अन्तिम संस्कार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

अन्तिम संस्कार मानिसको मृत्यु पश्चात् गरिने संस्कार हो। यो विभिन्न धर्म र संस्कृति अनुसार फरक फरक हुन्छ। जस्तै .....ऋग्वेदी ,यजुर्वेदी ,सामवेदी | त्यस्तै प्रत्येक वेदका अलग् अलग् शाखाहरू हुन्छन् |प्रत्येक वेदशाखाका संस्कारहरू हुन्छन् |नेपालमा अधिक नागरिकहरू यजुर्वेदी छन् ,केही नागरिकहरू सामवेदीहरू छन् भने केही यजुर्वेदी भएर पनि अश्वलायनशाखाका ऋग्वेदी विद्वान कमलाकर भट्टका अनुयायी देखिन्छन् | उनीहरू माध्यन्दिनीय वाजसनेय शुक्लयजुर्वेदका श्रौतसूत्र,गृह्यसूत्र ,श्राद्धकल्पसूत्र, त्रिकण्डिक स्नानसूत्र,जस्ता अतिप्रामाणिक वैदिक ग्रन्थहरू हेर्न छाडी निर्णयसिन्धु नामक एउटा सामान्य निबन्धग्रन्थका आधारमा सारा संस्कारहरू सम्पन्न गर्न पुग्दछन् | नेपालमा विभिन्न धर्म मान्ने मानिसहरूले गर्ने संस्कार फरक हुने गरेको छ।

हिन्दु परम्परा[सम्पादन गर्ने]

हिन्दु परम्परामा मृतकको लासलाई नदी किनारमा जलाउने परम्परा छ। हिन्दूहरूका निमित्त जीवनको अन्तिम संस्कार अन्त्येष्टि संस्कार हो। मृतकका नातेदारहरूले मृत्युपछिको जीवनमा मृतकलाई सुख र कल्याण होस् भन्ने भावनाले यो संस्कार सम्पन्न गर्दछन्। अन्य संस्कार जस्तै पछिका युगहरूमा यसका अनेक विधि-उपविधिहरू थपिँदै गए र यो एक स्वतन्त्र र महत्वपूर्ण संस्कार हुनपुग्यो। हिन्दूहरूका निमित्त यस लोकको जीवनभन्दा परलोकको जीवन ज्यादै महत्वपूर्ण भएकाले अन्त्येष्टि संस्कार अनिवार्य र धेरै सावधानीपूर्वक गर्ने गरिन्छ। हिन्दू धारणामा आत्मा र शरीर अलग हुनु नै भौतिक अर्थमा मृत्यु हो। प्रत्येक मृतकको आत्मा पारिवारिक सन्तति र नातेदारहरूको मायाको कारणले आफ्नो गन्तव्य स्थानतिर नगएर घरको वरपर नै बसिरहन सक्ने र हानि पुर्‍याउन सक्ने हुनाले यस्तो स्थानसम्म पुगोस् भनेर अन्त्येष्टि संस्कार गरिन्छ। अग्निद्वारा दाहसंस्कार गरेर मृतक आत्मालाई पवित्र बनाउनुको साथै पितृलोकतिर बिदा गरिन्छ। पितृलोकतिर प्रस्थान गर्दा कुनै पनि कुराको अभाव नहोस् भनेर खाद्यान्नहरू, कपडाहरू र मार्गदर्शनका निमित्त गाईदान गर्दछन्। प्रारम्भमा शरीरलाई जमीनमा गाड्ने वा जलाउने चलन नभएको बुझिन्छ। वैदिककालदेखि मात्र यस्तो चलन लोकप्रिय हुनथाल्यो। बालकको मृत्यु भएमा वा सन्तहरूलाई अग्निमा नराख्ने पुरानो चलन हिन्दू समाजमा अहिले पनि छ। दाहसंस्कार गरेपछि बाँकी रहेको अस्थि अवशेषलाई पुनः कुनै पात्रमा राखेर भूमिमा गाड्ने प्रलचन शतपथ ब्राह्मण,माध्यन्दिनीय श्रौतसूत्र तथा गृहसूत्रहरूमा उल्लेख गरेको पाइन्छ।

