयौँ यादवहरूले सात्यकीलाईइ घेरे । उनीमाथी रक्सीको प्याला र भुड्काहरू प्रहार गर्न थाले । श्रीकृष्णका छोरा प्रद्युम्नले सात्यकीका तर्फबाट उनीहरूको सामना गरे । तर उनलाईइ पनि धेरैले घेरे । एक छिना पछि त सात्यकी र प्रद्युम्न दुवै मारिए ।

यस्तो देखेर श्रीकृष्णलाई पनि रिस उथ्यो । समुद्रको किनअरमा उम्रिएको एरिक घाँस को एउटा गुच्छा उखेलेर एक्-अर्कामाथी आक्रमण गर्न थाले ।

ॠषिहरूको श्रापको प्रभावले मुसलको खरानीबाट उम्रिएको घाँसको बोट मुसल हुन थाल्यो र यादवहरूले सोही मुसलहरूबाट एक -अर्कामाथी आघात गर्दै त्यहीँ काटिएर मरे । रक्सीको नशाका कारण भएको यस फसादमा यादव वंशका सबै समूल नष्ट भए ।

कृष्ण बलरामको लीला संवरण[सम्पादन गर्नुहोस्]

यसरी वंशनाश भएको देखेर बलरामलाई असीम शोक भयो। उनले त्यहीँ योग समाधीमा बसेर शरीर त्याग गरे। उनको मुखबाट सेतो सर्पको रुपमा अलौकिक ज्योति निस्कियो र समुद्रमा विलीन भयो। बलरामको अवतार कृत्य समाप्त भयो।

सबै बन्धु-बान्धव विनाश भएको देखेर श्रीकृष्ण पनि ध्यानमग्न भए। उनी समुद्रको किनारको छेउमा रहेको वनमा एक्लै विचरण गर्दै रहे। जे- जति घटना भयो त्यसमाथि विचार गर्दा उनले थाहा पाए, उन्को संसार छोडेर जाने बेला आयो। यति सोच्दा-सोच्दै उबी त्यहीँ एउटा रुखमुनि भुइँमा पल्टिए।।

यत्तिकैमा जरा नाम गरेको सिकारी सिकारीको खोजीमा घुम्दै त्यसतर्फ आयो। सुतेको कृष्णलाई सिकारीले टाढाबाट हरिण सम्झियो। उसले धनुष तानेर एउता वाण छोडिदियो।

सो वाण श्रीकृष्णको पैँतालामा धस्दै शरीरमा घुस्यो। यही नै उनको लीला संवरणको एउटा निमित्त बन्यो। जरा व्याधा मृग मर्यो भनेर खुसी हुँदै कृष्णको देह भएको ठाउँमा पुग्यो । त्यहाँ उसले भगवान कृष्णको खुट्टामा आफ्नो बाण लागेको देखेर कृष्णको खुट्टामा परेर माफी माग्यो । यो देखेर कृष्णले जरालाई "म राम हुँदा त बालीपुत्र अङ्गद थिइस् । मैले छल गरेर तेरो बाबुलाई मारेको थिएँ तैपनि तँहिले मलाई रावणसँगको युद्धमा धेरै सघाइस् । रावणको मृत्यु पश्चात मैले तँलाई इछ्छा अनुसारको वर माग्न भनेपछी तँहिले बाबाको बध गर्ने तिर भएर लडेको भनेर मलाई लोकले अपहेलना गर्ने छन् । त्यसैले रामको मृत्यु मेरो हातबाट हवस् भनेर वर मागेको थिइस् । त्यो बेला मैले तँलाई म कृष्ण भएको बेलामा मार्नु भनेको थिएँ । त्यै भएर तेरो बाणको प्रहारबाट म मरें यसमा तँलाई कुनै पाप लाग्दैन" भने यसका साथै कृष्ण बैकुण्ठ गएर बसे ।

[७]

यस प्रकार कीर्तिसम्पन्न श्रीकृष्णको अवतार कृत्य समाप्त भयो।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Ganguli, K.M. (1883-1896) "Mausala Parva" in The Mahabharata of Krishna-Dwaipayana Vyasa (12 Volumes). Calcutta
  2. Dutt, M.N. (1905) The Mahabharata (Volume 16): Mausala Parva. Calcutta: Elysium Press
  3. van Buitenen, J.A.B. (1973) The Mahabharata: Book 1: The Book of the Beginning. Chicago, IL: University of Chicago Press, p 478
  4. Debroy, B. (2010) The Mahabharata, Volume 1. Gurgaon: Penguin Books India, pp xxiii - xxvi
  5. सुब्बा होमनाथ केदारनाथ कृत सुकसागर
  6. ढुण्ढिराज कोइराला (फागुन २०६१), महाभारत कथा, मञ्जरी पब्लिकेशन, पृ: २६७, आइएसबिएन 9-789937-006064 
  7. सुब्बा होमनाथ केदारनाथ कृत सुकसागर