सामग्रीमा जानुहोस्

जिरेल जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जिरेल जाति (listen) नेपाललको आदिवासीहरु मध्येको तिब्बती समुदायमा पर्ने एक जाति हो। यस जातिका अधिकांश मानिसहरू अहिले जिरी,जुगु,क्षत्रापा,कर्थली,चोकाटी, गोर्थली, भक्तपुर, काठमाडौं लगायतका क्षेत्रमा बसोबास गर्ने गर्छन्। जिरेल जातिको आफ्नै भाषा छ जसलाई जिरिबा केचा भनिन्छ। जिरेल भाषा नेपालमा बोलिने एक तिब्बती Tibetan समुहको भाषा हो। यो भाषा प्राय दोलखाको जिरी, जुगु, क्षत्रापा, सिन्धुपाल्चोक जिल्लाको चोकाटी, गोर्थली, कर्थलीमा बस्ने जिरेल जातिले बोल्ने गर्दछ। जिरेल जाति बुद्ध धर्म मान्दछन्। केही जिरेलहरू हिन्दू तथा ईसाइ धर्म मान्छन। जिरेल जातिमा १२ थर र दर्जनौ भन्दा बढी उपथरहरु छन्। ति थरहरू यस प्रकार छन् –

मूल थरहरू:

१. ठुङ्ग्बा २. देवलिङा ३. थाबो ४ देप्पा ५. सेर्बा ६. पाल्पाली ७. थुर्बिदो ८. गरा साम्बा ९. च्याबा १०. मेयोक्पा ११. जुपुले १२. छ्युङपाते

उपथरहरु: १. चावे ठुङ्बा २ चावे सेर्बा ३. जुपुदे (चावे जुपुले) ४. थुर्बिदो ५. उर्बिदो (चावे थुर्बिदो) ६. क्याम्बोले ७. तुम्पुले ८. फल्बो (नेवारले) ९.र्गाचिगा (गर्जङा) १०.रारेङ्गे ११. जैसी १२. खुलाल १३. चावे थाबो १४. मुख्य १५. थापा १६. राय १७. घर्ती ।

जिरेल जातिले बिनायो, डम्फू, खैँजडी, टुंग्ना, ढ्याङग्रो आदि लोक बाजाहरू प्रयोग गर्छन्।

जिरेल जातिको बसोबास क्षेत्र जिरी क्षत्रापा जुँगु लागयतका भूभागहरु हुन् । जिरेलहरूले बोल्ने भाषा जिरेल हो । यो भाषा चिनियाँ तिब्बती भाषा परिवार भित्र पर्दछ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]



सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]