श्रेणी:नेपालका जनजातिहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
   विराट राजवंशी

नेपालको पूर्वी तराईमा अवस्थित एक सुन्दर शहर विराटनगरमा बसोवास गर्ने राजवंशी समुदायले राजवंशीमा ‘विराट’ जोड्नुको एकमात्र कारण संभवत बङ्गाली (कोच) राजवंशी भन्दा पृथक पहिचान दिने उद्देश्य हो । सरकारले आदिवासी जनजातिको सूचीबाट विराट राजवंशी ( BIRAT RAJBANSHI) लाई नसमेटी आफ्नो हक अधिकार संरक्षण र रक्षा साथै पहिचानलाई नामेट गर्न खोजे पनि परापूर्वकालदेखि आफ्नै पहिचान छ । विराट राजवंशीलाई राजा सूर्यवंशी क्षेत्रीको सन्तान पनि भनिन्छ । तर यसबारेमा खास उत्पत्ति कहाँबाट भएको भन्ने कुनै लिखत दस्तावेज वा बलियो प्रमाण भने यही नै भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन । क्षेत्री राजा कार्तवीर्य अर्जुनले पर्शुरामको बुवाको अनाहकमा हत्या गरेपछि क्रोधित भएका पर्शुरामले भेटेजति क्षेत्रीहरूको नरसंहार गर्दै हिंडे । त्यतिबेला उनले करोडको संख्यामा क्षेत्रीहरू मारेको भन्ने एक किम्वदन्ती छ । क्रोधित पर्शुरामबाट बच्न कै लागि जनै फालेर विराट राजवंशीहरूले पहिचान लुकाएको एक अनुमान गरिन्छ । विराट राजवंशी र कोच राजवंशीलाई एउटै जाति सरी नेपालको आदिबासीमा समावेश गरिएको छ । यसले कतै वास्तविकता छुट्यो कि भनेर यी विषयको उठान आवश्यक देखिन्छ । यी दुबै जातिका फरक संस्कृति, भाषा र फरक भेषभूषा छन् । विराट राजवंशीहरू राजा विराटको समयदेखि विराटनगरमा बसोबास गर्दै आएका हुन् । पौराणिक कालमा १२ वर्ष वनबासपछि पाण्डवहरूले आफ्नो १३ औं वर्षमा विराट राजाको राजधानी मात्स्यदेश हालको विराटनगरमा अज्ञात बास बिताएका थिए । इतिहास हेर्दा थारू जाति पश्चिमदेखि बसाई सरेको पाइन्छ । धेरैवर्षपछि कोशी नदी तरेर आएका सप्तरीका थारूहरू त झन् आफूलाई कोचिला थारू भन्दा ठूला ठान्दछन् । यसको मतलब थारूहरू पनि नेपालको पश्चिमी भेगदेखि नै आएको र उनीहरूको उत्पत्ति कोशी नदीको वरिपरि नभएको बुझिन्छ । पहिले कामरूप नामले चिनिने कामता राज्यको कोच राजवंशीहरू कोच राजाका सन्तती हुन् । उनीहरू कोच जनजातिमा पर्दछन् । विश्व सिंह कोच राजवंशका एक राजा थिए जो हरिया मण्डलका छोरा हुन् । त्यसैले के भन्न सकिन्छ भने बङ्गाली राजवंशीहरू कोच बिहार र भारतको उत्तरपूर्व जिल्लाबाट नेपाल बसाई सराइ गरेका हुन् । केही विराट राजवंशीहरू पनि आफूलाई कोच राजवंशी हो भनेर दाबी गर्छन् । यो बहस खासै महत्वपूर्ण नहुन सक्छ किनकी यो एउटा अनुमान मात्र हो । यदी कोच राजवंशीहरू हरिया मण्डलका सन्तान ठान्छन् भने विराट राजवंशी मात्र होइनन् कोच राजवंशी नि हुन सक्छन् । नेपालमा विराट राजवंशी मण्डल थर प्रयोग गर्ने थुप्रै छन् – तर बङ्गाली राजवंशी मण्डल प्रयोग गर्न पाइएको छैनन् या कि त विराट राजवंशी पहिले नै कोच विहारबाट धेरै वर्षअघि विराट राजाका पालामा बसाई सरेको हुनु पर्छ । बिराट राजवंशी ,बङ्गाली राजवंशी भन्दा धेरै अघि आएको हुनुपर्छ । अथवा विराट राजवंशी धेरै अघिदेखि विराटनगरमा बसेको हुन सक्छ त्यसैले यी दुई जातिको फरक संस्कृति, भाषा र भेषभूषा भएको हुन सक्छ । यदि राजा विराटलाई विराटनगर र महाभारतको इतिहाससँग जोड्ने हो भने राजा विराटका शाखा सन्तान र यहाँका प्रजालाई नकार्न सकिदैन । तसर्थ इतिहाससँग सम्बन्धित लिखित दस्तावेज नभएपनि यहाँको एक मात्र आदिवासी विराट राजवंशीको पहिचानलाई पनि नकार्न सकिदैन । प्रयोगका हिसाबले ‘कोच’ र ‘राजवंशी’ एउटै लागे पनि भारतको शाही राजपत्रमा उल्लेख छ । कोचहरू आफूलाई राजवंशी भन्दछन् तर के विश्वास गरिन्छ भने यी दुई जातिहरू फरक ठाउँबाट उत्पत्ति भएका हुन् , जहाँ कोचहरूको द्रावेडियन जनजाति उत्पत्ति हो । राजवंशी शब्दावली कोच राजा शक्तिमा आउनु पूर्व प्रयोग भएको हो ।’–(बङ्गाली जागरणना प्रतिवेदन सन् १९०१,भाग १, पेज ३८२–३८३ )

