सामग्रीमा जानुहोस्

दराई जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दराई इतिहास;;दराई/दरै विशेषत नेपालमा पाइने जाति मध्य एक जाती हो।परापुर्ब काल देखि नेपालमा बसोबास गर्दै आएको एक आदिबासी जनजाती हुन् । २०६८ को जनगरणा अनुसार १७८७९ जनसंख्यामा रहेको दरै/दराई जातीहरु नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका छ्न् जस्तै तनहुँ, गोर्खा ,धाधिङ, पाल्पा,चितवन ,नवलपरासी ,कपिलवस्तु ,कास्की ,मकवानपुर ,कैलाली,लमजुङ, दाङ आदिमा बसोबास गरेको पाइन्छ। हेर्दा मङोलियन अनुहारका देखिने गहु बर्ण गुरुङ ,मगर,राई,दुरा,नेवार संग मेल खान्छन् । उनीहरूको आफ्नै मौलिक,पृथक ,पहिचान,भाषा,रितिरिवाज,सस्कृती,भेषभुषा,पाइन्छ। उनीहरू बोल्दा दरै कुरा आफ्नै भाषा र नेपाली भाषा बोलेको पाइन्छ। दराई, नेपालका आदिवासीहरू, प्रायः पश्चिमी हिमाली क्षेत्र, चितवन र नवलपरासीको भित्री उपत्यकामा बसोबास गर्छन्।  दराई जातिले मान्द्री-मादल, बाँसी, डम्फू, खैँजडी, घुँगुरबिन्जा, ढोलक, झ्याली, झुर्मा आदि बाजाहरू प्रयोग गर्दछन्। दराई जाती :>> दराई जाति नेपालका अल्पसंख्यक जातिमध्ये एक हो ।शारीरिक रूपले गुरुङ,मगर,नेवार,दुरा, संग मेल खाने यस जातिका मानिसहरू मंगोलियनजस्तै देखिन्छन्। गहुँ गोरो वर्णका दुब्ला पातला तथा मिहिनेती दराई आदिवासी,मुलबासी जनजाति हो । राज्यका सम्पूर्ण निकायमा यिनीहरूको सहभागिता दयनीय छ । ठाउँअनुसार यी जातिहरू नाम पछाडि ‘दराई’ वा ‘दरै’ लेख्ने गरेको पाइन्छ । बिशेषत दरै जाती का उपथरहरु :-

१)राना                
२)बुढाथोकि          
३)गिन्देल                   
४)चित्तृराना                       
५)बनपाली                        
६)शिवकाशी 
७)खजवार 
८)राई       
९)राजपुत         
१०)बुढा          
११)थापा                
१२)कोकलसाही                    
१३)सुर्यबन्शी              
१४)नरबन्शी                    
१५)साही                         
१६)सिंह                         
१७)चन्द्रबन्शी                          
१८)श्रेष्ठ                           
१९)बन्शी                          
२०)जहादरे                       
२१)झ्यामतोना        ;इत्यादी उल्लेख गरिएको पाइन्छ। भारतमा मध्ययुगमा मुसलमानहरूको आक्रमणबाट पराजित भएर पलायन भएका आर्य नारी र पहाडी खण्डका मंगोलियनहरूको संयोजनको परिणामस्वरूप दराई जातिको उत्पत्ति भएको प्रायः दराई र उनीहरूका वरिपरि बस्ने अन्यले विश्वास गर्छन् । पहाडी बेंसी र भित्री पहाडका भागमा वर्षौंदेखि बस्दै आएका दराई जातिको लिखित इतिहास हालसम्म प्राप्त हुन सकेको छैन । यसैले, उनीहरूको भेष भूषा, चलनचल्ती, सामाजिक रीतिरिवाज र बूढापाकाहरूबाट सुन्न पाइने किंवदन्तीकै आधारमा यिनीहरूको इतिहासको खोजी गर्नुपर्ने स्थिति अद्यावधि विद्यमान रहेको प्रभादेवी कैनी ले एक पुस्तकमा उल्लेख गरेकी छन् ।

