राजवंशी जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
राजवंशी जाति
Dadhikado 01.jpg
परम्परागत दधिकादो पर्व मनाउँदै राजवंशी समुदाय
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
धर्महरू
हिन्दू


राजवंशी झापा जिल्लाको आदिवासी जनजाति हो ।

मुख्य बस्ती[सम्पादन गर्ने]

यो जातिको बसोबास झापा जिल्लाको सबै क्षेत्रमा पाइएता पनि विशेष गरेर जिल्लाको मध्य तथा दक्षिणी भेगमा पाइन्छ। यो जाति खास गरेर भद्रपुर, पथरिया, अनारमनी, गरामनी, काकरभिट्टा, लखनपुर, गौरादह, गुवालडभा, गौरीगञ्ज, घैलाडुव्वा, पाँचगाछी, सिबगन्ज, माहाबार, कोरोबारी, डांगीबारी, वैगुनधुरा, राजगढ, घेराबारी, बालुबाडी, महेशपुर, हल्दीबारी, बनियानी, शरणामतीमा वढी केन्द्रित भएको देखिन्छ। त्यसैगरी मोरङको विराटनगर , कटहरि गापा, जहदा गापा, बुढिगंगा गापा, धनपालथान गापा आदि नपा, गापामा अत्यधिक संख्यामा विराट राजवंशी बसोवास भएको पाईन्छ।


पूर्वज आगमन[सम्पादन गर्ने]

पश्चिम बङ्गाल (कोच विहार ) र आसामको सिमानामा बस्ने कोचहरूकै वंशज हुन् भन्ने नृवंशशास्त्रीहरू भन्दछन्। शारीरिक बनोटले मंगोल आकृतिका भएपनि यिनको भाषा बङ्गालीअसमिया भाषासँग मिल्दोजुल्दो छ। यिनीहरूको भाषालाई धेरै नामले चिनीन्छ, ती हुन राजवंशी, रंगपुरी, कामतापुरी, ताजपुरी, गुवालपाडिया, पोलिया, सृजापुरी साथै कोच भाषाको नामले पनि चिनीन्छ। पुर्वजको आगमन भन्दा पनि यो क्षेत्र (झापा, मोरङ, सुनसरी) राजवंशीहरुकै राज्य कामतापुर थियो।

जातीय संस्कृति[सम्पादन गर्ने]

प्रकृति पूजक यिनीहरू ठाकुर ब्रह्मानीको पूजा गर्दछन् र धामी झांक्री मान्दछन्। राजवंशीहरूले आउँसिया, सिरुवा पर्व, दधिकाद पर्व, होली आदि पर्वहरू मान्दछन्। नव वर्षको वैसाख १ गतेको उपलक्ष्यमा मनाइने सिरुवा पर्व, तथा भगवान कृष्ण जन्मको उत्सवको रूपमा मनाइने दधिकादो पर्वमा यिनीहरू हिलो र पानी खेल्दछन्। विहेवारीमा केटीको आमाबाबुलाई केटा पक्षले दस्तुरको रूपमा पैसा दिने प्रचलन छ। यो प्रचलन अन्य केही जनजातिमा पनि पाइन्छ।

पेशागत रूपमा यो जातिको प्रमुख पेशा खेती किसानी हो। यो समुदायमा दामदुम ( केटीका आमा बाबुलाई जानकारी गराउने तर विधिविधान नगर्ने ) डाङुवा ( पतिको मृत्यु पश्चात् विधवाले अर्का केटासँग विवाह गरी पूर्व पतिको घरमा नै बस्ने संस्कार ), समद ( पतिको मृत्यु पछि अर्का सँग विवाह गरी उसैको घरमा गई बस्ने गरी गरिएको विवाह ), घन्जिया ( अविवाहित केटा केटी विच विवाह भई केटीको घरमा घरज्वाई बस्ने किसिमको विवाह ) र मागि विवाह गरी ५ किसिमका विवाह संस्कार प्रचलनमा छन्। यो जातिले जादु, टुनामुना, मोहिनी, धामीझाक्री, बोक्सीमा विश्वास राख्ने गरेका छन्। तर सबै राजवंशीको भेषभुषाा, भाषा र संस्कृती फरक छ। जस्तै विराट राजवंशीहरुको भाषामा झापाको भन्‍दा केही फरक रहेको छ।

किताबहरुको प्रकाशन:[सम्पादन गर्ने]

राजबंशी भाषामा बिभिन्न पुस्तक पुस्तिकाहरु पनि पाउने गरिएको छ। राजबंशी भाषाको नेपाली-राजबंशी- अंग्रेजी शब्दकोश, राजबंशी भाषाको बाइबलको नयाँ करार र पुरानो करार अनुवादको क्रममा रहेको छ। राजबंशी भाषाको स्कुलका बिभिन्न किताबहरु र बिभिन्न किसिमका कथाका किताबहरु रहेको छ। त्‍यसैगरी राजबंशी भाषामा नै फिनलेन्ड सरकारबाट आमगाछी, चिल्‍हारा र गौरीगन्जमा ३ ओटा स्कुल चलिरहेको छ। जहाँ ५ क्लास सम्ममा पढाइ हुन्‍छ, त्‍यसपछि ति बालकहरु सरकारी स्कुलमा गएर पढ्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]