कलवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपाल तथा भारतमा बसोवास गर्ने जाति एव समुह

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

२०५८ सालको जनगणनाअनुसार नेपालमा कलवारको जनसङ्ख्या ० दशमलव ५१ प्रतिशत रहेको अनुसार यसको कुल जनसङ्ख्या एक लाख १५ हजार ६ सय ६ रहेको छ।

बसोबास[सम्पादन गर्नुहोस्]

यो जाति ७५ मध्ये ६५ जिल्लामा पाइन्छ। नेपालको पूर्वी तराई तथा मध्यतराईका जिल्लाहरू मोरङ, सुनसरी, सप्तरी, रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषामा कलवार जातिको सघन बस्ती छ भने अन्य जिल्लाहरूमा त्यति बाक्लो बस्ती भेटिँदैन।

साक्षरता[सम्पादन गर्नुहोस्]

यस जातिका साक्षरताको स्थिति त्यति सन्तोषजनक छैन। ६५ दशमलव ४ प्रतिशत साक्षर रहेको यो जाति पहिचान गरिएको सय जातिमध्ये बाइसाँै स्थानमा पर्दछ। यो जाति अहिले पिछडा वर्गमा सूचीकृत भएको पाइन्छ, तर सुविधाबाट वञ्चित छ। सामाजिक रूपमा पिछडिएको जातिका रूपमा कलवार जाति पर्दछ। यिनीहरूको शैक्षिक तथा आर्थिक अवस्था सुदृढ छैन। यो जाति मुख्यतः व्यापारकृषि व्यवसायमा मुख्य रूपमा संलग्न रहेको पाइन्छ।

कलवार जातमाि हिन्दू वर्ण अवस्थाअनुसार वैश्य वर्गमा पर््दछ, जसको परम पवित्र कर्तव्य हुन्छ समाजको सेवा गर्नु। यिनीहरू मुख्यतः व्यापारी हुन्छन्। मारवाडीपछि व्यापारमा कलवार जातिको स्थान दोस्रो मानिन्छ। कलवार व्याहुत होस् कि जायसवाल चन्द्रवंशी मानिन्छ। यस चन्द्रवंशमा ययाति, नहुष, विश्वामित्र, सहस्रार्जुन, अर्जुन, भीम, बलभद्र र श्रीकृष्णजस्ता महापुरुषको जन्मले गर्दा कलवार जाति गौरवान्वित र सम्मानित हुँदै आएको छ। बलभद्र कलवार जातिको पूर्वज र कलवार जाति उनको वंशजका रूपमा मानिन्छ।

कलवार जातिको अनेक सहवर्गीय जात-जाति छन्। यिनीहरूबीचमा अब वैवाहिक सम्बन्ध पनि हुन थालेको छ। रगतको सम्बन्ध स्दर््रपूर्णथापित हुन थालेकाले यिनीहरूमा सौहार्दपुर्ण स्नेहीले र पे्रमिल सम्बन्धको सुवास छर्न थालिएको छ। पहिला-पहिला यिनीहरूमा यस्तो सुमधुर सम्बन्ध थिएन र यिनीहरू आफूलाई सामाजिक दृष्टिकोणले अलग-अलग मान्दथे, तर अबचाहिँ यो वर्गीय र वणर्ीय सम्बन्धमा समन्वय आउन थालेकाले सामाजिक सम्बन्धको गाँठो बलियो हुन थालेको छ। वर्गीय र वणर्ीय चेतनाको वर्चस्व देखिन थालिएको छ। यी विभिन्न वर्गीय एवम् वणर्ीय जाति, उपजातिहरू निम्न किसिमका छन्। जसको समाजशास्त्रीय एवम् मानवशास्त्रीय अध्ययन, अनुसन्धान र अन्वेषण आवश्यक छ।