गहुँ गोरो वर्णका दर्हो बलियो तथा मिहिनेती दराई जाती एक समूहको आदिवासी जनजाति हो ।यस जातीलाई आर्य परिवारको एक समूह,उनीहरु क्षत्री जस्तै देखिने एक आर्य परिवार को भन्दा फरक पर्दैन। बुढा पाखाले भन्ने गर्थे कुनै बेला कासी गएको बखत दरै जातीको एक आगन्तुकले जनै छोडेर आउनुभएको थियो र मगर,गुरुङ संग रहनसहन बढदो क्रम भएका कारण उनीहरु मिल्न गएको कुरा यथावत नै छ। उनीहरु राज्यका सम्पूर्ण निकायमा यिनीहरूको सहभागिता केही क्रममा राम्रो हुदै गएको छ ।

सूर्यमणि अधिकारीका अनुसार दराईहरूको वर्ण र आकृति हेर्दा मंगोल मूलका हुन् भन्नेमा कुनै शंका छैन । छोटो कद,अलि नेप्टो नाक, साना आँखा, उठेका गालाका हाड यिनीहरूका शारीरिक विषेशता हुन् । पहाडका बेंसी तथा टार र भित्री पहाडीको उष्ण हावापानीयुक्त प्रदेशमा रहने भएकाले यिनीहरूको वर्ण मंगोलियन मूलका अरू मानिसको भन्दा केही फरक हुन्छन । हजारौं वर्षसम्म भरोपेली भाषा बोल्नेहरूको सरसंगतले गर्दा दराई भाषा भारोपेली भाषा परिवारको एक उपभाषिकाका रूपमा देखिन्छ ।

दराई जातिको थातथलो दराई जातिहरूको पुख्र्यौैली बासस्थान भनेको गण्डकी अञ्चलको तनहुँ जिल्ला हो भनेर दाबी गरिए पनि यी जातिहरू कसरी यो ठाउँमा बस्ती बसाए भन्ने तार्किक तथ्यहरू अझैसम्म कसैले व्यक्त गरेका छैनन् । यद्यपि, दराईहरू भारतको दरभंगाबाट आएको किंवदन्तीहरू चर्चित रहेका पाइन्छन् । तर, दराई समाजका अगुवाहरू यो तर्कलाई आधारहीन तथ्य मात्रै भएको बताउँछन् । धर्मराज थापाले दराईहरू दरौंदी,मादि, सेतीकै र गोरखाको भित्तादेखि आएको कुरा आफ्नो किताब चितवन दर्पणमा उल्लेख गरेका छन् ।

समयको कालक्रमसँगै तनहुँका दराईहरू देशका अन्य भूभाग चितवन, नवलपरासी, गोरखा, धादिङ, रूपन्देही, झापा, बर्दिया,पाल्पा,लमजुङ, दाङ,कास्की, मकवानपुर सम्म पनि फैलिसकेका छन् । परम्परागत रूपमा पहाडको समथर यिनीहरूको बसोबास अद्यापि रहेको पाइन्छ । तनहुँ जिल्लामा दराईहरूको बसोबास पाइन्छ। आज भन्दा 230 बर्ष अगाडी एक दरै बक्ता हुनुहुन्छ पृथ्वीनारायण शाह बाट (लाल मोहर) शाहदात प्राप्त गर्नुभएको। दरै जातीको एक राज्य पनि हो तनहुँ ,एकिकरण गर्ने क्रममा धेरै दराईहरु पराजय भएर धेरै छितर बितर भएका कारण धेरै जग्गा बिहिन भए र प्राय सबै सरकारी जग्गामा परीणत गरे । मल्ल,सेन राज्यको पालामा पनि चितवन जिल्लामा सिकार गर्न गएको बेला जंगली बाघ,गैंडा,बन हात्तिबाट बचाएको कारण त्यहाँ पनि बिरगती प्राप्त पाएका कारण चितवन जिल्ला उपहार स्वरुप दरै जातीले पाउनु भएको थियो । धेरै जाती पहाड बाट आए,दरै जाती एक एस्तो जाती हो चितवनको गर्मी र औलो पचाएर बस्न सक्ने जाती पनि हुन् । कोहि पहाडका कान्लाहरु मा बसे कोहि चितवन बसाइ सरे। पाल्पामा पनि मगर र दरै जातीको एक्यवद्ताले रानीमहल स्तापना गरिएको थियो जुन अहिले पनि अबस्तित छ। स्यानो टहाराबाट सुरु गरिएको बिद्यालय दरै समुदायको नाम बाट प्रचलित दरै ठाटि उच्च माध्यमिक बिधालय दरै समुदायको लागि गौरबको कुरा पनि हो । दराई जाति दशकौंदेखि समथर भूभागमा बस्ने हुनाले यिनीहरूको जीविकोपार्जनको पेसाको लागि खेतीपाती,पशु-पन्छीपालन गरेको पाइन्छ ।