मुसलमान परम्परा[सम्पादन गर्ने]

मुसलमान समाजमा दाहसंस्कारको अनौठो परम्परा रहेको पाइन्छ।उनीहरू लासलाई तीन पटक नुहाइदिन्छन् र कपडाले लासलाई बेर्दछन्।यसका लागि सामान्यतया धेरै कपडा प्रयोग गरिन्छ।मुसलमान समाजमा लासलाई गाड्ने चलन छ।उता क्रिश्चियन परम्परामा मृतकको लासलाई कफनमा राखिन्छ।लासमा सुगन्धित अत्तर छर्केर प्रार्थना गरी चिहानमा गाडिन्छ।फारसी सम्प्रदायका मानिसहरू लासलाई एक अग्लो स्थानमा राख्छन्।पक्षीहरूले लासलाई खाइसकेपछि मात्र मृतकको अस्थिपञ्जरलाई विसर्जन गर्ने गरिन्छ।नेपाललगायत विश्वका थुप्रै देशमा गरिने विविध किसिमका अन्त्येष्टिहरूको एउटै उद्देश्य मृतात्माको शान्तिको कामना गर्नु नै हो।

बौद्ध धर्ममा[सम्पादन गर्ने]

बौद्धायन र गृहसूत्रले मृत्युको निश्चय हुनासाथ त्यस्ता व्यक्तिहरूलाई भूमिमा राख्ने अर्थि तैयार पार्ने र मृत्यु हुनुअगावै यसरी तैयार पारिएको अर्थिमा दक्षिण सिरान पारेर सुताउने र मृतकका कानमा धार्मिक मन्त्रहरू सुनाउने विधि उल्लेख गरेको पाइन्छ। शरीरबाट प्राण निस्कन लागेपछि केही अन्तिम दानहरू गरिन्छ र प्राण गइसकेपछि मृतकको मुखमा पवित्र गङ्गाजल र तुलसीजल आदि राखिन्छ। वर्तमान समयमा लास बोक्नको लागि अर्थि बनाउँदा प्रायःजसो बाँस प्रयोग गरेको पाइन्छ। यस्तो अर्थिमाथि लाश दक्षिण सिरान पारेर उत्तानो पारेर राखिन्छ। लाशलाई आˆना नातासम्बन्धी वा समान वर्णका बाहेक अरूले छुनु हुँदैन भन्ने स्मृतिग्रन्थहरूमा उल्लेख गरेको छ। दाहसंस्कार गरिने ठाउँमा लगिने काममा मृतकको छोरा र भाइहरूको मुख्य भूमिका हुन्छ। शवयात्रामा पनि अगुल्टोमा चिलिम राखेर आगो बालेर जेठो छोरो अघि लाग्नुपर्ने एवं मलामी जानेहरूमा मृतक सपिण्डीहरू, नाताहरू र मित्रहरू हुनुपर्ने विवरण गृहसूत्रमा उल्लेख गरेको पाइन्छ। -डा. गणेशप्रसाद क्षेत्री र सोमप्रसाद खतिवडा हिन्दू समाज र धर्म, विराटनगर शिवा प्रकाशन वि.सं. २०५४, पृ. २६५) सूत्रस्मृतिकालदेखि लोग्नेमानसि मरेमा मृतककी विधुवालाई पनि एकसाथ चितामा राखेर जलाउने चलन चल्यो। यो अमानवीय परम्परा हाम्रो समाजमा धेरै कालसम्म रहिरहृयो। यसलाई सतीप्रथा भनिन्छ। नेपाली र भारतीय हिन्दू समाजमा यो प्रथा बीसौँ र उन्नाइसौँ शताब्दीमा कानूनी प्रतिबन्ध लागेपछि मात्र हट्यो।

नेपाली समाजमा अन्य मृत्यु संस्कार /अन्त्येष्टि[सम्पादन गर्ने]