बलभद्र कलवार जातिको इष्टदेवता हुनुहुन्छ।महाभारत महाकाव्यमा भगवान् श्रीकृष्ण र बलभद्रको व्यापक र विशाल वर्णन अङ्कित गरिएको छ। बलभद्रको जन्म भदौको कृष्ण पक्षको षष्ठि तिथिमा भएको थियो। यस दिनलाई इल षष्ठि पनि भनिन्छ। बलभद्रको शस्त्रको नाम हलो मानिन्छ। आर्यावर्त आरम्भदेखि नै कृषिप्रधान रहिआएको कुरो सर्वविदित छ। भारत र नेपाल यसै आर्यावर्तका प्रमुख पौराणिक देश हुन्। अतः यस जातिको बसोबास भारत र नेपालमा सघन रूपमा पाइन्छ।श्री बलभद्र श्रीकृष्णको अग्रज पनि हुनुहुन्छ। कलवार जाति आज पनि बडो धूमधामसँग बलभद्रको पूजाआजा गर्ने गर्दछन्। यस वर्ष उनको पूजाआजा आजैको दिन पर्दछ। यसबाहेक कलवार जातिको विशेष सुअवसरमा पनि यिनको अनुष्ठान गरिन्छ र उनको विशेष पूजा विधि-विधानअनुसार गरिन्छ। वैवाहिक कुनै पनि रिवाज बलभद्रको पूजाआजाविना सम्पन्न हुँदैन। कलवार जातिमा पनि व्याहुत वर्गमा बलभद्रको पूजा न गरीकन कुनै पनि वैवाहिक संस्कार सम्पन्न हुँदैन। बलभद्रलाई खुसी पार्नका लागि र यिनको आशिर्वाद र आशिषका लागि विवाहजस्तो संस्कारमा यिनको पूजाआजा गर्ने लामो परम्परा छ। यस्तो मानिन्छ कि बलभद्र अझ पनि रिसाउनुभएको छ। तसर्थ, उहाँलाई मनाउनका लागि धेरै भाकल गरिन्छ र उहाँलाई खुसी पारेर वरदानको वरद इच्छापूर्ति गर्ने गरिन्छ। घरपरिवारका सबै सदस्य उहाँलाई मनाउनका लागि सङ्कल्प गर्ने गर्दछन् र उहाँलाई मनाएपछि मात्र वैवाहिक संस्कार सम्पन्न गर्ने गरिन्छ।

जायसवाल : यो कलवार जातिको सबैभन्दा सम्पन्न, समृद्ध र सुशिक्षित जाति हुन्। यिनीहरू सामाजिक र शैक्षिक दृष्टिकोणले पनि कलवार जातिमा परिगणनीय हुन्। केही समाजशास्त्रीहरूका अनुसार यिनीहरू जासो या 'जायस' ऐतिहासिक राज्य परिवारसँग सम्बन्धित मानिन्छन्, जायसवालहरूमा जसारु, जस्सार, जेसार, जसवार, जैसवार आदि उपजाति र उपनामहरू हुन्। केपी जायसवाल भारत वर्षका प्रसिद्ध इतिहासवेत्ताका रूपमा सम्मानित व्यक्ति हुनुहुन्थ्यो। उहाँले कतिपय मानक ग्रन्थ पनि लेखेर आफ्नो नाम कमाउनुभएको छ।

बनौधिया : यो पनि जायसवाल वर्गको उपजाति हुन्। वाणिज्य व्यापारको दृष्टिकोणले जैसा नगर छाडेर बनौधिया कस्वामा बस्ने गरेकाले यिनीहरूलाई बनौधिया भनिन्छ।

खरीदाहा : खरीदाहा वाणिज्य व्यापारको क्षेत्रमा खरीद बिक्रीको क्षेत्रमा कार्य गर्ने गर्नाले यिनीहरू खरीदाहा भएको समाजशास्त्रीय विवेचनामा भनिएको छ। यसको साथैसाथ यिनीहरूलाई गाजीपुरसित पार्न जोडेर हेरिन्छ। यिनीहरूलाई जायसवालको कुनै जातीय पञ्चायतमा गैरहाजिर भएकाले यिनीहरूलाई जातिबाट बहिष्कृत गरिएको भनिन्छ। यसलाई व्याहुत जायसवालको उपवर्ग मानिन्छन्। अचेल यिनीहरूको वैवाहिक सम्बन्ध कलवार र जायसवालमा विनाकुनै रोकतोकको साथ सम्पन्न हुने गर्छ।

देसवार : यो शब्द जेसवार र जैसवारको अपभ्रंश मानिन्छ। यो पनि कलवार जातिको उपजाति हुन्। कलवार जातिको मुख्य थर, कलवार, गुप्ता, चौधरी, भगत, साह आदि हुन्। नेपाली साहित्यका अमर साहित्यकार भवानी भिक्षु पनि कलवार थिए र उनको थर गुप्ता हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]