  कोच वंशको सुरूवाती

मेचे प्रमुख हरिया मण्डलले कोचे प्रमुखका दुई छोरीहरू बहिनी हीरा र जीरासँग बिहे गरे । हरिया मण्डलको डोमेन (कार्य क्षेत्र) सुनकोशी नदी र चम्पावती नदीको बीच भागमा पर्ने चिक्ना पहाड जुन आसामको ग्वालापाडा जिल्ला धोबीको ८० किमी उत्तरपूर्वतिर पर्दछ । जब खेन वंशको १४९८ पतनमा भयो, हरिया र हीराको छोरा बिसु जोपछि विश्व सिंह भनेर चिनिन्थे, उनले कामता राज्यमा कोच वंशको सन् १५१५ मा सुरू गरे । यस कारण यी दुई जातिको भिन्नता बङ्गाली कोच र बिराट राजवंशीको रगत नमूनाको परीक्षणबाट मात्र थप प्रमाणित हुन सक्दछ । कोच राजवंशीहरूमा ‘एचबीई’ जिन प्रशस्त पाइन्छ भने द्रावेडियन राजवंशी जातिमा कम पाइन्छ । इतिहासले धेरै कुरा बताउँछ । यद्यपि हामीलाई पनि थाहा छ । इतिहास कालो अँध्यारो हुन्छ । सत्य जे सुकै होस् तर हाम्रो कोशिस यो सुन्दर संसारमा हाम्रो पनि उपस्थिति छ । दुःखद भन्नु पर्छ जो लोपोन्मुख अवस्थामा छ । अहिले राजवंशीको जनसंख्या ६० हजारको हाराहारीमा हुनु पर्छ । सरकारी पहुंचमा भने फिटिक्कै छैन । तर पनि हाम्रो संस्कृति र भेषभूषाको संरक्षणको लागि हाम्रो प्रयास निरन्तर जारी छ । हामी नेपालको संविधान (राजपत्र)मा “विराट क्षेत्रीय राजवंशी” छोटकरीमा “विराट राजवंशी” “नेपाल आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान” मा अलग पहिचानसहित सूचिकृत गरियोस् भनि हामी राजवंशी माग गर्दछौं । नोट ः कोच राजवंशीहरू विराट राजवंशीलाई खोट्टा थर भनेर भन्दछन् । यसको जवाफको लागि खोट्टाको अर्थ बुझ्न अत्यन्त जरूरी छ । खोट्टा भन्नाले कुनै थर भनेर चिनिदैन वा बुझिदैन । खोट्टाको अर्थ जाति होइन्, भाषा हो । खोट्टा भन्ने शब्द खोरठाबाट आएको हो । खोट्टा अथवा खोरठा भारतको झारखण्ड प्रान्तमा बोलिने मैथिली भाषाको उपभाषा हो । यो खोट्टा, खोरठा भाषा उत्तरी छोटानागरपुर र सन्थाल परगना डिभिजन अन्तर्गत १३ वटा जिल्लामा बोलिन्छ । यो भाषा सम्पर्कका लागि आदिवासीहरूले प्रयोग गर्ने भाषा हो ।

उपश्रेणीहरू

यो श्रेणीका जम्मा २ श्रेणीहरू मध्ये निम्न २ उपश्रेणीहरू छन्।

"नेपालका जनजातिहरू" श्रेणीमा भएका पृष्ठहरू

कुल ६९ मध्ये यस श्रेणीमा ६९ पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।