मृतकको शवलाई स्मशानसम्म लाँदा तीनपटक बिसाउने र यमसूत्र, हरिनाम या रामनाम जप्ने सूत्रयुगदेखि नै विकिसत हुँदैआएको परम्परा हो। स्मशानमा पुगेपछि दाउराले चिता बनाएर चितामाथि लाश राखेपछि मुख्यकर्ताले वैदिक मन्त्रोत्चारणसाथ लाशको मुखमा आगो राखेपछि मुखपट्टबिाट चितामा आगो सल्काउने काम गर्नुपर्दछ। चितामा श्रीखण्ड चन्दनजस्तो सुगन्धित काठ राख्नु आवश्यक मानिन्छ। दाहसंस्कारपछि मलामी जाने सबैले खोला वा गङ्गामा नुहाएर मात्र घर फर्किने काम हुन्छ। घर र्फकेपछि ढुङ्गो, गोवर, अग्नि, तिल स्पर्श गर्ने वा निमपत्ती टोकेर शुद्ध भएर मात्र गृहप्रवेश गर्ने विधान छ। पूरा एक वर्षसम्म त्यो घर अपवित्र हुन्छ र मृतकका छोरा, परिवारले त्यस अवधिसम्म आशोचको नियम मुताविक बस्नुपर्दछ। जो साधारणतया १३ दिनको हुने गर्दछ। १३ दिनसम्म क्रियामा बस्नेहरूलाई प्रेतात्माले नपिरोस् भनेर गरुडपुराण सुनाउने चलन पनि छ। -डा. पेशल दाहाल, नेपालको इतिहास र संस्कृति, एम.के. पब्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स, भोटाहिटी प्रकाशन, वि.सं. २०५६, पृष्ठ १५६)

अन्त्येष्टि संस्कारको मुख्य प्रक्रिया पिण्डदान हो। पिण्डदान मृतकको आत्मा पितृलोक नपुगेसम्म उसलाई बाटोमा चाहिने भोजनको रूपमा गरिएको हो। सूत्रसाहित्य अनुसार प्रथम दिनको पिण्डले मृतको भोक, तृष्णा एवं रक्तनलिकाहरूको निर्माण गर्ने, दोस्रो दिनको पिण्डले नाक-कान आँखा निर्माण गर्ने, तेस्रो दिनको पिण्डले गला, काँध, पाखुरा र छाती निर्माण गर्ने र यस प्रकार प्रत्येक दिन नौ दिनसम्मका पिण्डले मृतकको आत्माको सम्पूर्ण शरीर निर्माण गर्न उल्लेख छ।

दशौँ दिन मृतकको प्रेतावस्था निवारणका निमित्त मृतक र यमलाई पिण्डदान गरिन्छ। एघारौँ दिन मृतकलाई मोक्ष प्राप्ति होस् भनेर पिण्ड दिनुका साथै यसै दिन काट्टो खुवाउने भनेर ब्राहृमणलाई भोजन गराइन्छ। बाह्रौ दिन पनि पिण्डदान गर्नुका साथै ब्राहृमणहरूलाई दान दक्षिणा गरी भोजन गराउने चलन छ। तेह्रौँ दिन सबै कार्य समाप्त गरेर मलामीहरूलाई भोजन खुवाएपछि मृतक मुक्त भएर पितृसरहको स्थानमा पुग्ने विश्वास गरिन्छ। त्यसपछि पनि वर्ष दिनम्म हरेक महिनामा मासिक श्राद्ध गरिन्छ र वर्ष दिन पुगेपछि एक मुख्य बरखी श्राद्ध गर्ने र गौदान तथा अन्य दानहरू दिने चलन छ। गौदान गर्नुको तात्पर्य हो मृतक यस लोकबाट अर्को उच्चलोकतिर जाने बाटोमा पर्ने वैतरिणी नदी तर्न सजिलो होस्। वर्ष दिनको काम सम्पन्न भएपछिका वर्षहरूमा पितृलाई मरेको तिथिमा तर्पण पिण्ड दिन वाषिर्क श्राद्ध गरिरहने प्रथा छ। वर्षभरि हरेक महिना मासिक श्राद्धमा ब्राहृमणलाई दान दिइन्छ तर यो आशोच बार्ने श्राद्ध गर्ने काम मृतकको उमेरमा भर पर्दछ। बालकका लागि यतिका विधि आवश्यक छैनन्। केही विधिहरूमा स्थानीय परम्पराले पनि प्रभाव पारेका छन्। अन्त्येष्टि नै हिन्दूहरूको अन्तिमको मुख्य र महत्वपूर्ण संस्कार हो

