सामग्रीमा जानुहोस्

याक्खा जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

याक्खा जाति नेपालको एक आदिवासी किरात जाति हो। याक्खा जातिले केइ (ढोल), केयीसाङ, बिनायो, मुर्चुङगा लगायतका लोक बाजाहरू प्रयोग गरेको पाइन्छ।[] उनीहरूको उद्गम स्थल, मुख्य बसाेबास क्षेत्र तमाेर र अरुण नदीबिचको भूभाग लिम्बुवान(पल्लो किरात) लाई मानिन्छ। धनकुटा र संखुवासवा जिल्लाका पाँचखपन, पाँच मझिया, दशमझिया, मुगा खाल्साथुम, बाेधेमा मुख्य बसाेबास छ । यक्ष समानअर्थी मानिन्छ, संस्कृतकाे क्ष र नेपालीकाे क्ख मा विभेद छैन । पाैराणिक कालमा उल्लेख भएकाे यक्ष काे प्रयाेग नै याक्खा वा याक्खाकाे प्रयाेग नै यक्ष भएकाे यसबारे अझै विस्तृत अध्ययन हुन जरूरी छ । तापनि, जगर बगरकाे धनी याक्खाहरू नै ती पाैराणिक कालका यक्ष हुन भन्न सकिने पाेख्त आाधारहरू छन् । किरातहरूमा हुने बिशेष टाेटेम् (गाेत्र जस्तै बिशेष वंशज पहिचान) छन् । अरू जाति समुदायकाे पुरूषकाे मात्र हुने तर किरात समुदायमा सबै राइ समुदाय, याक्खामा महिला पुरूषकाे अलग अलग टाेटेम् सामेक वा सामेलिङ हुने हुन्छ । यस हिसाबले याक्खा राइ समुदाय नजिक देखिन्छ भने सांस्कृतिक हिसाबले लिम्बू समुदाय नजिक देखिन्छ । अरूण नदी पश्चिमका राइ समुदायले लाेहरूङ जातिलाइ पनि याक्खा नै भनी चिन्ने बाेलाउने गरेकाे बुढापाकाहरूकाे मुखबाट सुन्न पाउछाैँ । याक्खा र लाेहरूङ भाषा ५० प्रतिशत मिल्ने भएबाट पनि याक्खा लाेहरूङ भाषा भनी स्विकारिएकाे अवश्था छ ।

याक्खा जातिले कसैले राइ कसैले लिम्बु लेखिने भएबाट यसकाे जनसंख्या २४००० (२०६८) लगभग भएकाे र मुख्य ८ सामेत्लिङ (सामेअ्छाेङ) सहित १६ पाछाहरू छन् । साेम्यहाङ, लिङ्खा, काेयेङ्वा, लुम्वा, तुम्वा, ताम्ली, छाला, काेङरेन, साेङरेन, लिम्वुखीम, यलावा, यायम्वा, तुम्यासाेलङ, इलाङसोलोङ (टिकासोलोङ), अाेङतुवाङ, इलुवाङ, खाम्याङ, खाइखिम, राेगु, थायुम, लकहाङ, अाेकहाङ, हेङवा, थम्फरा, काेतरा, नामेक, माखरा, चारकाेले, काेम्फे, नाम्वेकहाङ, पाम्फु, सुमा, खुङ्छा इत्यादि । सामेलिङहरू मुख्य छाेङ्छामी-युङ्खामा, काङ्छामी-केखामा, लिङ्छामी-नुकामा, मेअ्लापा -नाखामा, सुसामी-निङ्खामा, खुङ्छामी-वेखामा, युङ्छामी-नाखामा, छुङ्छामी-नुकामा, काक्कुवु-साङ्खायाेङमे, छाेङ्छावा-थिङ्खामे छन् । यसप्रकार पुरूष महिलाकाे सामेक वा सामेलिङ प्राय सबै राइहरूमा पाइन्छन् तर लिम्बुहरूमा पुरूषकाे मात्र माङ्गेना यक हुने हुन्छ ।

