स्वर्गारोहण पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(स्वर्गारोहणपर्व बाट पठाईएको)

स्वर्गारोहण पर्वमा कुनै उपपर्व छैन एवं कुल ५ अध्याय छन्।

पर्व शीर्षक उप-पर्व सङ्ख्या उप-पर्व सूची अध्याय एवम श्लोक सङ्ख्या विषय-सूची
१८ स्वर्गारोहणपर्व ९८ कुनै उपपर्व छैन। ५/२०७

यस पर्वका अन्तमा महाभारतको श्रवणविधि तथा महाभारतको माहात्म्य वर्णित छ। यस पर्वका प्रथम अध्यायमा स्वर्गमा नारदका साथ युधिष्ठिरको संवाद र द्वितीय अध्यायमा देवदूत द्वारा युधिष्ठिरलाई नरकदर्शन र वहाँ भाइहरूको पुकार सुनेर युधिष्ठिरको त्यहीं रहने निश्चय वर्णित छ। तृतीय अध्यायमा इन्द्र र धर्म द्वारा युधिष्ठिरलाई सान्त्वना प्रदान गरिन्छ।युधिष्ठिर शरीर त्याग गरेर स्वर्गलोक हिंडि जान्छन्। चतुर्थ अध्यायमा युधिष्ठिर दिव्य लोकमा श्रीकृष्णअर्जुनसित मिल्दछन्। पंचम अध्यायमा त्यहीं भीष्म आदि स्वजन पनि आफ्नो पूर्व स्वरूपमा मिल्दछन्। तत्पश्चात महाभारतको उपसंहार वर्णित छ।

अध्याय[सम्पादन गर्नुहोस्]

अध्याय १: स्वर्गमा नारद र युधिष्ठिरको बातचीत[सम्पादन गर्नुहोस्]

स्वर्गलोकमा पुगेर धर्मराज युधिष्ठिरले दुर्योधन स्वर्गीय शोभाबाट सम्पन्न भै तेजस्वी देवताहरू सँग दिव्य सिंहासनमा विराजमान भएको देखे। दुर्योधनको यस्तो अवस्था देखि राजा युधिष्ठिर अमर्षले भरिए र अर्को तर्फ फर्किए। फेरि उच्च स्वरले बोले- "देवताहरू हो! जहाँ लोभी र अदूरदर्शी दुर्योधन बसेको होस् त्यहाँ म बस्न चाहन्नँ। यसले हामी माथि अनेक अत्याचार गर्यो र दारुण दु:ख दियो। यसैको कुकर्म हरूको फलस्वरुप हामीले आफ्ना बन्धु-बान्धव र मित्रहरूलाई मार्नु पर्यो। यसैको आज्ञाले हाम्री सतीसाध्वी पत्नी द्रौपदीले भरिएको सभामा अपमानित हुनुपर्यो। म यसलाई हेर्नसमेत चाहन्नँ। मेरा अन्य भाइहरू कहाँ छन्? उनीहरू जहाँ छन्, त्यहीँ नै म जान चाहन्छु।"

यो सुनेर नारद जीले बोले- "राजश्रेष्ठ यस्तो नभन; स्वर्गमा पहिलेको वैर-विरोध शान्त हुन्छ। दुर्योधनले युद्धमा आफ्नो शरीरको आहुती दिएर वीरको गति पाएको हो। वत्स! उनले जे अपराध गरेका थिए, त्यसलाई तिमीले मनबाट हटाइदिनु पर्छ। द्रौपदीलाई ऊबाट जुन क्लेश भएको थियो, त्यसलाई अब भुल्न पर्छ। अब तिमीले दुर्योधनसँग प्रेमपूर्वक बस्नुपर्छ। यहाँ सदेह आइपुनाको कारण नै तिम्रो मनमा आङ्कुचित विचार उठिरहेको हो। अब यस्ता कुविचार त्यागिदेऊ।"