मुस्ताङ जिल्लामा बसोवास गर्ने चिम्तन, ठिन्तन र स्याङ्तन जातिमा कसैको मृत्यु भएमा लासलाई मूल कोठामा राखिन्छ।कालिगण्डकीबाट चोखो पानी र बालुवा ल्याई लिपपोत गरेपछि बालुवा छर्किन्छ र त्यस ठाउमा लास राखिन्छ।त्यसपछि इष्टमित्र, दिदीबहिनी, आफन्त, गाउलेहरू जम्मा हुन्छन्।लासवरिपरि १०८ बत्ती बालिन्छ, फलफूल चढाइन्छ।लामा झाक्रीले लास उठाउने साइत हेर्नुहुन्छ।अन्त्येष्टि सोमबार, बुधबार र बिहीबार मात्रै गरिन्छ।लासमा दागबत्ती चढाउने काम जेठा छोराबाटै हुन्छ, जेठो छोरा नभएको खण्डमा दाजुभाइ र आफन्तबाट गराइन्छ।ढ्याङ्ग्रो र दमाहा बजाउदै लासलाई गाड्ने वा जलाउने स्थानमा लगिन्छ।लासलाई गाड्ने वा जलाउने भन्ने निर्णय लामाले गर्नुहुन्छ।छोराहरूले अन्त्येष्टिपछि सेतो कपडा लगाउछन्।समसान घाटबाट फर्केपछि मलामीलाई जाड, रक्सी मनग्गे खुवाइन्छ।

हिमाली भेगमा बसोवास गर्ने भोटे जातिमा गरिने अन्तिम संस्कार नेपालमै अनौठो किसिमको मानिन्छ।यस जाति मानिस मर्दा अन्तिम संस्कारका लागि लामा बोलाईन्छ।लामाले लासलाई साइत हेरी टुक्रा टुक्रा पारेर गिद्द र चिललाई खुवाउनुहुन्छ।गाड्ने जलाउने परम्परा प्रायः प्रत्येक जातिमा पाइए पनि लासलाई टुक्राटुक्रा पारेर गिद्द र चिललाई खुवाउने परम्परा यही जातिमा मात्रै छ।यस जातिको जुठो सुतक बार्ने चलन छैन, अन्तिम संस्कारको कार्य सकिनासाथ सम्पूर्ण कार्यक्रम यथावत् रूपमा चल्न थाल्दछन्।

सुनकोशी प्रवाहित क्षेत्रमा बसोवास गर्ने दनुवार जातिमा कसैको मृत्यु हुादा त्यो बालक छ भने नदी किनारमा लगेर गाडिन्छ र वयस्क छ भने दाहसंस्कार नै गरिन्छ।लास पूरै नजलुञ्जेल कुरेर बस्ने र पूरै जलाउने चलन भने छैन, लासमा दागबत्ती दिएर सबै घर फर्किन्छन् र भोलिपल्ट लासको निरीक्षण गर्न घाटमा जान्छन्।जल्न बाकी रहेछ भने पुनः जलाएर घर फर्किन्छन्।

मकवानपुरमा बसोवास गर्ने बनकरिया जातिमा लासलाई गाड्ने र जलाउने दुवै परम्परा छ तैपनि प्रायः गाड्ने नै गर्दछन्।लासलाई गाड्दा भुइमा सालका बोक्रा ओछ्याई त्यसै माथि राखिन्छ र लासको माथि पनि सालका बोक्राले छोपेर माटोले पुर्ने गरिन्छ।यसो गर्नाले लास लामो समयसम्म सड्दैन भन्ने विश्वास गरिन्छ।

कालीगण्डकी, मादी, सेती आदि नदीका किनारामा बसोवास गर्ने बोटे जातिमा घरभित्र मर्न दिनु हुदैन भन्ने धारणा छ।मर्न लागेको मानिसलाई आगनमा ल्याएर सुनपानी खुवाइन्छ।यस जातिमा लासलाई गाड्ने चलन छ।गाड्दा लाससागै मृतकले प्रयोग गर्ने सबै वस्तु र खाने कुरा समेत पुरिन्छ।यसो गरेन भने मृतक प्रेत बनेर सताउाछ भन्ने धारणा छ।