आदिबासी जनजाति भएकाले राज्यले गणना गर्ने कार्य गर्दा दराई जातिलाई उपेक्षा गरेको उनीहरूको दाबी छ । कतिपय अनुसन्धानकर्ताहरू दराई जाति बौद्ध धर्मावलम्बी हो भनेर कुरा अघि सारेका छन् । तर, उनीहरूको परम्परागत चलिआएको रीतिथितिमा महाभारत, रामायणका पात्रहरूको चरित्रगान हुने गर्छ । यी प्रचलनहरू वर्षौंदेखि चलिआएको दराईहरू स्वीकार गर्छन् । दशकौंदेखि समथर भूभाग पहाड को कुना कन्दरामा बस्ने हुनाले यिनीहरूको जीविकोपार्जनको पेसा खेतीपाती गर्नु रहेको पाइन्छ ।

स्वायत्तताको चाहना खासगरी ०४६ सालको आन्दोलनपछि आदिवासी जनजातिहरूले आफ्नो भाषा, संस्कृतिको संरक्षण, जातीय मुक्ति आन्दोलन, महिला आदिवासी आन्दोलन तथा जातीयता स्वायत्तताका लागि थुप्रै आन्दोलनहरू गरेका छन् ।

‘जुगौंजुग बिते । अनेक थरीका मानिस आए, अनेक पौरख, पराक्रम देखाए, लडाइँ गरे । अनि, इतिहास र सभ्यताको सिर्जना गरे । तर, हामी यी सबैदेखि तस्र्यौं, अनभिज्ञ रह्यौ। न्यानो बगरमा केही खेती ग¥यौं । पुस्तौंपुस्ता बिते ।आफ्नै सुरमा हामी अगाडी बढ््य्यौ। न हामीले सरकारसँग केही माग ग¥यौं,। त्यसैले, हामी नगण्य भयौं । हाम्रो अस्तित्वको कसैलाई वास्ता भएन । ठूलाठूला परिवर्तन र प्रगतिले हामीलाई नाघेर गए । यही हो, हाम्रो पुरानो कहानी ।’ यी हरफहरू दराईको बारेमा समाजशास्त्री डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ पुस्तकमा उल्लेख गरेका छन् । यी हरफहरू हाल पनि एकदमै सान्दर्भिक लाग्छन् । किनकि, दराईहरू सोझा थिए र छन् पनि । अहिलेसम्म उनीहरूले राज्यसँग केही मागेनन् । आधुनिक राज्यको विस्तार भएयता नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरू आए पनि उनीहरूले राज्यसँग कुनै पनि जातीय माग तथा मुद्दाहरू उठाएको छैनन् ।

दराईहरू आफ्नो आदिवासी हक–अधिकारको सवालमा पछाडि परेका देखिन्छन् । धेरथोर जिल्ला स्तरमा केही मात्रामा सांगठिनक गतिविधि भए पनि केन्द्रमा उनीहरूको पहुँच एकदमै न्यून छ । ‘नेपाल दराई उत्थान समाज’ले पनि सक्रिय रूपमा आफ्नो गतिविधिलाई बढाएको पाइँदैन । जबकि, ‘नेपाल दराई उत्थान समाज’को स्थापना २०३७ सालमा भर्ई २०५६ सालमा जिल्ला प्रशासन चितवनमा विधिवत् दर्ता भएको थियो । दराई जातिका विद्यार्थी युवाहरूले विद्यार्थी संगठनको निर्माण जिल्ला तहमा सामान्य रूपमा गरे पनि केन्द्र स्तरमा विद्यार्थी संगठन नभएकाले जातीय आन्दोलनमा यिनीहरूको सहभागिता न्यून नै छ ।