नारदजी कुरा सुनेर कुरुराज युधिष्ठिरले आफ्नो भाइहरूको अवस्था बारे सोधे - "देवर्षे! जसको कारण घोदा, हात्ती र मनुष्य सहित सारा पृथ्वी नष्ट भयो, जसको वैरको बदला लिन हामी पनि क्रोधको आगोमा जल्नु पर्यो, जो धर्मको नाम पनि जान्दैनन्, त्यस पापी दुर्योधनलाई यदि यो सनातन वीरलोक प्राप्‍त भएको छ भने ती वीर, महात्मा, महान व्रतधारी, सत्यप्रतिज्ञ विश्वविख्‍यात शूर र सत्यवादी मेरा भाइ यस समय कुन लोकमा प्राप्त भए? म उनीहरूलाई हेर्न चाहन्छु। सत्यप्रतिज्ञ महात्मा कर्णसँग पनि मिल्न चाहन्छु। धृष्टद्युम्न, सात्यकि तथा धृष्टद्युम्नका पुत्रलाई पनि हेर्न चाहन्छु। ब्रह्मन! नारद जी! जो भूपाल क्षत्रिय धर्मको अनुसार शस्त्र द्वारा वधलाई प्राप्‍त भए, उनीहरू कहाँ छन्। म ती राजाहरूलाई यहाँ देख्दिन। म ती समस्त राजाहरूसँग मिल्ब चाहन्छु। विराट, द्रुपद, धृष्टकेतु आदि पाञ्चाल राजकुमार शिखण्डी, द्रौपदीका पाँचै पुत्र तथा दुर्धर्ष वीर अभिमन्युलाई पनि देख्न चाहन्छु। माता कुन्तीले कर्णलाई पनि जलाञ्जलिदिनु भन्ने जुन अभिभारा दिनुभएको र्हियो सो स्मरण गर्दा नै निकै दु:ख हुन जान्छ। जुन वीर कर्णको वास्तविक परिचय थाहा नपैकन अन्जानमा मैले अर्जुनद्वार बध गरिदिएँ, म उनको दर्शन गर्न चाहन्छु। प्राण भन्दा प्यारो भीम, देवराज समान तेज भएका अर्जुन, प्रिय नकुल र सहदेव, धर्मपारायण द्रौपदी आदि सबैलाई हेर्न चाहन्छु। जहाँ द्रौपदी र मेरा भाइहरू छैनन् , त्यहाँ म बस्न चाहन्नँ। तिनीहरू भएकै ठाउँ मेरा लागि स्वर्ग हुनेछ। यस स्थानलाई म स्वर्ग मान्दिन।"

अध्याय २: युधिष्ठिरलाई नरकको दर्शन[सम्पादन गर्नुहोस्]

देवदुतद्वारा युधिष्ठिरलाई नरकको दर्शन गराउंदै

युधिष्ठिरका यस्ता कुरा सुनेर उपस्थित देवताहरूले भने-"महाराज ! जहाँ तपाईंका भाइहरू र पत्नी बसेका छन् त्यहाँ यदि तपाईं जान चाहनुहुन्छ भने आनन्दपूर्वक जान सक्नुहुम्छ।"

देवताहरूको आदेश अनुसार एक देवदूतले युधिष्ठिरलाई लैजान थाले। अगाडि-अगाडि देवदूत लागे। उनको पछि-पछि युधिष्ठिर हिँडे। बाटो अँध्यारोले ढाकेको थियो। जुन अलि-अलि देखिन्थ्यो, त्यो भयानक जस्तो लाग्थ्यो।

बाटो मासु र रगतको हिलोले भरिएको थियो। चारैतर्फ हाड, लास र कपालहरू छरिएका थिए। जता हेर्यो उतै किराहरू सल्याङ-बल्याङ गरिरहेका थिए। निकै दुर्गन्ध आइरहेको थियो। जहाँ -तहाँ केही मानिसहरू लडेर चिच्याइरहेका थिए। कसैको हात काटिएको थियो। कसैका गोडा थिएनन् । यस्तो बीभत्स दृश्य देखेर युधिष्ठिर आत्तिए। उनले कुरा बुझ्न सकेनन्। थरी-थरीका विचार मनमा उठ्न थाल्यो।

उनले देवदूत सँग सोधे-"देवदूत! यस्तो बाटो अझै कति हिड्नु छ? मेरा भाइहरू कहाँ छन्। देवताहरूको यो कुन देश हो, यो कुरा म जान्न चाहन्छु।" धर्मराजको यस्तो कुरा सुनेर देवदूतले जवाफ दिए- "तपाईंलाई यहीँ सम्म नै आउनु थियो। महाराज! देवताहरूले मलाई जब युधिष्ठिर थाक्नेछन् उनलाई फिर्ता ल्याउनु भनेका छन्; अत: अब मैले तपाईंलाई फिर्ता लैजानु पर्छ। यदि तपाईं थाक्नु भएको छ भने मेरो साथमा आउनुहोस्।"


त्यहाँको दुर्गन्ध युधिष्ठिरलाई असह्य भइरहेको थियो। उनले फर्कने विचार गर्दै थिए। यत्तिकैमा चारैतिरबाट धेरैको करुण क्रन्दन एकसाथ सुनिन थाल्यो।

