सामग्रीमा जानुहोस्

जिरेल जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिरेल जाति
जम्मा जनसङ्ख्या
१५ हजार माथि
भाषाहरू
जिरेल, नेपाली भाषा, अन्य भाषा,

जिरेल जाति

जिरेल तिब्बती मुलका मानिस हुन। केही जिरेलहरू २००७ सालमा कुनै आधार र प्रमाण बिना बिक्रम सुवारले प्रकाशन गरेको किरात वंशावलीलाई आधार बनाएर किरात भएको दाबी गर्छन। केही जिरेलहरू आफ्नो धेरैजसो परम्परा, रितिरिवाज, धर्मसंस्कृति तिब्बती मुलसँग मिल्ने र किरात भनिने जातिहरू सँग कुनै कुरा नमिल्ने बताउँछन। यिनीहरूको बारेमा ठोस अनुसन्धन हुन पर्ने देखिन्छ। जिरेल जाति (listen) जिरेल भाषा : जिरेलहरुको आफ्‌नै मातृभाषा जिरेल भाषा छ । यो भाषा भोट (तिब्बती) भाषा परिवार भित्र पर्छ ।

जिरेलहरुको पहिरन:  

केटा : फेङ्गा सुराल, कारक, दापसहितको खुकुरी, जुवारी कोट, कोट अथवा लुकुनी र नेपाली टोपी ।

केटी : चौवन्दी चोलो, रंगिन फरिया, सेतो पटुका र मजेत्रो ओड्ने र नाकमा फुली,बुलाकी कानमा ढुङग्री वा यार्लिङ, गलामा चरन्नी, अठन्नी, कम्पनीका मालाहरु, पोतेहरु र नाडीमा चादीका बाला तथा अन्य किसिमका चुराहरु ।

धर्म :

जिरेलहरुको पहिलो प्राचीन बोन धर्म हो र यो तीन कुराले बनेको छ; तान्त्र, प्राकृतिक र पित्रि आत्माको पुजा। जसको पुरोहित्यई फोन्बो द्धारा गरिन्छ । तर हाल आएर ९५% जिरेलहरू वौद्ध ङिङ।मापा सम्प्रदाय, ४% ख।रीष्टियन र अन्य धर्म १% ले मान्छन। किरात धर्मको मानिसहरू छँदैछैनन।

थरहरू:

१. ठुङ्ग्बा २. देवलिङा ३. थाबो ४ देप्पा ५. सेर्बा ६. पाल्पाली ७. थुर्बिदो ८. गरा साम्बा ९. च्याबा १०. मयोक्पा ११. जुपुले १२. छ्युङपाते

१३. चावे ठुङ्बा १४ चावे सेर्बा १५. चावे थाबो १६.नेवारे १७. जुपुदे १८. रारेन्जे १९ तुङ्गुले २०. क्यम्बोले २१. गारासम्बा २२. तुम्पुले २३. उरबिदो

जिरेल जातिको उत्पती

[सम्पादन गर्नुहोस्]

जिरेल जातिको बाक्लो बसोबास रहेको जिरी बास्तवमा वि.स. १८८५ तिर शाहवंशले भुमी सिमाङ्कन गर्नेबेला बकसपत्र (लालमोहर) लेखेको संकुचित जिरी हो। यो किपट सबै जिरेल जो क्षेत्रपा, जुङ्गु, च्येप्पु, सिन्धु पाल्चोकका जिरेलहरू समेतलाई समेटेर दिइएको होइन। शाह राजाहरूले किपट छुट्टाउन भन्दा पहिलेबाट नै विभिन्न ठाउमा जिरेलहरू रहेको र जिरी शब्दले महान राज्यको संकेत गर्छ। जसमा माथि उल्लेखित प्राचिन जिरेल बस्तीलाई समेत समेट्छ।

राजा रणबहादुर शाहको पालामा १९५२ मा (करिब १२९ वर्षअघि) नैधरेलाई किपट छुट्टाएको हो। तर जिरेलहरू४०० वर्ष भन्दा अघिबाट यस ब्रिहत जिरीको भुमीपुतर रहेको हो। किपटकै कुरा गर्नुपर्दा क्षेत्रपा जुँगुमा अरु जिरेल हरूले समेत किपट पाएका छन।र यस्तै किपट सिन्थुपाल्चोकका जिरेल हरूको पनि भएको अनुमान छ।

(नैदारेको नाममा प्राप्त लालमोहोर बमोजिम सानो जिरीको सिमाना यस प्रकार छ:

पूर्व : हाडीखोलो, सोलुसंगको साँध

पश्चिम : यासीखोलो र क्षेत्रपालीसंगको साँध

उत्तर : चेर्दोङको डिल सोलुसंगको साँध

दक्षिण : पुरानो गाँउ सुनुवारसंग साँध


क. केहीआफुलाई किरात भन्ने जिरेलहरू २००७ सालमा विक्रम सुनुवारले लेखेको किरात वंशावलीलाई आधार बनाएर पुख्र्यौली भूमि सिमरौनगढ (मिथिला क्षेत्रबाट आएको बताउँछन। यो वंशावली राई, लिम्बु, याक्खाको वंशावलीसँग कतै मेल खाँदैन।

ख. जिरेलहरू शेपिनी आमा र सुनुवार बाउको ठिमाहा सन्तान हुन। उहिले रस्नालु, रामेछापका सुनुवार चेर्दुङको लेकमा शिकार खेल्ने गएका थिए। त्यहाँ उसको भेट शेर्पिनी युवतीसँग भयो। गर्भ बोकाएर सुनुवार भागे। पछि ति नै युवतीले एउटा छोरा जन्माइन। उनले गहुँत छर्केर चोखाइन र सातौ दिन न्वारन गर्दा मिर्गको छाला देखाएर बाउ घोषणा गरेर "क्वायाङ" नाम राखेको भन्ने बहुत सस्तो र हास्यस्पद तर्कलाई आधार बनाएर समाजशास्त्री डोरबहादुर विष्टले लेखेका छन। ग. कति जिरेलहरूलाई आफु कुन जातिय नश्लकोहो को थाहा नै छैन। घ. जिरेल जाति तिब्बती मुलका मानिस हुन भन्ने जिरेलहरू पनि छन। उनीहरूको तर्क पनि बलियो देखीन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]



सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]