तिमाल क्षेत्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कोट तिमाल

तिमाल क्षेत्र काभ्रेपलाञ्चोक जिल्लाको झिगु खोला, सुनकोसी र रोसी खोलाको मध्यपहाडी एवं बेंसी भागमा पर्छ जसलाई तामाङहरूले आफ्नो उद्गम थलोका रूपमा स्विकार्दै आएका छन्।

प्राचीन नाम 'तेरमाला' बाट अपभ्रंस भएर 'तेमाल' हुँदै तिमाल भएको दन्त्य कथाहरूमा उल्लेख छ। बेसीदेखि लेकसम्मको भूभागलाई समेटिएको दस गाविस –मेच्छे, चापाखोरी, नारायणस्थान, ठूलो भर्सेल, बोल्देफेदिचे, सरमथली, संर्स्युखर्क, कानपुर, मेथिनकोट, कटुन्जे गाविस तिमाल क्षेत्रमा पर्दछ। झण्डै नेपालको नक्सासँग मेल खाने तिमाल क्षेत्रको हावापानी समेत फरक-फरक रहेको छ। समथल फाँट हुँदै २१ सय मिटर उचाईसम्म रहेको तिमालमा उच्च पहाडी भेगको पहाड, पर्वत, हिमश्रृङ्खला, हरियाली जंगल, सुनकोशी नदी, रोशी खोला, वनबुट्यान र स-साना चउर र खेतबारीले जो-कोहीको मन नलोभ्याउला भन्न सकिन्न |

तामाङ जातिको वाहुल्य रहेको यस क्षेत्रमा तामाङबाहेक ब्राम्हण, क्षेत्री, नेवार, मगर, दमै, कामी, ठकुरी, सार्की, दनुवारजस्ता जातिहरूको समेत बसोबास रहेको छ। जातीय हिसाबले समेत विविधता रहेको यस क्षेत्र धार्मिक हिसाबले समेत प्रख्यात रहेको छ। यहाँका तामाङ जातिहरू बौद्ध धर्म मान्दछन् भने अन्य जातिहरू हिन्दू धर्म मान्दछन्।ऐतिहासिक एवं प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँको काखमा गुरू रेम्पोर्छे (पद्‌मसंभव)ले तपस्या गरेको ठाउँलाई हाल गेलुङ ओडार(गेलुङ ऊ), अन्य ऐतिहासिक धार्मिक स्थलहरू, भगवानहरूले तपस्या गरेका ओडारहरू, गुफा, गुम्बा, छ्योर्तेन, ककलिङ (काङड्हीने) र नाराणस्थान मन्दिर, दुम्जाको महादेवस्थानलगायत विभिन्न मठमन्दिरहरू यहाँको प्रख्यात धार्मिक एवं ऐतिहासिक स्थलहरू हुन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]