धार्मिक विश्वास र मान्यता शासकहरूको एक भाषा, एक नीति, एक धर्म व्यवस्थाका कारण सोही प्रभावले गर्दा दराईहरू आफूलाई हिन्दू धर्मावलम्बी बताउँछन् । हिन्दू धर्मसम्मत चाडपर्व मनाउने र आफ्नै किसिमले भए पनि महादेव, पार्वती, विष्णु, भवानीजस्ता हिन्दू देवदेवीको अर्चना गर्ने गरेका हुनाले उनीहरूलाई हिन्दू धर्मावलम्बी नै हुन् कि जस्तो पनि देखिन्छ । ‘धेरै लामो समय हिन्दू समाजको सम्पर्कमा रहेकाले उनीहरूले यस्तो प्रभाव ग्रहण गरेका हुन्’ भनेर विद्वान्हरूले उल्लेख गरेको पाइन्छ । तर, जस्तोसुकै धार्मिक परम्पराहरू अवलम्बन गरे पनि दराई जातिको आफ्नै मौलिक परम्परा छ । यिनीहरूले दैनिक जीवनमा गर्ने यावत् क्रियाकलापहरूमा आफ्नै किसिमको प्राकृत धर्मको मौलिकता पाउन सकिन्छ । आफूलाई प्रकृतिपूजक भन्ने दराई जाति वर्षैभरि कुनै न कुनै पूजाआजा गर्ने गर्छन् । जसले उनीहरूको दैनिक जीवनलाई सजिलो र खुसी बनाएको महसुस गर्छन् । नेपालका अन्य जनजातिजस्तै दराईहरू अदृश्य शक्तिको विश्वास गरी प्रकृतिको विविध पक्षको पूजा उपासना गर्ने प्रथाका अनुयायी देखिन्छन् ।

दराई समाजमा आफ्ना देवताहरूलाई तल्लो र उपल्लो दर्जाको भनेर वर्गीकरण गरिएको पाइन्छ । उपल्लो दर्जाको देवतालाई परेवा, भेडा, बाख्राको बलि दिनुपर्छ भने तल्लो दर्जाको देवतालाई सुँगुर, कुखुरा, राँगा बलि दिने प्रचलन रहेको छ ।

परिचय / ईतिहास

दराई, नेपालका आदिवासीहरू, प्रायः पश्चिमी हिमाली क्षेत्र, चितवन र नवलपरासीको भित्री उपत्यकामा बसोबास गर्छन्। मूल रूपमा ती तनहु, गोरखा, धादिङ, पाल्पा र नवलपरासीको हिमाली क्षेत्रको बासस्थान हुन्।

शब्द दाराई "दर्हो" बाट व्युत्पन्न छ जसको अर्थ "शारीरिक रूपमा बलियो" हो। पुरानो तनहुका मानिसहरू सारंगघाट (नवलपरासीमा एक पुरानो ठाउँ) किनमेलको लागि प्रयोग गर्थे - मुख्यतया नुनका लागि। बाटोमा, नाविकहरूले (अहिले बोटे भनिन्छ) उनीहरूलाई माडी र बुल्दी नदी पार गर्न मद्दत गर्थे। एकपटक, मानसूनको मौसममा कुनै डुङ्गा नभएको बेला साराङघाटबाट नुनको भारी बोरा भएको एक व्यक्तिले आफैंले नदी पार गर्न खोज्यो तर बाढीले बगाएको थियो। भाग्यवस एक दराई साराङघाट जाँदै थिए, उनलाई देखे र उनको जीवनको ठूलो प्रयासका साथ उदार गरे। यो कार्य देख्ने मानिसहरूले उहाँलाई "दर्हो रहेछ" ("बलियो") भनेर बोलाएर प्रशंसा गरे। पछि, यो बहादुरी कार्य सबै गाउँलेहरु लाई ज्ञात गरियो र "दर्हो इ हो " एकै साथ "धरराई हो" ("उहाँ पक्का हुनुहुन्छ ) तब "दराई हो"।  समय बित्दै जाँदा सबै गाउँलेहरू दराई भनेर चिनिन थाले।  लगभग डुब्ने व्यक्तिलाई "दुबौली" भनियो।  पछि, त्यो ठाउँ "दुमाउली" को रूपमा परिचित भयो।  अब यसलाई दमौली भनिन्छ। (तनहुँको शहर)।

तिनीहरू कहाँ अवस्थित छन्?