यस याक्खा जातिले आफुलाइ जिमी, मजिया, राइ लेख्ने गरेका छन् । तर एक थरी याक्खा आफूलाई देवान हौँ र यो देवान अलगै जाति हो भन्ने मत राख्छन् । एक थरी याक्खा आफूलाई देवानयिनीहरु दशमझिया क्षेत्र (मादी) का याक्खा हुन्, तर आफूहरु देवान जाति छुट्टै जाति समुदाय भएको भनी याक्खाबाट अलग हुन खोज्छन् । तत्कालीन चैनपुर दरबार, इलामको देवान छापको देवान दरबार, बिजयपुर दरबार र चौदण्डी गडिसँग एैतिहासिक जोडिएको दावी गर्छन् । तर, विजयपुरमा याक्खा चौतारिया देवान बुद्धिकण रायको इतिहासबाहेक यी दावीमा अन्य तथ्य पुष्टि हुँदैन । यिनीहरु कासी गोत्र सुर्य बंशी हाङ्लिप्पा माइती र हाङ्लिप्मा चेली सामे रहेका पिन्दुहाङ, कुम्बुहाङ, योकोहाङ, चौदण्डीका पुपाहाङ, ओयोकहाङ, जयकण देवान, आशिकराम देवान, बुद्धिकर्ण देवान, महावीर देवान देवानहरूका पूर्खा मानिन्छ । उनका वंश र दाजुभाइ मादिहाङ, पिनुहाङ, तेन्छोहाङ र पुत्लुङ्हाङ मादी र मादी राम्वेनीकासाथै असम, दार्जिलिङ, सिक्किम, लगायतका विभिन्न ठाउँमा बिभिन्न उपथरमा दक्षिण धनकुटामा समेत बसोबास छन् भन्ने देवान अलगै जाति हो भन्नेहरुले भने पनि खासमा मादिहाङ, पिनुहाङ, तेन्छोहाङ र पुत्लुङ्हाङ याक्खा जातिकै थरहरु हुन् । पिलुवा र मावा दोभानमा देवान दरबार नजिकै माहाबिर देवानले एक राममन्दीर निर्माण गरेको थिए । याक्खा जातिका बुद्धिकणले देवानी पदवी र राय समेत पाएकाले उनलाई देवान बुद्धिकर्ण राय भनियो । जो गोरखाका राजा पृथ्वीनारायण शाहले थालेको राज्यविस्तार ताका आन्तरिक साम्राज्यवादी तत्वको शिकार बने । उनलाई जिउँदै छाला काढेर झुण्ड्याइएको इतिहासमा पढ्न पाइन्छ ।  हौँ र यो देवान अलगै जाति हो भन्ने मत राख्छन् । याक्खाबाट फुटी आर्य ठकुरी क्षेत्री जातमा बढुवा हुने इतिहाबाट राेकिएकाे देवान थर भनी किरात इतिहासकार दुर्गाहाङ याक्खाकाे मत छ ।

याक्खा प्रकृति पूजक हुन् । मुख्य चाढ चासुवा हाे, याे मंसिरे पूर्णेमा मनाइन्छ । नयाँ अन्न प्रकृति र पूर्खालाइ चढाइ न्वाँगी खाइने गरिन्छ । अर्काे चाढ बैशाखे पूर्णे, जसमा प्रकृति र पूर्खालाइ पानी, राम्राे बालीनाली, सुयामकाे बल मागिन्छ । राइहरूले झै सालिन्ना पूर्खाकाे गरिने, घरपूजा लिम्बूहरूले जस्ताे गालिश्राप, शीर उठाउने, मृतात्मालाइ बाटाे लाउन तङसीङ राख्ने गरिन्छ ।तर देवान जातिसमुदायको भाषा सस्कार सस्कृती याक्खा को भन्दा नितान्त फरक रहेको छ।

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]


  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np अभिलेखिकरण २०११-०९-२० वेब्याक मेसिन