दनुवार जाति
दनुवार जाति नेपालको सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र रामेछाप जिल्लाका नदी किनारका क्षेत्रमा बसोबास गर्ने समुदाय हो । तराईका सिरहा सप्तरी धनुषा तथा विहारको मधुबनी तथा दरभंगा जिल्लामा पनि यस जातिको बसोबास रहेको छ । दनुवार जातिले बोल्ने भाषालाई दनुवार भाषा भनिएतापनि तराई तथा भारतका दनुवारले मैथिली नै बोल्दै आएको छ ।