दरै जातीहरु विशेष गरेर तनहुँ,गोर्खामा अबस्थित छन्।दरै समुदाय ले तनहुँ लाई नै आफ्नो राज्य मान्दै आएका छन् । एक शताब्दी पहिले, तिनीहरू तनहुँ बाट चितवन र पाल्पा बाट नवलपरासीको मैदानमा बसाई सरे। एक दशक पहिले मात्र तिनीहरू कैलालीमा बसाई सरेका थिए। एक भनाइ छ कि पुरानो समयमा सेन राजाहरूलाई सहयोग गर्ने क्रममा दराईले इनामका रूपमा चितवनमा बसोबास गरे। ३०० बर्ष पुरानो ईतिहास साक्षी छ जब तनहुँका एक दरै ले राजा पृथ्वीनारायण साह बाट लाल मोहर प्राप्त गर्नुभएको थियो। दरै समुदायमा आफ्नै मठ,मन्दिरमा पुजा आजा,कुल पुजा गर्ने पनि तनहुँमा अबस्थित छ।

                                     एक किम्बदन्ती अनुसार एक प्रतिष्ठित स्वर्गिय आदिकबी भानुभक्त आचार्य जो एक घाँसी बाट प्रभावित भएका थिए।जुन ब्यक्ती गरिब घरका थिए, जुन घाँसीले कुवा खनिएका थिए उहीँ ब्याक्ती दरै समुदाय बाट हो भनेर ठोकुवा गर्न सकिन्छ त्यो समयमा दराई र मगर जाती मात्रै थिए र कबिता पनि प्रख्यात छन् र आजको दिनमा पनि दरै पधेरा एक उदाहरणका लागि अबस्थित छ । यस बाट के बुझिन्छ भने हाम्रो इतिहास तनहुँ,गोर्खा,धादिङ र पाल्पा जिल्लामा अबशेष छन् ।

तिनीहरूको जीवन कस्तो छ?

तिनीहरू छोटो कद निर्माण, एक गोल अनुहार र समतल नाकको साथ देखा पर्दछ। घर-निर्मित मादक पदार्थहरू उनीहरूको अनुष्ठानमा महत्त्वपूर्ण भूमिका खेल्छन्। उनिहरु आफ्नै दरै भाषामा मोद,मुना,झोरेक भन्ने गरिएको पाइन्छ। तिनीहरू मदिराको प्रयोगले शुद्धता र खुशीमा पुर्‍याउँछन् भन्ने विश्वास गर्दछन्।

तिनीहरू पेशाको सट्टामा रूचीका लागि शिकारको आनन्द लिन्छन्। तिनीहरू खेतीमा विशेषज्ञ छन् र सुँगुर,भेडा, कुखुरा बाख्रा इत्यादी हरू हुर्काउँछन्। धेरै युवाहरू सैनिकको रूपमा भर्ना गर्न धेरै उत्सुक हुन्छन् र छ्न पनि केही सरकारी आधिकारिक रोजगार मा संलग्न भएका छन् केही british army,गोर्खा रेजिमेन्ट मा पनि कार्यरत छन्।

तिनीहरू "दराई कुरा" भनिने आफ्नै बोली बोल्ने गर्दछ्न । यो आफ्नो बसोबास को आधार मा अन्य प्रमुख जातीय भाषाहरु द्वारा भारी प्रभावित छ। हिमाली दराई समाजमा मगर र गुरुङ,नेवारी भाषाको प्रभाव छ। उनीहरूको आफ्नै मौलिक भाषा छ। देश भरमा तिनीहरूको जनसंख्या को बारे मा अनुमान वर्तमान मा करीब (३०,०००-४०,०००) को हार हारीमा छन् ।

महिलाहरूले ट्युब्युलर स्कर्ट,छिटको गुन्यो,चोलि साथ पेटीकोट लगाउँदछन्, उच्च वा तल्लो घाँटी रातो / कालो ब्लाउज छातीमा बाँधिएको हुन्छ, पहेंलो / निलो पातुकी, सुनको हार चादीका गहनाहरु,सिरमा सिर्फुल नाकमा,कानमा ढुंग्रिले इत्यादीले सजिएका हुन्छन् र घरेलु सेतो सल इत्यादि। पुरुषहरुले सेतो कछाड माथी भोटो,इस्ट कोट, कम्मरमा खुर्पेटाे,खुकुरी र सिरमा भादगाउले टोपी इत्यादीले सजिएका हुन्छन् ।

