परीक्षित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परीक्षित
कुरू राजा
शुकदेव र परिक्षित
पूर्वाधिकारीयुधिष्ठिर
उत्तराधिकारीछोरा जन्मेजय
जीवनसाथीइरावती / मद्रवती
सन्तानजनमेजय,भीमसेन, स्रुतासेन , उग्रसेन
बाबुअभिमन्यु
आमाउत्तरा

परीक्षित अर्जुनका नाति तथा अभिमन्युका र उत्तराका छोरा हुन् । उनी जन्मने बित्तिकै जीवन मरणको परीक्षा दिएकाले व्यास ऋषिद्वारा उनको नाम परिक्षित रह्यो । पाण्डव उत्तराखण्ड जानुअघि युधिष्ठिरका उत्तराधिकारीका रूपमा हस्तिनापुरको राजगद्दीमा बस्ने यिनै हुन् । सात दिनमा मर्नु पर्ने ऋषि-श्रापका कारण तक्षक नाम गरेको सर्पले डसेर यिनको मृत्यु भएको थियो । त्यही सात दिनको अवधिमा शुकदेवबाट यिनले श्रीमद्भागवत पुराण सुनेका थिए । भनिन्छ यिनकै राज्यकालदेखि कलियुग प्रारम्भ भएको हो । [१]

उनका छोरा जन्मेजयले सारा सर्पहरूलाई मार्न सर्पेष्टी यज्ञ गरेका थिए ।

मृत्यु[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. आप्टे, वामन शिवराम (सन् १९६६), संस्कृत-हिन्दी कोष, दिल्ली मोतीलाल बनारसीदास पब्लिसर्स

यो पनि हेर्नुस[सम्पादन गर्नुहोस्]