सामग्रीमा जानुहोस्

यमराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यम
मृत्यु र न्यायका देवता[]
आफ्नो वाहनमा सवार यमको १९ औँ शताब्दीको चित्र
अन्य नामहरूधर्मराज, यमराज, यम्मी
देवनागरीयम
आबद्धलोकपाल, देव, गण
वासस्थाननरक (यमलोक)
ग्रहयम[]
मन्त्र
  • ॐ सूर्यपुत्राय विद्महे
    महाकालाय धीमहि
    तन्नो यम प्रचोदयात्
  • ॐ वैवस्वताय विद्महे
    दण्डहस्ताय धीमहि
    तन्नो यम प्रचोदयात्
अस्त्रदण्ड, पाशगदा
वाहनभैँसी
वंशावली
अभिभावकहरू
भाइबहिनीहरूयमुना, अश्विनीकुमार, वैवस्वत मनु, रेवन्त, शनितपती
रानीधुमोर्णा[][]
सन्तानहरूसुनिता (छोरी);
युधिष्ठिर (छोरा)[]
मणिपुरीथोङ्गालेल[]

यम, जसलाई कालधर्मराजका नामले पनि चिनिन्छ, मृत्यु र न्यायका हिन्दु देवता हुन्। उनी आफ्नो निवास नरकमा नियमहरूको पालना गराउन र पापीहरूलाई दण्ड दिन जिम्मेवार मानिन्छन्।[][] उनलाई प्रायः 'धर्म' को मानवीकृत रूप धर्मदेवसँग पनि जोडेर हेरिन्छ, यद्यपि यी दुई देवताहरूको उत्पत्ति र पौराणिक कथाहरू फरक छन्।[१०]

वैदिक परम्परामा, यमलाई मृत्युवरण गर्ने पहिलो मर्त्य व्यक्तिको रूपमा मानिन्थ्यो जसले स्वर्ग जाने बाटो पहिल्याएका थिए;[११] जसको फलस्वरूप, उनी बितेका आत्माहरूका शासक बनेका थिए।[१२] उनको भूमिका, विशेषता र निवासको बारेमा उपनिषद, रामायण, महाभारतपुराण जस्ता ग्रन्थहरूमा विस्तृत व्याख्या गरिएको छ।

यमलाई देवी यमुनाको जुम्ल्याहा भाइ र भगवान सूर्य तथा संज्ञाका पुत्र भनी वर्णन गरिएको छ। उनले मृतकका आत्माहरूको न्याय गर्छन् र तिनीहरूको कर्मका आधारमा उनीहरूलाई पितृलोक, नरक वा पुनर्जन्मका लागि पठाउँछन्।

यम लोकपालहरूमध्ये एक हुन्, जसलाई दक्षिण दिशाको रक्षक नियुक्त गरिएको छ। उनलाई प्रायः भैँसीमा सवार, हातमा पासो वा गदा लिएको र गाढा वर्णको व्यक्तिको रूपमा चित्रण गरिन्छ।[१३]

यमलाई पछि बौद्ध, चिनियाँ, तिब्बती, कोरियाली र जापानी पौराणिक कथाहरूमा नरकको राजाको रूपमा अपनाइएको थियो। आधुनिक संस्कृतिमा, यमलाई भारतका विभिन्न सुरक्षा अभियानहरूमा भी चित्रण गरिएको पाइन्छ।

दाह्रा निस्किएको र हातमा दण्ड (लौरो) लिएका देवता यम। उनी कमलको आसनमा उभिएका छन् र उनको पछाडि उनको वाहन भैँसी देखिन्छ।
युवा स्वरूपमा चित्रण गरिएका यम

हिन्दु धर्ममा,[१४] यम दक्षिण दिशाका लोकपाल ("क्षेत्रका संरक्षक") र सूर्यका पुत्र हुन्।[१५] ऋग्वेदको दशौँ मण्डलका तीनवटा सुक्तहरू (१०, १४ र ३५) उनैप्रति समर्पित छन्।[१६] पुराणहरूमा, यमलाई चार हात भएका, बाहिर निस्किएका दाह्रा भएका, आँधीबेहरीको बादल जस्तो रङ्ग भएका र क्रोधित मुद्रामा वर्णन गरिएको छ। उनी ज्वालाको मालाले घेरिएका; रातो, पहेँलो वा नीलो लुगा लगाएका; हातमा पाश (पासो) र गदा वा तरवार बोकेका र भैँसीमा सवार भएको देखाइन्छ।[१७] उनले एक हातमा डोरीको पाश समात्छन्, जसको मद्दतले उनले मर्न लागेका मानिसहरूको प्राण तान्छन्। उनलाई दण्ड समातेको पनि देखाइन्छ।[१८] यम सूर्य र सरन्युका छोरा हुन्। उनी यमीका जुम्ल्याहा भाइ,[१९] श्राद्धदेव मनुका भाइ र शनिका सौतेनी भाइ हुन्।[२०] भारतभरि यमलाई समर्पित धेरै मन्दिरहरू छन्।[२१] विष्णुधर्मोत्तर पुराण अनुसार, यमलाई भैँसीमा सवार, तताइएको सुन जस्तो लुगा लगाएका र सबै प्रकारका गहनाहरूले सजिएका भनेर चित्रण गरिएको छ। उनी वर्षाको बादल जस्तो रङ्गका र चारवटा हात भएका छन्। उनकी पत्नी धुमोर्णा यमको देब्रे तिघ्रामा बसेको देखाइन्छ र उनको रङ्ग गाढा नीलो कमल जस्तो छ।[२२]

