हायू जाति
राष्ट्रिय २०६८ को जनगणना अनुसार नेपालभरिमा यो जातिको संख्या २ हजार ९ सय २५ जना रहेको छ । जसमध्ये हायु भाषा बोल्नेको संख्या १ हजार ५ सय २० रहेको छ । हायु किरात समुदाय भित्र पर्दछ । हायुहरुको सबभन्दा ठुलो र शक्तिशाली देवी ईश्वरीय आस्थाका केन्द्र उप्क्षिमी रानी हो । जुन देवीको थान रामेछाप नगरपालीका वडा नं. ७ मुडाजोरको पालीगाउँ स्थित पर्दछ । यो देवीको थान विशाल रुख काभ्राको फेदमा रहेको छ । जसलाई अरु समुदायले महाकाली देवी भनि नामाकण गरेका छन् । हरेकवर्ष फागु पुर्णिमाको दिन देखी १० दिन सम्म पुजा हुन्छ र हरेक वर्ष श्री स्वस्थानी पुर्णिमाको दिन देखी १० दिन सम्म पुजा हुन्छ । जसलाई हायुहरु आफ्नो मुख्य चाड दशैँको रुपमा मनाउने गर्दछन् । पुजा अनुष्ठान गर्ने बेलामा सबै जिल्लाबाट हायुहरु भेला हुने गर्दछ । यो जाती जनकपुर अंचलको सिन्धुली, रामेछाप जिल्लाहरू सुनकोशी नदीको आशपास क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख आदिवासी जाति हो । यिनिहरूको पुर्खेउली उखान अनुसार सुरेल, सुनुवार, राई, लिम्बू र हायू एउटै परिवारबाट नि: स्रुत भएका छ्न् यसरी ५ भाईमध्ये कान्छोको सन्तान हायू हो । हायू जातिले दोम्की-ढोल, ज्याम्की-झ्याम्टा, घण्टा आदि लोकबाजाहरू प्रयोग गर्दछन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", gorkhapatra.org.np। वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२० मिति
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]