हे धर्मनन्दन! हे राजर्षी! हे पवित्र कुलमा उत्पन्न पांडुपुत्र युधिष्ठिर! तपाईं हामी माथि कृपा गरेर दुई घडीका लागि पर्खिदिनुहोस्। तपाईं आउँनासाथ परम पवित्र हावा चल्न थालेको छ। त्यो हावाले तपाईंको शरीरको सुगन्ध लिएर आएको छ, जसबाट हामीलाई निकै सुख भएको छ। पुरुषप्रवर! कुन्तीकुमार! नृपश्रेष्ठ! आज तपाईंको दर्शन मात्रैले पनि हामीले सुखको अनुभव गरिरहेका छौ। महाबाहु भरतनन्दन! तपाईं कृपा गरेर एक मुहुर्तसम्म यहीँ बसिदिनुहोस्, जसबाट हाम्रो यो दुख केही कम हुन सकोस्।"

दीनतापूर्ण वचन सुनेर दयालु राजा युधिष्ठिर त्यहाँ उभिए र भने- "अहो! यी बिचराहरूलाई धेरै कष्ट भइरहेको छ।"

जुन स्वर त्यहाँ सुनिरहेका थिए, ती सबै उनलाई परिचित जस्तो लाग्यो। उनले शोकात्तुर भएर सोधे-"तिमीहरू को हौ? के कारणले यहाँ आयौ?"

उनको यस प्रश्न गर्दा कुनै स्वरले भन्यो- "प्रभु! म कर्ण हुँ। म भीमसेन हुँ । म अर्जुन हुँ। म नकुल हुँ। म सहदेव हुँ। म धृष्टद्युम्न हुँ। म द्रौपदी हुँ। हामी द्रौपदीका पुत्र हौं।" यस प्रकार सबै जनाले चिच्चाएर आफ्नो नाम बताए। शोकबिह्वल युधिष्ठिर लाई असह्यय क्षोभ र ग्लानी भयो। उनले सहन सकेनन् र भने- "दैवको यो कस्तो विधान हो। मेरा यी महामना भाइहरूले, कर्णले, द्रौपदीका पाँच पुत्र र स्वयं द्रौपदीले कुन पाप गरेका थिए, जसले गर्दा यिनीहरूले यस्तो दुर्गन्धपूर्ण भयंकर स्‍थानमा निवास गर्नुपरेको छ। यी समस्त पुण्यात्मा पुरुषले कहिल्यै कुनै पाप गरेको मलाई थाहा छैन। धृतराष्ट्र पुत्र दुर्योधनले कुन चाहिँ पुण्य गरे जसबाट स्वर्गमा सुख भोगिरहेका छन्। मेरा भाइ सम्पूर्ण धर्मका ज्ञाता, शूरवीर, सत्यवादी तथा शास्त्र अनुकूल चाल्ने व्यक्ति थिए। उनीहरूले क्षत्रिय धर्ममा तत्पर रही ठूला ठूला यज्ञ गरे र धेरै धेरै दक्षिणा दिए। तैपनि उनीहरूको यस्तो दुर्गती किन भयो? म सुतिरहेको त छैन? कि यो मेरो मनको भ्रम हो?।"

शोक र शोकको आवेगले भरिएका राजा युधिष्ठिरले यसरी विभिन्न प्रकारले सोच्न थाले। त्यतिबेला उनको सबै इन्द्रिय चिन्ताले व्‍याकुल भएको थियो । धर्मपुत्र युधिष्ठिरको मनमा तीव्र क्रोध उत्पन्न भयो। तिनीहरूले देवता र धर्मलाई निन्दा गर्न थाले। त्यहाँको दुर्गन्धले उनी संतप्‍त भए र स्वर्गदूतलाई भने- "जसका तिमी दूत हौ, त्यहाँ फर्केर जाऊ । त्यहाँ गएर भनिदेऊ, म यहाँबाट फर्किन्नँ, आफ्नो मालिकलाई यसको खबर देऊ। यहाँ बस्ने कारण यो हो कि म यहाँ रहँदा मेरा यी दु:खी भाइ-बन्धुहरूलाई सुख मिल्छ।"

युधिष्ठिरले यस्तो कुरा बताएपछि देवदूत इन्द्र भएको ठाउँमा गए । त्यहाँ उनले युधिष्ठिरले भनेको सम्पूर्ण कुरा सुनाए।