  1. यमका पत्नीका अन्य नामहरूमा उर्मिला र श्यामला पनि पर्दछन्।[] कतिपय स्थानमा यमलाई तीन पत्नीहरू हेमा-माला, सुशीला र विजयाका साथ पनि चित्रण गरिएको छ।[] धर्मदेवका रूपमा चिनिँदा, उनको विवाह दक्षका १० वा १३ छोरीहरूसँग भएको मानिन्छ।
  2. धर्मदेवका रूपमा चिनिँदा[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Cyclopaedia of India and of Eastern and Southern Asia, Commercial, Industrial and Scientific: Products of the Mineral, Vegetable and Animal Kingdoms, Useful Arts and Manufactures. Ed. by Edward Balfour (अङ्ग्रेजीमा), [Dr.:] Scottish and Adelphi Press, १८७३।
  2. "Planetary Linguistics", मूलबाट डिसेम्बर १७, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १२, २००७
  3. Puranic Encyclopedia by Vettam Mani
  4. Debroy, Bibek (२००५), The History of Puranas (अङ्ग्रेजीमा), Bharatiya Kala Prakashan, आइएसबिएन 978-81-8090-062-4
  5. Daniélou, Alain (१९९१), The Myths and Gods of India: The Classic Work on Hindu Polytheism from the Princeton Bollingen Series (अङ्ग्रेजीमा), Inner Traditions / Bear & Co, आइएसबिएन 978-0-89281-354-4
  6. Mani, Vettam (१९७५), Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, आइएसबिएन 978-0-8426-0822-0
  7. "Glimpses of Manipuri Language, Literature, and Culture", १९७०।
  8. Cartwright, Mark (१३ जुलाई २०१५), "Yama", World History Encyclopedia, अन्तिम पहुँच ९ जनवरी २०२१
  9. Shrinivasa M. (Jan १०, २०२०), "A temple for Yamaraj in Mahoba district | Mysuru News", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-१३
  10. Dalal, Roshen (२०१०), The Religions of India: A Concise Guide to Nine Major Faiths, Penguin Books India, आइएसबिएन 9780143415176
  11. "Yama And Markandeya – Chapter – 1 "Introduction" – Wattpad", www.wattpad.com, अन्तिम पहुँच ९ जनवरी २०२१
  12. Arthur Anthony Macdonell (१९९५), Vedic Mythology, Motilal Banarsidass, पृ: १७२, आइएसबिएन 978-8120811133
  13. Mani, Vettam (१९७५), Puranic encyclopaedia : a comprehensive dictionary with special reference to the epic and Puranic literature, Robarts - University of Toronto, Delhi : Motilal Banarsidass, पृ: ३६७, आइएसबिएन 978-0-8426-0822-0
  14. Shulman pp.36–39, 41
  15. "Yama – the god of death", HinduScriptures.com, १३ डिसेम्बर २०१७, अन्तिम पहुँच ९ जनवरी २०२१, "Vedic lifestyle, Scriptures, Vedas, Upanishads, Itihaas, Smrutis, Sanskrit"
  16. "Book 10 Hymn 14 – Yama", Rig Veda, अन्तिम पहुँच ८ जुलाई २०१७ Sacred-Texts.comद्वारा।
  17. Warrier, Shrikala (२०१४), Kamandalu: The seven sacred rivers of Hinduism (First संस्करण), London, UK: Mayur University, पृ: २९१, आइएसबिएन 978-0953567973
  18. "How much do you know about Yamaraj – the Hindu God of Death?", speakingtree.in, अन्तिम पहुँच २०१८-०१-०७
  19. "Yama: The god of death in Hinduism", Sanskriti Magazine – Hinduism and Indian Culture, १५ मार्च २०१५, मूलबाट ११ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जनवरी २०२१ अभिलेखिकरण ११ जनवरी २०२१ वेब्याक मेसिन
  20. Effectuation of Shani Adoration, Saturn Publications Pvt., पृ: १०, आइएसबिएन 9788190632713 Google Booksद्वारा।
  21. The Great Temples of India, Ceylon, and Burma, Asian Educ. Service, पृ: १९।
  22. [no title cited; ¿Vishnu Dharmottara?], Calcutta University Press, १९२८ Archive.orgद्वारा।