तामाङ जाति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
तामाङ जाति
बसोबास क्षेत्रहरु
 नेपाल
 भारत १४ लाख
काभ्रेपलाञ्चोक जिल्ला
रसुवा जिल्ला
दोलखा जिल्ला
रामेछाप जिल्ला
सिन्धुपाल्चोक जिल्ला
नुवाकोट जिल्ला
ललितपुर जिल्ला
मकवानपुर जिल्ला
भाषा

तामाङ भाषा

धर्म

बौद्ध धर्म

मुख्य पर्वहरू

ल्होसार, जनैपूर्णिमा, बुद्ध पूर्णिमा

नेपालको तामाङ जातिहरुको पारम्पारिक पहिरन .

तामाङ जाति नेपालको मध्य पहाडी क्षेत्रमा बसोबास गर्ने एक जाति हो।

बसोबास[सम्पादन गर्ने]

तामाङ जातिको बसोबास काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपूर र सिन्धूलीमा तामाङहरूको आवादी वहुसंख्यक रूपमा रहेको छ।

तामाङ बस्ती

इतिहास[सम्पादन गर्ने]

तिब्बती राजा श्रङचङ गम्पोले सन् ६४०मा दक्षिणतिर आक्रमण गरी नेपालको उत्तरी भागहरूमाथि कब्जा जमाउन थालेपछि तत्कालिन् नेपालका राजा अंशुवर्माले बुद्धिमत्तापूर्वक आफ्नी छोरी भृकुटीलाई तिब्बती राजा श्रङचङ गम्पोसँग विवाह गरि नेपाल तिब्बत् बीच मित्रताको हात बढाएपछि दुई देश बीच दौत्य सम्बन्ध कायम गरेका थिए। तत् पश्चात् राजा श्रङचङ गम्पो राजकुमारी भृकुटीलाई लिएर तिब्बत् फर्केका थिए। उनीसँग आएका घोडाचढी सेना हरूमध्ये केही राजासँगै फर्के भने धेरै संख्यामा घोडाचढी सेनाहरू नेपालमै बसेका थिए। घोडाचढी सेनाहरूलाई तामाग भनिन्थ्यो। त्यही तामाग नै कालन्तरमा तामाङ्ग भयो भनेर भनिन्छ।

त्यसैगरि अशुवर्माको शासनकालको अन्ततिर राजगद्दीको उत्तराधिकारी उदयदेवलाई धपाई भिमार्जुन देव र विष्णु गुप्तले देश शासन चलाएका थिए। धपाईएका उदयदेव तिब्बतका शरण लिन पुगे जसलाई राजा श्रङचङ गम्पोले स-सम्मान शरण दिए। स-परिवार शरण लिन पुगेका उदयदेवको मृत्यु तिब्बतमै भयो। उन्का छोरा नरेन्द्र देवले सन् ७०० तिर भोटका घोडचढी सेना (तामाङ्ग) हरू लिएर नेपाल आई आफ्नो पैतृक सिहंसन पुन प्राप्त गरे। नरेन्द्रदेवको सहायतार्थ आएका घोडाचढी सेनाहरूलाई विशाल हिमाल श्रृंखलाको कारण फर्केर जान कठिन लाग्नुका साथै नेपालको हावापानी, उर्वराभूमि प्राकृतिक सौर्न्दर्य र यहाँका बासिन्दाहरू (तामाङ्गहरू) लाई मन परेर नेपालमै बस्न थाले। उनीहरूको आफूलाई घोडाहरू काम नलागेपछि घोडाहरू बेचेका हुनाले तिनीहरूलाई तामाङ्ग (घोडा बेचेका) भन्ने गरिएको हो भनेर रमेश विकलले सात सूर्य एक फन्को नामक पुस्तकमा लेख्नुभएको छ।


एक तामाङ महिला

लोक बाजाहरू[सम्पादन गर्ने]

तामाङ जातिले डम्फू, टुङ्ना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ्, भाटेमादल, पली, पिहुङ आदि लोक बाजाहरू प्रयोग गर्छन्।[१]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'" 

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]