युधिष्ठिरको देहत्‍याग[सम्पादन गर्नुहोस्]

युधिष्ठिर त्यस स्‍थानमा उभिएको दुई घडी बिताएका थिए, इन्द्र आदि सम्पूर्ण देवता त्यहाँ आए। साक्षात धर्म पनि शरीर धारण गरी राजासँग भेट्न त्यहाँ आए। देवताहरू आउने बित्तिकै त्यहाँ प्रकाश फैलियो । पापीहरूको विषम वेदनाको हृदय विदारक दृश्य पनि हरायो । न वैतरणी नदी रह्यो, न कूटशाल्‍मलि वृक्ष। राजा युधिष्ठिरले त्यहाँ चारैतिर जुन विकृत शरीर देखेथे, ती सबै अदृश्‍य भए। तदनन्तर त्यहाँ पावन सुगन्ध लिएर पवित्र शीतल सुख‍दायिनी वायु चल्न थाल्यो। इन्द्रको साथ मरुद्गण, वसुगण, दुबै अश्विनीकुमार, साध्यगण, रुद्रगण, आदित्यगण, अन्यान्य देवतालोकवासी सिद्ध र महर्षि सबै त्यस स्‍थानमा आए, जहाँ महातेजस्‍वी धर्मपुत्र राजा युधिष्ठिर उभिएका थिए।

तदनन्तर उत्तम शोभाबाट सम्पन्न देवराज इन्द्रले युधिष्ठिरलाई सान्त्‍वना दिँदै भने- "महाबाहु युधिष्ठिर! तिमीलाई अक्षय लोक प्राप्‍त भएको छ। पुरुषसिंह! प्रभो! अहिले सम्म जो भयो सो भयो। अब अधिक कष्ट उठाउने कुनै आवश्‍यकता छैन। हामीसँग आऊ। महाबाहो! तिमीलाई निकै ठूलो सिद्धि मिलेको छ। तिमीले जुन नरक देख्नु पर्‍यो, यसको लागी क्रोध नगर । समस्‍त भूमिपाल राजाहरूले नर्कको यतना अवश्य देख्नु पर्छ। पुरुषप्रवर! मनुष्यको जीवनमा शुभ र अशुभ कर्मको दुई राशि सञ्चित हुन्छ। जो पहिले नै शुभ कर्म भोग्छ, उसले पछि नरकमा जानु पर्छ। परंतु जो पहिले नरक भोग्छ, ऊ पछी स्‍वर्गमा जान्छ। जसको पाप कर्मको संग्रह धेरै हुन्छ, ऊ पहिले नै स्‍वर्ग भोग गर्छ। नरेश्वर! मैले तिम्रो कल्‍याणको इच्‍छाले नै तिमीलाई पहिले नै यस प्रकार नरकको दर्शन गराउन पठएको थिए । राजन! तिमीले गुरुपुत्र अश्वत्थामाको विषयमा छलबाट काम गरी द्रोणाचार्यलाई उनको पुत्रको मृत्‍युको विश्वास दिलाएका थियौ, यसकारण तिमीलाई पनि छलद्वारा नै नरक देखाइएको हो। जसरी तिमी यहाँ आयौ, यसै प्रकार भीमसेन, अर्जुन, नकुल, सहदेव तथा द्रुपदकुमारी कृष्णा- उनीहरू सबै छलद्वारा नरकको नजिकै ल्याइएका थिए। पुरुषसिंह! आऊ, उनीहरू सबै पापमुक्‍त भए।

भरतश्रेष्ठ! तिम्रा पक्षका जो-जो राजा युद्धमा मारिएका थिए, उनीहरू सबै स्‍वर्ग लोकमा पुगेका छन्। आऊ, उनका दर्शन गर। तिमी जसको लागि सदा संतप्‍त रहने गर्छौ, ती सम्पूर्ण शस्त्रधारिहारूमा श्रेष्ठ महाधनुर्धर कर्ण पनि परम सिद्धिको प्राप्‍त भएका छन्। तिमी पुरुषसिंह सूर्यकुमार कर्णको दर्शन गर। उनी आफ्नो स्‍थानमा स्थित छन्। तिमी उनको लागी शोक त्‍याग गर। महाबाहु! राजसूय यज्ञद्वारा जितेका तथा अश्वमेध यज्ञद्वारा वृद्धिको प्राप्‍त भएका पुण्‍य लोक प्राप्‍त गरा र आफ्नो तपको महान फलको भोग गर। युधिष्ठिर! तिमीलाई प्राप्‍त भएको सम्पूर्ण लोक राजा हरिश्चंद्रको लोकको समान सब राजाहरूको लोकभन्दा उच्च छ; जहाँ राजर्षि मान्धाता, राजा भगीरथ र दुष्यन्तकुमार भरत गएका छन्, त्यहीँ लोकमा तिमी पनि विहार गर्नेछौ। पार्थ! यो तीन लोकलाईइ पवित्र गर्ने पुण्‍यसलिला देवनदी आकाशगंगा हो।।"