Jestha (जुन-जुलाई) को समयमा तिनीहरू आफ्नै नयाँ वर्ष मनाउँछन्। "दाउराको आगो" सुख्खा काठलाई दल्ने र त्यस आगोलाई गाउँ भरी सबैको भान्सामा खाना पकाउन साझेदारी गरेर नयाँ वर्षको सुरूवात गरिन्छ। भुमी पुजा,उभौली पर्व,दसहरा पर्ब पनि संग संगै साइबा नाच पनि दरै समुदायले गर्दै आएका छन् ।

दराई समुदायको समाजमा उच्च स्थान,मुल्याङकन छ। एउटा विवाह भोज र औपचारिक विवाह समारोह बच्चा जन्मेपछि मनाइन्छ। "रोदि घर" र अन्य परम्परागत समारोहले युवाहरूलाई गोप्य रूपमा संलग्न हुने अवसर दिन्छ।"घाटु नाच" दरै समुदायको एक पृथक नाच पनि हो। विवाह ज्यादातर तिनीहरूको आफ्नै जातीय गोत्र फरक समूह भित्र गर्दछ्न। आफ्नै रितिरिवाजका साथमा गर्दछ्न। तर मगर,गुरुङ,दुरा,ठकुरि जाति बीच पनि हुन्छ। तिनीहरूको समाजमा विवाहको धेरैजसो प्रबन्ध र विशेष गरी खाना दुलहाको परिवारले नै गर्नु पर्छ।

तिनीहरूको विश्वास के हो?

"चुडका र घाटू" तिनीहरूको आफ्नै परम्परागत नृत्य हो र मुख्य रूपमा हिमाली दराई समाजमा अभ्यास गरिन्छ। "सोहोरै" उनीहरूको परम्परागत मृत आत्माका शान्तीका लागि चोख्याउने दिन हो जब उनीहरू नाचगान गाउँछन् र उनीहरूको मृतकको सम्झनामा मृत पूर्वजहरू सम्मिलित भक्ति ध्यान अभ्यास गर्दछ्न। मरण परण आफ्नै रिति रिवाज चलन अनुसार प्रस्तुत गर्दछ्न।

तिनीहरू बौद्ध धर्मको दाबी गर्छन्। तिनीहरू दियो बत्तीहरू जलाउँदछन् र आफ्ना पिता-पुर्खाहरूलाई केलेमा बनाइएको मदिरा र भात प्रस्ताव गर्छन्। निस्सन्देह, तिनीहरू हिन्दू चाडहरू पनि अभ्यास गर्छन्। दरै जाती पनि कोहि बौद्ध धर्म कोहि हिन्दु भन्दा फरक पर्दैनन् ।

उनीहरूको आवश्यकता के हो?

तिनीहरू वफादार, दयालु, अप्रिय र प्रकृतिमा मैत्री छन्। तिनीहरू झगडा बिना काम गर्दछन्। आफ्नो बोली र नम्रताको कारण, तिनीहरू सजिलै अरूले फाइदा लिन सक्छन्। तिनीहरूको आर्थिक र शैक्षिक स्थिति पछिल्लो समय भन्दा धेरै राम्रो र सहनिय हुँदै गएको छ। कोहि डाक्टर,इन्जिनियर,कृषि बिज्ञ,कोहि टेक्निसियन,सरकारी,सहकारी,अर्ध-सरकारीमा कार्यरत भएका छन् ।

देशको हरेक क्षेत्रमा उनीहरूको समान सहभागिताका लागि सरकारी निकायबाट वास्तविक र गैर-अर्ध सरकारी बाट सहयोगका लागि तत्काल आवश्यकता छ। मिडिया,जसले प्रायः यी जातीय समूहहरूको बारेमा समाचारहरू प्रकाशित गर्दछ जुन देशभरि नै चर्चित छ, जो खतरामा परेका र कम छलफल हुनेहरूलाई प्रभावकारी ध्यान दिन एकदम जरुरी छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रोजगारीका बेला छनौटमा भएको असमानता (उदाहरणका लागि आवेदकहरूलाई सैनिकको रूपमा स्वीकार्नुपर्दा) कडाइका साथ निगरानी गरिनु पर्दछ जसले गर्दा अल्पसंख्यकहरूले समान अवसरको सदुपयोग गर्न सक्दछन्। दुबै आदिवासी र गैर-आदिवासी मानिसहरूबीच जातीय विभेद कम गर्न आवश्यक छ। सम्पादक :चन्द्र प्रकाश दरै अध्यन: बि•एच•एम