सामग्रीमा जानुहोस्

खुकुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खुकुरी
प्रकारधारिलो हतियार
उद्गम स्थलनेपाल
सेवा इतिहास
उपयोगकर्तागोर्खाली, खस, किराँत आदी
युद्धहरू
उत्पादन इतिहास
रूपान्तरहरू
  • भोजपुरे खुकुरी
  • सिरुपाते खुकुरी
  • अङ्खोला खुकुरी
  • चैनपुरे खुकुरी
  • पनावल खुकुरी

खुकुरी नेपालमा विभीन्न जात जाती हरुले आफ्नों संस्कार र संस्कृति अनुसार कुल पुजा गर्ने गरेको पाईन्छ खस, मगर, राई, लिम्बु, गुरुङ आदी नेपाली हरूको खुकुरीमा कुल देवताको बास हुन्छ । यसको पवित्रता रहेसम्म मात्र ती देवताको बास हुन्छ भन्ने पनि किम्बदन्ती छ । त्यसैकारण नेपालीहरू खुकुरीको कहिल्यै पनि दुरुपयोग गर्नु हुँदैन भन्ने मान्यता राख्छन् । नयाँ खुकुरी किनेर चलनमा ल्याउनुभन्दा अगाडि कुलदेवताका नाममा समर्पण गरी पूजा तथा भोग चढाउनुपर्छ भन्ने पनि मान्यता छ । यदी कुनै कारण बस खुकुरीमा लाता लाग्यो भने ढोग्ने गरीन्छ ।[स्रोत नखुलेको]

त्यसैगरी बूढापाकाहरू भन्छन् कि आफ्नो खुकुरी आफ्नो जातभन्दा बाहिरकालाई छुन दिनु हुँदैन । छुन दिँदा कुलदेवता रिसाउँछन् भन्ने विश्वास छ । त्यस्तै, खुकुरीलाई दापबाट विनाकाम निकाल्नु र निकालेर उज्याउनु पनि हुँदैन भनिन्छ । नेपाली जनमानसमा यस्तै विश्वास छ कि खुकुरीले अनजानमै भोग खान्छ (रगत बगाउँछ) । यदि अनजानमै दापबाट खुकुरी निकालियो भने, बूढापाकाहरू भन्छन् कि त्यसको दोष मेट्न खुकुरीलाई काठ, भुइँ वा जेमा भए पनि हानेर शान्त पार्नुपर्छ ।[स्रोत नखुलेको]

नेपाली समाजमा खुकुरी लाई देवताको रुपमा पुजा गरीने गरीन्छ जाहाँ मूर्तिको स्थापना गर्न असम्भव हुन्छ त्याहाँ खुकुरी लाई राखी पुजा गर्ने गरीन्छ । वोन धामी झाँक्री वसेको ठाउँमा अनिवार्य रुपमा खुकुरीलाई गाडने गरिन्छ । अझ यसलाई सिरानीमुनि राखी सुत्दा भूत–प्रेतले छुन सक्दैन भन्ने मान्यता छ । खाँडो जगाउने मन्त्रमा समेत खुकुरीको प्रसंग पाइन्छ । यी धारणाहरू हिमवत्खण्डका अन्य जाति–संस्कृतिमा पाइने विश्वासहरूसँग कुनै न कुनै रूपमा मिल्दाजुल्दा पनि छन् ।[स्रोत नखुलेको]

खुकुरी मा तीनवटा धर्सोहरू पनि अनिवार्य रुपमा हुनैप्छ र तलदेखि बिँडको छेउँसम्म ति धर्सोहरू खिचिएको हुनुपर्छ । खुकुरीको टुप्पादेखि कौडीसम्म धार अनिवार्य रुपमा राखिएकै हुनुपर्छ, र धार र बिँडको बीचमा तीनचोसे कौडी पनि हुनै पर्छ ।[स्रोत नखुलेको]

यसले त्रिगुण ब्रम्हा विष्णु महेश्वरको प्रतिनीधि गर्छ । परम्परागत मान्यता : नेपालको पूर्वी भागमा बस्ने सुनुवार समुदायमा खुकुरीलाई गोरखनाथको गुफा अगाडि राखिने हतियार मानिन्छ । गोरखनाथको प्रसंगसँग जोडिएर आएको हुनाले यसको इतिहास गोरखाको जस्तै पुरानो भएको मानिन्छ । द्रव्य शाहलाई गोरखाको राजा बनाउन अह्म भूमिका निर्वाह गरेका गणेश पाण्डे नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाह, काजी कालु पाँडे, काजी तुलाराम पाँडे, कपरदार भोटुँ पाँडे लगायतको कम्मरमा दापसहितको खुकुरी रहेबाट पनि यसका प्राचीनताको पुष्टि हुन्छ ।[स्रोत नखुलेको]

भोजपुरे खुकुरी
सिरुपाते खुकुरी

भोजपुरे खुकुरी

[सम्पादन गर्नुहोस्]

भोजपुरको पहिचान यो खुकुरी सिरुपाते खुकुरी भन्दा बाक्लो, गह्रौ र बढि चौडाई भएको हुन्छ।

सिरुपाते खुकुरी

[सम्पादन गर्नुहोस्]

यो भोजपुरे खुकुरीको तुलनामा अलिक लाम्चो देखिन्छ।

खुकुरी नेपालको आदर्श चिनो हो। यो नेपालीहरूको आधारभूत र पारम्परिक जरुरी हतियार थियो र आज पनि छ। हतियारको रूपमा धेरै प्रभावी खुकुरी, विश्वमा छरियेका सबै गोर्खालीहरूको चिनो मात्र होईन, शान पनि हो। यो नेपाली सेनाको पनि हतियार चिनो हो।

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]