दोलखाको तामाकोशी नदीको किनारमा बसोवास गर्ने सुरेल जातिमा कुनै मानिसको मृत्यु हुदा लासलाई पिढीको दायापट्ट िराखिन्छ।लासलाई जलाउने गरिन्छ।जलाउनुभन्दा पहिले लासलाई नुहाइदिन्छन् र नया वस्त्र पहिर्‍याएर चितामा राख्छन्।चिता बनाउदा पनि मृतकको उमेरको गणनाका आधारमा दाउराको सङ्ख्या राखिन्छ।

पूर्वी नेपालको इलाममा बसोवास गर्ने लेप्चा समाजमा मानिसको मृत्यु भएपछि घरको ढोकाबाट लासलाई बाहिर निकालिादैन, अर्कै ठाउामा भित्ता फोडेर लास बाहिर निकालिन्छ र गाउाले, आफन्त मिलेर लासलाई उाचो पाखामा लगेर गाडिन्छ।

माझी जातिमा मानिस मर्दा गाड्ने गरिन्छ।मानिस गाडेको चिहानमाथि मृतकको खाट उत्तानो पारेर राखिन्छ भने ओछ्याउने गरेको डसना गुन्द्री आदि पनि त्यहीा छाडिन्छ।

मानिसको लासलाई पूरै ढाक्ने चलन सबैमा भए पनि मेचे जातिहरूमा कसैको मृत्यु भएमा त्यसको मुख ढाकिादैन।पुरोहितले दाहसंस्कार गर्ने वा गाड्ने आदेश दिनुहुन्छ।

राई र लिम्बू जातिमा कोही मरेमा पहिले बन्दुक पड्काएर मलामी छिमेकीलाई बोलाउने चलन छ।मलामी जादा सबै मलामीहरूले हात हातमा खुाडा, खुकुरी, बन्दुक, तरबार आदि हातहतियार बोकेर हाहाहुहु गर्दै लास लैजाने चलन छ।लासलाई गाड्ने काम सकिएपछि जाड चढाउनुपर्छ।गाडेको लासको मुखमा बासको नली राखिएको हुन्छ र त्यसमा दिनहुा सात दिनसम्म बाहिरबाट जाड हाल्ने गरिन्छ।कुनै कुनै राई, लिम्बूहरूमा लासलाई बाकसमा हालेर ठूला नदीमा प्रवाहित गर्ने चलन पनि थियो तर यस्तो चलन हिजोआज हराइसकेको छ। थमी जतिमा पनि मानिस मरेपछि जमीनमा खल्डो बनएर गाड्ने चलन छ। लास लाई सकेसम्म आफनै जमीनमा गाड्नु पर्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

१) प्रेमकुमार खत्री - नेपाली समाज र संस्कृति -काठमाडौँ साझा प्रकाशन) वि.सं. २०४४

२) प्रेमकुमार खत्री - नेपालका धार्मिक मत र सामाजिक संरचना -काठमाडौँ एम.के पब्लिर्सस एण्ड डिष्टिब्युटर्स, भोटाहिटी प्रकाशन) वि.सं. २०६०

३) एचबदजग, ए।ल्।ज्, -ज्ष्लमग क्यअष्ब इिचनबलष्शबतष्यल ९द्धतज भ्मष्तष्यल०, द्यomदबथ एयउगबिच एचभकक, ज्ञढटघ।

४)डा. गणेशप्रसाद क्षेत्री र सोमप्रसाद खतिवडा- हिन्दू समाज र धर्म

-विराटनगर, शिवा प्रकाशन) वि.सं. २०५४ पृष्ठ २६५

५) डा. पेशल दाहाल- नेपालको इतिहास र संस्कृति -काठमाडौँ एम.के. पब्लिर्सस एण्ड डिष्टिब्युसर्स, भोटाहिटी प्रकाशन) वि.सं. २०५६ पृष्ठ १५६। r