त्यस समय शरीर धारण गरेर आएका धर्मराजले आफ्ना पुत्र युधिष्ठिरलाई भने- "महाप्राज्ञ नरेश! मेरे पुत्र! तिम्रो धर्म विषयक अनुराग, सत्‍यभाषण, क्षमा र इन्द्रियसंयम आदि गुणबाट म बहुत प्रसन्न भए। राजन! यो मैले तेस्रो पटक तिम्रो परीक्षा लिएको थिए। पार्थ! कुनै पनि युक्तिबाट तिमीलाई आफ्नो स्‍वभावबाट विचलित गर्न सक्दैन। द्वैतवनमा अरणिकाष्ठको  अपहरण गरे पश्चात जब यक्षको रूपमा मैले तिमीलाई कयौँ प्रश्न गरेको थिए, त्यो मैले गरेको तिम्रो पहिलो परीक्षा थियो। त्यसमा तिमी राम्रएए उत्तीर्ण भएका थियौ। भारत! फेरी द्रौपदी सहित तिम्रा सबै भाइको मृत्‍यु हुँदा कुकुरको रूप धारण गरी मैले दोस्रो पटक तिम्रो परीक्षा लिएको थिए। त्यसमा पनि तिमी सफल भयौ। अ‍ब यो तिम्रो परीक्षाको तेस्रो अवसर थियो; तर यसमा पनि आफ्नो  सुखको ख्याल नगरी भाइहरूको हितको लागी नरकमा रहना चाहयु, अत: तिमी यस प्रकार  शुद्ध प्रमाणित भयौ । तिमी मा पापको कुनै नाम छैन; अत: सुखी हऊ।

वास्तविकता थाहा पाएर युधिष्ठिरलाई निकै सुख भयो। उनले मानव शरीर त्यागेर दैवी शरीर प्राप्त गरे । दिव्‍य देह धारण गरी धर्मराज युधिष्ठिर वैरभावबाट रहित भई मन्‍दाकिनीको जलमा स्नान गरी उनको सारा संताप दूर भयो। शरीरका साथसाथै द्वैष र वैर विरोध जस्ता मानवीय दुर्बलताहरूबाट पनि निवृता भएर धर्मराज युधिष्ठिर पूर्ण रुपले पवित्र भए । तत्‍पश्चात उनी धर्मको साथमा त्यस स्‍थानमा गए, जहाँ पुरुषसिंह शूरवीर पांडव र धृतराष्ट्रपुत्र क्रोध त्‍यागी आनन्‍दपूर्वक आ-आफ्नो स्‍थानमा रहेका थिए।

युधिष्ठिरद्वारा दिव्‍यलोकमा श्रीकृष्‍ण, अर्जुन आदि का दर्शन[सम्पादन गर्नुहोस्]

Yudhishthira finds Draupadi in heaven, discovers that she is an avatar of the goddess Shri, who was born as the princess of Panchala.

कुन्तीकुमार युधिष्ठिरले भगवान मधुसूदनको दर्शन गरे। अत्यन्त तेजस्‍वी वीरवर अर्जुन भगवानको आराधनामा लागेका थिए। पुरुषसिंह अर्जुन र श्रीकृष्ण देवताहरूद्वारा पूजित थिए। यी दुईले युधिष्ठिरलाई देखेर उनको यथावत् सम्मान गरे ।

कर्ण- सुर्य देवको स्थानमा

भीम- वायु देवको स्थानमा

नकुल र सहदेव- आश्विनीकुमारको स्थानमा

द्रौपदी-लक्ष्मीको स्थानमा

भीष्म- बसुको स्थानमा

अभिमन्यु-चन्द्रको स्थानमा

सात्यकि तथा भोज-साध्‍य, विश्वेदेव तथा मरुद्गणको स्थानमा

द्रोणाचार्य- बृहस्पति

भीष्‍म आदि वीर आआफ्नो मूल स्‍वरूपमा मिलन र महाभारत का उपसंहार तथा माहात्‍म्‍य[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]